विराटनगरमा प्रदर्शन गरियो लिम्बु भाषाको फिल्म ‘सुगुप’

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २८ फाल्गुण, २०८०
२ महिनाअघि

विराटनगर । लिम्बु संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ सोमबार विराटनगरमा पनि प्रर्दशन गरिएको छ । विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा सोमबार सुगुपको बिशेष प्रर्दशन गरिएको हो ।

हङकङसहित नेपालका विभिन्न ४ सहरपछि लिम्बु समुदायको संस्कृतिमा आधारित चलचित्र सुगुपको पाँचौं प्रिमियर विराटनगरमा सम्पन्न भएको छ ।

दर्शकको हाउसफुल सहभागितासहित विराटनगरमा सुुगुपको बिशेष प्रर्दशन गरिएको हो ।

हङकङका युवा व्यावसायी रविन कुमार नाल्बो लिम्बु मुख्य निर्माता रहेको चलचित्र लोकेन साँवा लिम्बुको निर्देशनमा सम्पन्न भएको हो ।

भारतको आसाम, नेपालको ताप्लेजुङ, पाँचथरको याङ्वरक, तेह्रथुम, काठमाडौं र मकवानपुरको कुलेखानी लगायतका पर्यटकीय क्षेत्रमा छायाङ्कन गरिएको चलचित्रमा मौसम लिम्बु, सुम्निमा खापुङ, बबिता नेयोङहाङको मुख्य भूमिका छ ।

चलचित्रबाट लिम्बु भाषा तथा संस्कृति र रितिरिवाजको संरक्षणमा बिशेष जोड दिन खोजिएको दर्शकहरुले बताएका छन् ।

लिम्बु जातिमा प्रसव पिडासहित बच्चा जन्माउँदै गर्दा रगत बगेर सुत्केरीको मृत्यु हुने महिलालाई सुगुप भन्ने गरिन्छ ।

चलचित्रको माध्यमबाट सुगुपको अर्थ समेत स्पष्ट पार्ने प्रयास गरिएको बताईएको छ ।

चलचित्रबाट गर्भवती महिलाको स्वास्थ्य संवेदनशीलता र पहाडको विकट भौगोलिक परिवेशलाई झल्काउन खोजिएको निर्माताहरूले बताएका छन् ।

उनीहरुका अनुसार चलचित्रमा लिम्बु समुदायको मौलिकता र गरिब परिवारको आर्थिक/सामाजिक अवस्थालाई पनि विभिन्न माध्यमबाट चित्रण गर्ने प्रयास गरिएको छ ।

लिम्बु समुदायको संस्कार संस्कृतिको संरक्षण नै चलचित्रको मुख्य सन्देश रहेको निर्देशक लोकेन साँवा लिम्बुले बताउँछन् ।

लिम्बु भाषा तथा संस्कृतिमा आधारित चलचित्र सुगुपको पहिलो प्रिमियर शो गत माघ २७ गते हङकङको वाम्पोआस्थित गोल्डेन हार्पेस्ट सिनेमा हलमा गरिएको थियो ।

दर्शकहरुको सकारात्मक प्रतिक्रियापछि निमार्णपक्षले चलचित्रको दोश्रो बिशेष प्रर्दशनी काठमाडौंमा गरेको थियो ।

त्यसपछि अहिलेसम्म सुनसरीको धरान, इटहरी र चक्रघट्टी तथा मोरङको पथरी र विराटनगरमा चलचित्रको बिशेष प्रर्दशनी भइसकेको छ ।

आगामी चैत्र ३ गते झापाको दमकमा समेत चलचित्र प्रर्दशनको तयारी रहेको निमार्ण पक्षले जनाएको छ ।

विराटनगरमा भने सोमबार किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा र किरात याक्खा छुम्मा लगायतका संस्थाको संयुक्त आयोजनामा चलचित्र सुगुपको बिशेष प्रर्दशनी गरिएको थियो ।

प्रकाशित समय: सोमबार २८ फाल्गुण, २०८०, १८:४२:४५
ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड
आईतबार १६ ब‌ैशाख, २०८१
विराटनगरमा छ खपिनसक्नुको गर्मी, जनजीवन बन्यो प्रभावित
आईतबार १६ ब‌ैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ सँग १० रनले हार्‍यो नेपाल
आईतबार १६ ब‌ैशाख, २०८१
रंगेली नगरपालिकाले अग्निपीडितहरूको नयाँ घर बनाइदिने
आईतबार १६ ब‌ैशाख, २०८१
सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै
आईतबार १६ ब‌ैशाख, २०८१
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
शुक्रबार १४ ब‌ैशाख, २०८१
शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो
शुक्रबार १४ ब‌ैशाख, २०८१
एक वर्षदेखि अनुपस्थित रहेका सहसचिवको जागिर चैट
शुक्रबार १४ ब‌ैशाख, २०८१
५७ वर्षीय त्रिपाठी, जसले दिँदै छन् कक्षा १२ को परीक्षा
शुक्रबार १४ ब‌ैशाख, २०८१
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
शुक्रबार १४ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०