एनपिएल : विराटनगरको प्लेअफ पुग्ने सम्भावना जीवितै

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २८ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगर किङ्ससँग नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज पराजित भएको छ ।

शुक्रबार भएको खेलमा विराटनगरसँग चितवन ५१ रनले पराजित भएको हो ।

Advertisement

योसँगै चितवनले प्लेअफ पुग्न जनकपुर बोल्ड्ससँग खेल कुर्नुपर्ने भएको छ ।

विराटनगरले भने प्लेअफ पुग्ने सम्भावना जिवितै बनाएको छ ।

६ खेल खेलेको चितवनको ६ अंक छ ।

विराटनगरले समान खेलबाट चार अंक पुर्‍याएको छ ।

विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनायो ।

चितवनका अमर रौटेलाले सर्वाधपक ४२ रन बनाए ।

२९ बल खेलेका उनले तीन चौका र दुई छक्का प्रहार गरे ।

ओपनर सन्तोष कार्की २८, कुशल मल्ल २५, रवी बोपारा २० रनमा आउट हुँदा दीपक बोहरा दुई र सोहेल तनवीर एक रनमा अविजित रहे ।

विराटनगरका सन्दीप लामिछानेले दुई विकेट लिए ।

क्रिस सोल, बसिर अहदम र सुवास भण्डारीको नाममा एक विकेट रह्यो ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ रोजेका थिए ।

तर, विराटनगरले पहिलो पावर प्लेमा राम्रो गर्न सकेन ।

लोकेश बम शून्य, दीपक बोहरा चार, स्कट एडवार्ड्स शून्यमा आउट भएका थिए ।

पावर प्ले समाप्त भएसँगै निकोलस किर्टन पनि आठ रनमा पभिलियन फर्किएपछि विराटनगरको ब्याटिङले संघर्ष गरिरहेको थियो ।

यद्यपि, मार्टिन गप्टिलले ४५ रनको इनिङ्स खेल्दै विराटनगरलाई जीवनदान दिए ।

१३.५ ओभरमा कुशल मल्लबाट बोल्ड हुनुपूर्व उनले ३५ बलमा एक चौका र चार छक्का प्रहार गरे ।

उनले पाँचौं विकेटका लागि बसिर अहमदसँग ६५ रनको साझेदारी गरे ।

अर्कोतर्फ बसिरले राजेश पुलामीसँग अन्तिम चार ओभरमा ६९ रन जोड्दै विराटनगरलाई मजबुत अवस्थामा पुर्‍याए ।

४४ बल खेलेका बसिरले चार चौका र चार छक्कासहित अविजित ६८ रन बनाए । राजेशले पनि ३३ रनको अविजित इनिङ्स खेले ।

चितवनका रिजन ढकालले सर्वाधिक दुई विकेट लिए । सोहेल तनवीर, बसिल हामेद र कुशल मल्लले समान एक विकेट लिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०