यसपालि विश्वकप खेल्दै छ नेपाली महिला टोली

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १६ पुस, २०८१
१ महिनाअघि

विराटनगर । नेपाली यु–१९ महिला क्रिकेट टिमले यसपालि बेजोड प्रदर्शन गरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) मा भएको आइसिसी यु–१९ महिला टी–२० विश्वकप छनोटमा शीर्ष स्थानमा रहँदै नेपाल पहिलो पटक विश्वकपमा छनोट भयो ।

यसअघिको संस्करणमा नेपाल तेस्रो भएको थियो ।

अन्तिम खेलमा घरेलु टिम युएईमाथि नेपालले आठ विकेटको शानदार जित हासिल गरेर छनोटको ढोका खेलेको थियो ।

यसपालि चार टिम सहभागी छनोट प्रतियोगितामा नेपाल पहिलो चरणमा युएईद्वारा १३ रनले पराजित भए पनि दोस्रो चरणमा भने युएईमाथि आठ विकेटले जित हासिल गर्‍यो, त्यो पनि मात्र १४.४ ओभरमा ।

नेपाल र युएईको समान १० अंक भए पनि रन रेटका आधारमा नेपाल माथि रहँदै विश्वकपमा छानिन सफल भयो । नेपालको रन रेट ३.९३५ रह्यो भने युएईको ३.७४० थियो ।

नेपालले पहिलो चरणमा थाइल्यान्डलाई ६७ रनले, कुवेतलाई १०८ रनले हराएको थियो । यु–१९ महिला टी–२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा आयोजना हुने छ ।

१६ देशले भाग लिने यस विश्वकपमा १५ देशको टुङ्गो यसअघि नै लागिसकेको थियो भने नेपाल विश्वकप खेल्ने १६ औँ देश बनेको छ ।

यस विश्वकपमा आयोजक मलेसिया, गत विश्वकप खेलेका १० देश र क्षेत्रीय छनोटबाट नेपालसहित पाँच देशले भाग लिँदै छन् ।

विगतको विश्वकप खेलेका अस्ट्रेलिया, बङ्गलादेश, इङ्ग्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज तथा क्षेत्रीय छनोटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्यान्ड र अमेरिका विश्वकपमा सहभागी हुने छन् ।

यस विश्वकप खेल्ने १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड रहेका छन् ।

सन् २०२३ मा भएको पहिलो यु–१९ महिला टी–२० विश्वकप भारतले जितेको थियो ।

एसिया कपमा पनि नेपाल

नेपाल विश्वकप सँगसँगै पहिलो संस्करणको यु–१९ एसिया कपका लागि पनि छनोट भएको छ । एसियाली क्रिकेट परिषद् एसिसीको आयोजनामा डिसेम्बर १५ देखि मलेसियामै यु–१९ महिला एसिया कप हुने छ ।

यु–१९ एसिया कप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश र मलेसिया सहभागी रहेका छन् । नेपालको समूहमा भारत र पाकिस्तान रहेका छन् । नेपालले पाकिस्तानविरुद्ध डिसेम्बर १६ मा र भारतविरुद्ध डिसेम्बर १७ मा खेल्ने छ  ।

पहिलो पटक विश्वकपमा छनोट भएको टिमका सदस्यलाई नेपाल क्रिकेट संघ (क्यान) ले हौसला प्रदान गरेको छ । क्यानले खेलाडीलाई जनही साढे दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

प्रकाशित समय: मङ्गलबार १६ पुस, २०८१, ११:५६:४७
प्रादेशिक आम सञ्चार विधेयक सहमति मै पारित हुन्छ : मुख्यमन्त्री कार्की
बुधबार ३० माघ, २०८१
किड्स भिलेजमा बालबालिकाको सर्वांगीण विकासका लागि चार दिने ‘स्पोर्ट्स मिट’
बुधबार ३० माघ, २०८१
दुई लाख रुपैयाँसम्म पुग्न सक्छ, सुनको भाउ !
बुधबार ३० माघ, २०८१
कपिलवस्तु अदालतका दुई कर्मचारी भ्रष्टाचारी ठहर !
मङ्गलबार २९ माघ, २०८१
मेयर बालेनको काम मात्र होइन, सिर्जना पनि ‘ट्रेन्डिङ’ मा (भिडियोसहित)
मङ्गलबार २९ माघ, २०८१
बलात्कारका
झापामा १० वर्षीया बालिका बलात्कृत, २१ वर्षका आचार्य समातिए
मङ्गलबार २९ माघ, २०८१
बराहक्षेत्रमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु
मङ्गलबार २९ माघ, २०८१
ओभरटेक गर्दा कारले ठक्कर दियो सडक छेउमा बसिरहेको मानिसलाई, एक जना गम्भीर घाइते
मङ्गलबार २९ माघ, २०८१
खोटाङमा आरोप पुष्टि नभई प्रहरीले हत्कडी लगाएको भन्दै बलात्कारका आरोपित झुन्डिए !
सोमबार २८ माघ, २०८१
सार्वजनिक शौचालय बनाउन सुन्दरहरैंचा विराट एक्स्पो
सोमबार २८ माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०