विराटनगर । अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आयुष कटवालले दुई स्वर्ण पदक जितेका छन् ।
भारतको बिहारमा सम्पन्न भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आयुषले नेपालको प्रतिनिधित्व गर्दै दुई स्वर्ण पदक प्राप्त गर्न सफलका हुन् ।
इटहरीका आयुषले कुमुते विधाको ४५ केजी तौल समूहमा सिनियर पुरुषतर्फ र यु-१८ काता विधामा गोल्ड जितेको प्रशिक्षक सागर राउतले जानकरी दिए ।
बिहारमा जनवरी २० र २१ गरी दुई दिन भएको त्रि-अन्तर्राष्ट्रिय कराते प्रतियोगिता-२०२५ मा सहभागी हुन १८ जनवरीमा आयुष र प्रशिक्षक राउतसहित चार जना उक्त प्रतियोगितामा सहभागी हुन भारतको बिहार पुगेका थिए ।
आयुष इटहरी कराते एकेडेमीका खेलाडी हुन् ।