विभागिय टाेली पुलिस र आर्मी सेमिफाइनलमा, सुदूरपश्चिम क्वाटरमा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ९ चैत, २०७८
४ वर्षअघि
विभागिय

कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा पुगेका छन् ।

बुधबार भएको पहिलो खेलमा आर्मीले प्रदेश १ लाई ३–० को सोझो सेटमा हरायो ।

प्रदेश १ लाई पहिलाे सेटमा २५–१७ ले हराएकाे आर्मीले दाेस्राे सेट २५–२१ र तेस्राे तथा अन्तिम सेट २५–९ ले आफ्नाे पक्षमा पार्दै सहज जित दर्ता गर्याे ।

आर्मी र प्रदेश १ काे खेलकाे ‘म्यान अफ दि म्याच’ आर्मीका दुर्गा खड्का चुनिए ।

आजै भएकाे दोस्रो खेलमा अर्काे विभागिय टाेली  नेपाल पुलिस क्लबले जित दर्ता गर्दै सेमिफाइनलमा आफ्नाे स्थान पक्का गर्याे ।

पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले स्तब्ध बनायो ।

पहिलाे र दाेस्राे सेटमा नचले पनि तेस्राे सेटमा भने कर्णालीले पुलिसविरुद्ध दबाब सिर्जान गरे पनि खेल सुम्पिन बाध्य बन्याे ।

कर्णालीविरुद्ध निकै उत्कृष्ट प्रदर्शन गरेकाे पुलिसले पहिलाे सेटमा २५–८ काे जित दर्ता गर्याे । त्यस्तै, २५–९ ले दाेस्राे सेट जितेकाे पुलिसले अन्तिम सेटमा २५–१५ को जित निकाल्न सफल भयाे ।

पुलिस र कर्णालीबीच भएकाे खेलकाे ‘म्यान अफ दि म्याच’ पुलिस क्लबका हिम राना घाेषित भए ।

आजै भएकाे तेस्राे खेलमा बागमती प्रदेशलाई ३–१ को सेटले हराउँदै सुदूरपश्चिमले प्रतियाेगिताकाे क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

सुदूरपश्चिमले २५–१६, २५–२३, १६–२५, २५–२२ को जित निकालेको हो ।

तेस्राे खेलका ‘म्यान अफ दि म्याच’ सुदूरपश्चिमका सन्तोष महता भए ।

चैत १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार अन्य उत्कृष्ट विधाका खेलाडी तथा प्रशिक्षकलाई जनही १० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित समय: बुधबार ९ चैत, २०७८, १८:२२:२७
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०