एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
बिहीबार राति भएको खेलमा अल्भेसमाथि कठिन १-० गोलको जित निकाल्दै रियल शीर्ष स्थानमा उक्लिएको हो ।
अल्भेसको मैदानमा निर्धारित समय गोलरहित बराबरी खेलेको रियलले इन्ज्युरी समयमा गोल गरेको थियो ।
रियलका लुकास भास्क्वेजले गरेको एकमात्र गोल रियलको जितमा निर्णायक बन्यो ।
त्यसअघि खेलको ५४औं मिनेटमा रातो कार्ड पाएर नाचो मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सीमित बनेको थियो ।
यस जितसँगै १८ खेल खेलेको रियलले ४५ अङ्क जोडेको छ ।
समान अङ्क भएको जिरोना दोस्रो स्थानमा छ । उसले १७ खेल खेलेको छ ।