निखिलको निर्णायक गोलमा कोशीले जित्यो स्वर्ण, बागमती उपविजेतामा सीमित

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ ब‌ैशाख, २०८१
२ वर्षअघि

चितवन । चितवनको भरतपुरमा सम्पन्न प्रथम संस्करणको अन्तर प्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत फुटबलतर्फ कोशी प्रदेशले स्वर्ण पदक जितेको छ ।

आइतबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ स्थित गौरीटार बहुउद्देश्यीय रंगशालामा भएको फाइनल खेलमा बागमतीमाथि १-० गोलको जित निकाल्दै कोशीले उपाधि उचालेको हो ।

कोशीको जितमा निखिल तामाङले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ४५औं मिनेटमा निखिलले गोल गर्दै कोशीलाई ‘गोल्ड’ दिलाए । गोलकर्ता निखिल म्यान अफ द म्याच ठहरिए ।

प्रतियोगिताअन्तर्गत अरू खेल चितवनका विभिन्न स्थानमा भए पनि पुरुष फुटबल भने हेटौंडामा भएको थियो ।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको समापन पनि फुटबलको फाइनलसँगै भएको छ ।

गत आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको प्रतियोगिताअन्तर्गत महिला फुटबलको उपाधि पनि कोशीले नै जितेको थियो ।

शनिबार भरतपुर महानगरपालिका-१९ स्थित बखान मिनी रंगशाला शारदानगर फुटबल मैदानमा भएको खेलमा कोशीले सुदूरपश्चिमलाई २-० गोलले हराएर स्वर्ण जितेको थियो ।

कोशीको जितमा जेनिफर मगर र समीक्षा मगरले एक-एक गोल गरेका थिए ।

प्रकाशित समय: आईतबार २ ब‌ैशाख, २०८१, १८:४९:३८
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०