घरेलु टोली नेपाललाई पिएनजीको २९३ रनकाे विशाल लक्ष्य

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ चैत, २०७८
४ वर्षअघि
घरेलु टाेली

कप्तान आसद भाला र चाल्र्स अमिनीको अर्धशतकीय इनिङको मद्दतमा पपुवा न्युगिनी (पिएनजी)ले घरेलु टोली नेपाललाई जितका लागि २सय ९३ रन लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङको निम्तो पाएको पिएनजीले उत्कृष्ट सुरुवात गरेको थियो ।

पिएनजीका लागि सर्वाधिक ७७ रन चाल्र्स अमिनीले बनाए । चाल्र्सबाहेक कप्तान भालाले पनि ६० रनको अर्धिशतकीय इनिङ खेलेपछि पिएनजीले विशाल योगफल बनाउन सफल भयो ।

पिएनजीका जेसन किला र सिमाेन नटआउट रहे ।

नेपालका सर्वाधिक विकेट सोमपाल कामी र दिपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीले समान दुई–दुई विकेट लिए ।

ऐरी, कामी र ऐरीबाहेक कप्तान सन्दिप लामिछाने र पवन सर्राफ एक–एक विकेट लिए ।

पावर प्लेमा ६० रन बटुलेको पिएनजीले पहिलो विकेट चौथो ओभरमा गुमाएको थियो ।

ओपनर हिरी हिरीलाई सोमपाल कामीले विकेटकिपर अनिल शाहको मद्दतमा पेभिलियन फर्काएका थिए ।

त्यसपछि नेपालविरुद्ध हाबी भएको पिएनजीले दोस्रो विकेट १३औं ओभरमा गुमायो ।

नेपालका लागि दोस्रो विकेट दिपेन्द्रसिंह ऐरीले दिलाए । ठूलो सट प्रहार गर्ने क्रममा पिएनजीका टोनी उरा भीम सार्कीबाट क्याच आउट हुन पुगे ।

पेभिलियिन फर्किनुअघि उराले ६ चौकाको मद्दतमा टोलीलाई ३८ रनको योगदान दिएका थिए ।

७० रनमा दुई विकेट गुमाएको पिएनजीले तेस्रो र चौथो विकेट भने दुई ओभरको अन्तरमा गुमायो ।

तेस्रो विकेटका रुपमा कप्तान भालालाई गुमाएको पिएनजीले चौथो विकेटका रुपमा सेसे बाउलाई गुमायो ।

२६औं ओभरको पहिलो बलमा भालालाई ६० रनमा रोक्न दिपेन्द्रसिंह ऐरी पुन नायक बने । ५५ बलमा ११ चौका प्रहार गर्दै अर्धशतकीय इनिङ खेलेका भालालाई ऐरीले बोल्ड गर्दै क्रिज छाड्न बाध्य बनाए ।

लगत्तैको ओभरमा नेपालका कप्तान सन्दिप लामिछानेले बाउलाई शुन्य रनमा क्याच आउट गराए । ६ बलको सामना गरेका बाउ मात्रै पिएनजीका तर्फबाट रन बनाउन नसक्ने एकमात्र खेलाडी हुन् ।

बाउबाहेक हिरीले सर्वाधिक कम चार रन बटुलेका थिए ।

विकेटका लागि भौतारिएको नेपालले १५ ओभरपछि मात्र पाँचौँ सफलता हात पार्याे ।

पिएनजीको पाँचौ विकेटका रुपमा रिले हेकुरे ४२औं ओभरमा पवन सर्राफमार्फत बोल्ड भए । ४० बलको सामना गरेका उनले पाँच चौकाको मद्दतमा ३१ रन बनाएर पेभिलियन फर्किए ।

पिएनजीको छैटौं विकेटको पतन ४६औ. ओभरमा सोमपाल कामीले गराए । उनले चाल्र्सलाई ७७ रनमा बोल्ड आउट गरे ।

पिएनजीका तर्फबाट सर्वाधिक रन बनाएका चाल्र्सले एक सय तीनको सामना गर्दै चार चौका र एक छक्काको मद्दतमा ७७ रनको अर्धशतकीय पारी खेले ।

नर्मन भानुआलाई ४७ रनमा क्याच आउट गराउँदै कमलसिंह ऐरीले नेपाललाई सातौ सफलता दिलाए ।

तीन छक्का र चार चौकाको सहयोगमा निकै आक्रमक इनिङ खेलेका नर्मन अन्तिम ओभरको दोस्रो बलमा पेभिलियिन फर्किए ।

सोही ओभरको अन्तिम बलमा ऐरीले नै नेपाललाई आठौं सफलता दिलाए ।

नर्मनको स्थानमा मैदानमा आएका सिमोनलाई ऐरीले दुई रनमा बोल्ड गर्दै पिएनजीलाई दुई सय ९२ रनमा रोके ।

दुई एकदिवसिय र त्रिकोणत्मक टी२० खेल्न नेपाल भ्रमणमा रहेको पिएनजीले नेपालविरुद्धको दोस्रो एकदिवसिय खेल भोलि (शनिबार) कीर्तिपुर क्रिकेट रङ्गशालामा खेल्नेछ ।

नेपाल, पिएनजी र मलेसिया सम्मिलित त्रिकोणात्मक टी२०आई सिरिज भने २८ मार्चबाट सुरू हुनेछ ।

टी२०आईको पहिलो खेलमा पनि नेपाल र पिएनजीनै सामना हुँदैछन् । २८ मार्चबाट सुरू हुने टी२०आई अप्रिल १ मा सम्पन्न हुनेछ ।

प्रकाशित समय: शुक्रबार ११ चैत, २०७८, १३:११:११
नीति संवादमा व्यवसायीहरूको जोड : कृषिलाई प्राथमिकतामा राखेर नीति-निर्माण गर्नुपर्छ
मङ्गलबार १ पुस, २०८२
अभिषेक गिरीको अगुवाइमा विराटनगरका १५० युवा कांग्रेसमा प्रवेश
शनिवार २८ मङ्सिर, २०८२
शिक्षादीपमा नवप्रवर्तन प्रदर्शनी : रोबोट, एआई भ्वाइस असिस्टेन्टदेखि ‘एग्रो कनेक्ट’ एपसम्म प्रदर्शन
शनिवार २८ मङ्सिर, २०८२
कांग्रेस महाधिवेशन : विराटनगर महानगर सभापतिमा युवा नेता गिरीको चर्चा
शुक्रबार २७ मङ्सिर, २०८२
मोरङ-४ को युवा प्रतिनिधि पदमा बुढाथोकी र गिरीको उम्मेदवारी
मङ्गलबार १० मङ्सिर, २०८२
टी–२० विश्वकपको तालिका : नेपाल ‘ग्रुप अफ डेथ’ मा !
आईतबार ८ मङ्सिर, २०८२
एमबिबिएस र इन्जिनियरिङमा सफल विद्यार्थीलाई अरनीको कलेजले गर्‍यो सम्मान
आईतबार ८ मङ्सिर, २०८२
विराटनगरको सृष्टि सहकारीले बाँड्यो आफ्ना शेयर सदस्यहरूलाई पौने १३ प्रतिशत लाभांश
शनिवार ७ मङ्सिर, २०८२
क्यान महासंघ मोरङको वार्षिक साधारणसभा सम्पन्न
शुक्रबार ६ मङ्सिर, २०८२
एमबिबिएस प्रवेश परीक्षामा नाम निकाल्ने कान्तिपुरका राजनारायण एक लाख नगदसहित सम्मानित
शुक्रबार ६ मङ्सिर, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०