नेपालले अमेरिकालाई उसैको मैदानमा हरायो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा नेपालले सुखद सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा नेपालले अमेरिकालाई उसैको मैदानमा १७ रनले हराएको हो ।

टेक्ससको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा बिहान पौने ६ बजे सुरु भएको खेलमा अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो ।

नेपालले अमेरिकालाई निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ६५ रनको चुनौती दिएको थियो ।

नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा अमेरिका २० ओभरमा ७ विकेट गुमाएर १४७ रनमा समेटियो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४९ रन बनाए ।

साथै दिपेन्द्र सिहं एरीले २८ रन बनाउँदा आसिफ सेख र अनिल शाहले समान २७/२७ रन बनाए ।

गुल्शन झाले ११ रन बनाउदा कुशल भर्तेल १० रनमा आउट भए ।

यसैगरी सोमपाल कामीले २ रन मात्र बनाउन सके ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो ।

अमेरिकाका लागि शायन जहाँगीर ६० रनको अर्धशतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त हुन सकेन ।

आन्द्रेस गौसले ३० र मिलिन्द कुमारले २२ रन जोडेर आउट भए ।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले ३, रिजन ढकाल, करण केसी र गुल्सन झाले एक-एक विकेट लिए ।

अब, दोस्रो खेल आइतबार बिहान र तेस्रो तथा अन्तिम टी-२० आई सोमबार बिहान हुनेछ । यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग-टू का खेल हुनेछन् ।

लिग-टू सिरिज २५ अक्टोबरदेखि डालास मै सुरु हुनेछ । रोहित पौडेलको टोली क्यानडामा लिग टू र टी-२० आई सिरिज खेलेर त्यहीँबाट अमेरिका गएको हो ।

प्रकाशित समय: शुक्रबार २ कार्तिक, २०८१, ०९:३२:४६
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०