चितवन : चितवनको भरतरपुरमा जारी प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलतर्फ कोशी प्रदेश उपविजेतामा सीमित बनेको छ ।
शुक्रबार भरतपुर–१० स्थित गेस्ट हाउस चौरमा भएको फाइनल खेलमा गण्डकीसँग स्तब्ध बनेको कोशीले रजत पदकमा चित्त बुझाएको हो ।
गण्डकीले कोशीमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । पहिलो सेटमा २५–२२ मा जितेको गण्डकीले दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा २५–१८ ले जित निकाल्यो ।
कोशीलाई हराएसँगै गण्डकीले स्वर्ण जितेको छ । कास्य पदक भने कर्णालीलाई सुदूरपश्चिमले जितेको छ ।
यसअघि कोशीले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो भने गण्डकी कर्णालीमाथि जित निकाल्दै स्वर्णनजिक पुगेको थियो ।