विराटनगरमा प्रदर्शन गरियो लिम्बु भाषाको फिल्म ‘सुगुप’

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २८ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । लिम्बु संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ सोमबार विराटनगरमा पनि प्रर्दशन गरिएको छ । विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा सोमबार सुगुपको बिशेष प्रर्दशन गरिएको हो ।

हङकङसहित नेपालका विभिन्न ४ सहरपछि लिम्बु समुदायको संस्कृतिमा आधारित चलचित्र सुगुपको पाँचौं प्रिमियर विराटनगरमा सम्पन्न भएको छ ।

Advertisement

दर्शकको हाउसफुल सहभागितासहित विराटनगरमा सुुगुपको बिशेष प्रर्दशन गरिएको हो ।

हङकङका युवा व्यावसायी रविन कुमार नाल्बो लिम्बु मुख्य निर्माता रहेको चलचित्र लोकेन साँवा लिम्बुको निर्देशनमा सम्पन्न भएको हो ।

भारतको आसाम, नेपालको ताप्लेजुङ, पाँचथरको याङ्वरक, तेह्रथुम, काठमाडौं र मकवानपुरको कुलेखानी लगायतका पर्यटकीय क्षेत्रमा छायाङ्कन गरिएको चलचित्रमा मौसम लिम्बु, सुम्निमा खापुङ, बबिता नेयोङहाङको मुख्य भूमिका छ ।

चलचित्रबाट लिम्बु भाषा तथा संस्कृति र रितिरिवाजको संरक्षणमा बिशेष जोड दिन खोजिएको दर्शकहरुले बताएका छन् ।

लिम्बु जातिमा प्रसव पिडासहित बच्चा जन्माउँदै गर्दा रगत बगेर सुत्केरीको मृत्यु हुने महिलालाई सुगुप भन्ने गरिन्छ ।

चलचित्रको माध्यमबाट सुगुपको अर्थ समेत स्पष्ट पार्ने प्रयास गरिएको बताईएको छ ।

चलचित्रबाट गर्भवती महिलाको स्वास्थ्य संवेदनशीलता र पहाडको विकट भौगोलिक परिवेशलाई झल्काउन खोजिएको निर्माताहरूले बताएका छन् ।

उनीहरुका अनुसार चलचित्रमा लिम्बु समुदायको मौलिकता र गरिब परिवारको आर्थिक/सामाजिक अवस्थालाई पनि विभिन्न माध्यमबाट चित्रण गर्ने प्रयास गरिएको छ ।

लिम्बु समुदायको संस्कार संस्कृतिको संरक्षण नै चलचित्रको मुख्य सन्देश रहेको निर्देशक लोकेन साँवा लिम्बुले बताउँछन् ।

लिम्बु भाषा तथा संस्कृतिमा आधारित चलचित्र सुगुपको पहिलो प्रिमियर शो गत माघ २७ गते हङकङको वाम्पोआस्थित गोल्डेन हार्पेस्ट सिनेमा हलमा गरिएको थियो ।

दर्शकहरुको सकारात्मक प्रतिक्रियापछि निमार्णपक्षले चलचित्रको दोश्रो बिशेष प्रर्दशनी काठमाडौंमा गरेको थियो ।

त्यसपछि अहिलेसम्म सुनसरीको धरान, इटहरी र चक्रघट्टी तथा मोरङको पथरी र विराटनगरमा चलचित्रको बिशेष प्रर्दशनी भइसकेको छ ।

आगामी चैत्र ३ गते झापाको दमकमा समेत चलचित्र प्रर्दशनको तयारी रहेको निमार्ण पक्षले जनाएको छ ।

विराटनगरमा भने सोमबार किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा र किरात याक्खा छुम्मा लगायतका संस्थाको संयुक्त आयोजनामा चलचित्र सुगुपको बिशेष प्रर्दशनी गरिएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
६ दिनअघि

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
१ हप्ताअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
२ हप्ताअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
३ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
३ हप्ताअघि
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०