पिएनजीविरूद्ध नेपालकाे साँघुराे हार

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ चैत, २०७८
२ वर्षअघि
पिएनजीविरूद्ध

युवा ब्याटर रोहित पौडेलले शतकीय पारी खेल्दै खेलमा पकड जमाए पनि नेपालले पाहुना टोली पपुवा न्युगिनी (पिएनजी)विरुद्ध ६ रनकाे हार बेहाेरेकाे छ । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पिएनजीले पूरै ५० ओभर खेलेर दुई सय ९२ रन जोडेको थियो ।

७३ रन बनाउँदा सुरुवाती चार प्रमुख ब्याटर गुमाएको नेपालका लागि रोहित पौडल र आरिफ शेखले शतकीय इनिङ खेल्दै खेल नेपालको पक्षमा ल्याएका थिए ।

पिएनजीका लागि सर्वाधिक ७७ रन चाल्र्स अमिनीले बनाए । चाल्र्सबाहेक कप्तान भालाले पनि ६० रनको अर्धिशतकीय इनिङ खेलेपछि पिएनजीले विशाल योगफल बनाउन सफल भयो ।

पिएनजीका नर्मन भानुआ र जेसन किला नटआउट रहे ।

नेपालका सर्वाधिक विकेट सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए ।

कामी र ऐरीबाहेक कप्तान सन्दिप लामिछाने र पवन सर्राफले एक–एक विकेट लिए ।

नेपालका लागि ओपनर अनिल शाह भानुवाको बलमा क्याच आउट भए । २१ बलको सामना गरेका भानुवाले एक चौकाको मद्दतमा ६ रनमात्रै बनाए ।

आठौं ओभरमा पहिलो विकेट गुमाएको नेपालले दोस्रो विकेटका रुपमा देव खनाललाई शुन्य रनमा पेभिलियनमा पायो ।

खनाललाई क्रिज छाड्न पोकनाको बलिङमा हिरीले सहयोग गरे ।

४५ रन बनाउँदा दुई विकेट गुमाएको नेपालले तेस्रो विकेटका रुपमा भरपर्दा ओपनर कुशल भुर्तेललाई ३२ रनमा गुमायो ।

दशौं ओभरमा भुर्तेललाई भानुवाले बोल्ड आउट गरे । २८ बलको सामना गरेका भुर्तेलले ६ चौकाको मद्दतमा ३२ रनको योगदान गर्दै पेभिलियन फर्किए ।

लगातार तीन प्रमुख ब्याटर गुमाएर धराप बनेको नेपालको इनिङ दिपेन्द्रसिंह ऐरी र रोहित पौडलले सम्हाल्ने प्रयास गरे पनि पिएनजीका बलर बाधक बने ।

नेपालको चौथो विकेटका रुपमा ऐरी अमिनीको बलमा १५ रन बनाएर किलामार्फत क्याच आउट भए ।

क्रिज छाड्नअघि १७ बलको सामना गरेका ऐरीले तीन चौकाको मद्दतमा १५ रन बनाए ।

तर चौथो नम्बरमा ब्याटिङ गर्न आएका रोहितले एक सय २६ रनको सानदार शतकीय इनिङ खेलेपछि नेपालले जवाफी इनिङमा नियन्त्रण लिएको थियो ।

पौडेलबाहेक उनीसँगै क्रिजमा रहेका आरिफ शेखले पनि ३४ रन दिएर पौडेललाई साथ दिएका थिए ।

तर त्यसपछिका भीम सार्की र पवन सर्राफले भने क्रिजमा खासै समय बिताउन सकेनन् ।

१८ बलमा १७ रन बनाएका सार्कीलाई अमिनीले क्याच आउट गराउँदा सर्राफ भालाको बलमा सियाकाबाट क्याच भए ।

त्यसपछि क्रिजमा रहेका सोमपाल कामी र कमलसिंह ऐरीको जोडीले नेपाललाई लक्ष्यमा पुर्याउने प्रयास गरे पनि त्याे असफल रह्याे ।

दुई एकदिवसिय र त्रिकोणत्मक टी२० खेल्न नेपाल भ्रमणमा रहेको पिएनजीले नेपालविरुद्धको दोस्रो एकदिवसिय खेल भोलि (शनिबार) कीर्तिपुर क्रिकेट रङ्गशालामा खेल्नेछ ।

नेपाल, पिएनजी र मलेसिया सम्मिलित त्रिकोणात्मक टी२०आई सिरिज भने २८ मार्चबाट सुरू हुनेछ ।

टी२०आईको पहिलो खेलमा पनि नेपाल र पिएनजीनै सामना हुँदैछन् । २८ मार्चबाट सुरू हुने टी२०आई अप्रिल १ मा सम्पन्न हुनेछ ।

प्रकाशित समय: शुक्रबार ११ चैत, २०७८, १७:१४:४९
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८