तस्बिरमा हेर्नुस् नेपाल र थाई क्लब चोनबुरीबीचको भिडन्त

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ चैत, २०७८
३ वर्षअघि
तस्बिरमा हेर्नुस्

नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबलमा थाइल्यान्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसँग पराजित भएको छ ।

चोनबुरी स्टेडियममा आइतबार भएको खेलमा नेपाल चोनबुरीसँग ३–१ गोलले पराजित भएको हो ।

चोनबुरीका पन्ठिथ मिट प्रफन, रेनाटो क्लिच र नठ्ठाफुङले एक-एक गोल गरे ।

नेपालका दर्शन गुरुङले सान्त्वना गोल फर्काएका थिए ।

पहिलो हाफमा एक गोल गरेको चोनबरीले दोस्रो हाफमा अरू दुई गाेल गर्‍याे ।

नेपालका लागि ८३ औँ मिनेटमा दर्शन गुरुङले एक गोल गरे ।

नेपालले एएफसी एसियन कप छनोटको तयारीका लागि थाइल्यान्डको शीर्ष क्लबसँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको हो ।

नेपाली टोलीले बिहीबार थाइल्यान्डको राष्ट्रिय टोलीसँग पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको थियो ।

नेपाल थाइल्यान्डसँग २–० गोलले पराजित भएको थियो ।

त्यसअघि नेपालले माघ १५ गते र माघ १८ गते अफ्रिकी राष्ट्र मौरिसससँग खुई मैत्रीपूर्ण खेल खेलेको दुवै खेलमा नेपालले समान १–० को जित निकालेको थियो ।

एएफसी एसियन कप छनोट खेलमा नेपाल समूह ‘ए’ मा छ ।

समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया छन् ।

नेपालका लागि यो समूह तुलनात्मक रुपमा निकै कठिन समूह हो ।

समूह चरणको खेल जुन ८ देखि १४ सम्म कुवेतमा आयोजना हुनेछ ।

एएफसीले छनोटमा सहभागी २४ देशलाई ६ समूहमा विभाजन गरेको छ ।

प्रत्येक समूहको शीर्ष टोली र पाँच उत्कृष्ट दोस्रो टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछन् ।

प्रकाशित समय: आईतबार १३ चैत, २०७८, २०:२५:०८
भारतीय नागरिक १० किलो गाँजासहित पक्राउ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस् : कमल थापा
मङ्गलबार ३० ब‌ैशाख, २०८२
नेपालमा सीए शिक्षामा अब नयाँ पाठ्यक्रम
मङ्गलबार ३० ब‌ैशाख, २०८२
कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री
मङ्गलबार ३० ब‌ैशाख, २०८२
विस्थापितलाई पुनर्स्थापना गर्न भूमि ऐन तत्काल चाहियो : एमाले सांसद तामाङ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पनौतीको बाढीमा परेर बेपत्ता महिलाको खोजी जारी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
धुलिखेलको खड्पुमा घरभित्रै छिर्‍यो टिपर
मङ्गलबार ३० ब‌ैशाख, २०८२
रुस–युक्रेन वार्ता : ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पाकिस्तानले आक्रमण गरेको भनिएको पञ्जाबको आदमपुर एयरबेसमा पुगे मोदी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति संसद्‌मा ध्यानाकर्षण
मङ्गलबार ३० ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०