नेपाल भर्सेज थाइल्यान्ड (फाेटाे फिचर)

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० चैत, २०७८
२ वर्षअघि
नेपाल भर्सेज थाइल्यान्ड

खेलकाे अन्तिम १५ मिनेट सम्हालिन नसक्दा नेपाल थाइल्यान्डसँग २–० गाेलान्तरले पराजित भएकाे छ ।

थाइल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले भ्रमणको पहिलो खेलमा आज थाइल्यान्ड राष्ट्रिय फुटबल टोलीसँग हार व्यहोरेको छ ।

चोनबुरी रङ्गशालामा भएको खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा खाएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा खेले पनि दोस्रो हाफमा थाइल्यान्ड गोल गर्न सफल भयो ।

थाइल्यान्डका लागि ७७औं मिनेटमा फिलिपले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

थाइल्यान्डका लागि दोस्रो गोल ८८औं मिनेटमा वीराचटले गरे । दोस्रो बार च्यापेर वीराचटले गरेको गरेको प्रहारले जाली चुमेपछि नेपाल २–० को हार भोग्न बाध्य बन्यो ।

खेलको सुरुवातबाट नै आक्रमण गर्न थालेको थाइल्यान्डले नेपालविरुद्ध खेलको दोस्रो मिनेटमा नै पोस्टमा धावा बोल्न सुरु गरेको थियो ।

चौथो मिनेटमा नेपाली खेलाडीलाई थाइल्यान्डले फाउल गरेपछि नेपालले मध्य भाग नजिकैबाट फ्रकिक पाएको थियो ।

एरिक विष्टले प्रहार गरेको उक्त फ्रिकिकलाई नेपालले सदुपयोग गर्न सकेन ।

पाँचौँ मिनेटमा थाइल्यान्डले गरेको प्रहार नेपाली टोलीका कप्तान एवम् गोलरक्षक चेम्जोङले रोके ।

१०औं मिनेटमा थाइल्यान्ड पुनः प्रयास गर्याे । तर उसको प्रयास विफल रह्यो ।

११औं मिनेटमा राइट फ्लाङ्कबाट गरिएको प्रयासमा दिनेश राजवंशी बाधक बने ।

१४औं मिनेटमा वोराचितको प्रहार किरणले मुस्किलले बचाए ।

तर सोही मिनेटमा तेज तामाङ्गले आदिसाकलाई लडाएपछि नेपालको पेनाल्टी क्षेत्र नजिकै थाइल्यान्डले फ्रिकिक पायो ।

तर त्रिस्तान डोले हानेको प्रहार आकाशतिर हुँइकिएको थियो ।

१९औं मिनेटमा दर्शन गुरूङले पेनाल्टी क्षेत्रभित्र मौका भए पनि उनले गरेको हेडरले आकाशको िदशा लिएको थियो ।

२३औं मिनेटमा कप्तान चेम्जोङले फ्लाइङ सेभ गरे ।

२६औं मिनेटमा पाथोमफोनको प्रहार आकाशिँदा थाइल्यान्डले अग्रता लिने मौका गुमायो ।

३२औं मिनेटमा १६ चुकेका थिए ।

अतिरिक्त समयमको ४६औं मिनेटमा थानाबुन केसारातले प्रयास गरे पनि आकाशिएको थियो ।

दोस्रो हाफको पहिलो मिनेटमा नै थाइल्यान्डले प्रयास गरेको थियो । लेफ्ट फ्ल्याङ्कबाट अक्कीले गरेको प्रयासलाई डिफेन्डर अनन्त तामाङ्गले बाहिर पठाइदिएका थिए ।

त्यसको अर्काे मिनेटमा नै थाइल्यान्डले अग्रता लिने सुन्दर मौका खेर फाल्यो । कप्तान आदिसाकको हेड केही इन्चले बाहिरिएको थियो ।

५१औं मिनेटमा नेपालले थाइल्यान्डको पोस्टमा प्रहार गरे पनि थाइल्यान्डका गोलरक्षकले त्यसलाई सजिलै नियन्त्रणमा लिए ।

५८औं मिनेटमा चाओवतको लङ रेन्जेर बाहिरिँदा थाइल्यान्ड खेलमा अग्रता लिनबाट वञ्चित बन्यो ।

६६औं मिनेटमा तीन डिफेन्डरलाई छक्याउँदै थाइल्यान्डका केभिनले पहिलो बार च्यापेर प्रहार गरे पनि प्रहारले पोस्टको दिशा लिन सकेन ।

६७औं मिनेटमा क्रसबार लागेपछि थाइल्यान्ड अभागी बन्यो । लेफ्ट फ्ल्याङ्कबाट आएको पासमा पान्साले गरेको हेड क्रसबारमा लागेको थियो ।

७६औं मिनेटमा पाथोम्फोनको हेडरलाई गोलरक्षक किरनले मुस्किलले बचाएर नेपालको खतरा टारे ।

खेलको ७७औं मिनेटमा फिलिपले गोल गर्दै थाइल्यानडलाई अग्रता दिलाए ।

मध्यभागमा सहकर्मीले मिलाइदिएको बललाई एक्लै अघि बढाएका फिलिपको प्रहार रोक्न नेपालका चार खेलाडीले प्रयास गरे पनि त्यो विफल रह्यो ।

पेनाल्टी क्षेत्रभित्र बाट फिलिपले गरेको प्रहार तेज तामाङ्ग हुँदै दिनेश राजवंशीसँग डिफ्लेक्ट भएर गोल पोस्टभित्र छिरेको थियो ।

थाइल्यान्डले गोल गर्नुअघि विसारत र सुरज ज्यू ठकुरी एकआपसमा ठोक्किएका थिए ।

ठोकिँदा ठकुरी घाइते हुँदा पनि थाइल्यान्डका खेलाडी र म्याच रेफ्रिले बेवास्ता गरेको भन्दै मैदानमा केहीबेर तनाव सिर्जना भएको थियो ।

नेपालका खेलाडी र प्रशिक्षकले त्यसको विरोध गरेका थिए ।

खेलको ८८औं मिनेटमा थाइल्यान्डले नेपालको पोस्टमा दोस्रो गोल गर्याे । पेनाल्टी क्षेत्रभित्र पाएको पासमा वीराचटले दोस्रो बार च्याप्दै गरेको प्रहारले जाली चुमेपछि नेपाल २–० ले पछि पर्याे ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्यान्डसँग तयारी स्वरूप मैत्रिपूर्ण खेल खेलेकाे हाे ।

थाइल्यान्ड फिफा विश्व वरियताको एक सय १२औं स्थानमा रहेको छ भने नेपाल पछिल्लो फुटबल विश्व वरियतामा एक सय ६७औं स्थानमा छ ।

यस्तै, नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ ।

उक्त खेल आइतबार चोनुबारीमै हुने छ ।

 

प्रकाशित समय: बिहिबार १० चैत, २०७८, २०:०३:४१
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८