विराटनगर । नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ आबद्ध फ्रान्सेली क्लब गुइगाम्पले फ्रेन्च महिला डिभिजन वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग बराबरी खेलेको छ ।
शनिबार पिएसजीसँग ३-३ गोलको बराबरी खेल्दै गुइगाम्पले बराबरी अंक बाँडेको हो ।
पिएजीका लागि तबिता चाविंगा, मारी कातोतो र स्यान्डी बाल्टीमोरले एक-एक गोल गरिन् ।
गुइगाम्पका लागि भने एन्टोनी स्टारोवा, निना रिचर्ड र माइवेन रेनार्डले गोल गरिन् ।
बराबरीसँगै दोस्रो स्थानमा रहेको पिएसजीले २० खेलबाट ४९ अंक जोडेको छ। समान खेलबाट १६ अंक रहेको गुइगाम्प १०औँ स्थानमा छ ।