बेन्जेमाले एल क्लासिको गुमाउने

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ५ चैत, २०७८
४ वर्षअघि
बेन्जेमाले

रियल मड्रिडका फ्रान्सेली स्टार फरवार्ड करिम बेन्जेमाले आउँदो साेमबार हुने एल क्लासिकाे गुमाउने भएका छन् ।

रियल मड्रिडकाे घरेलु मैदान सान्टियागाे बर्नाबेउमा हुने एल क्लासिकाेकाे तयारीमा अन्य खेलाडीले प्रशिक्षण गरेपनि बेन्जेमा प्रशिक्षणमा सहभागी भएनन् ।

गत मङ्गलबार स्पेनिस ला लिगाअन्तगर्त रियल मालाेर्काविरुद्धकाे खेलकाे ८६औं मिनेटमा बेन्जेमाले चाेट बाेक्दै मैदान छाडेका थिए ।

उक्त खेलमा रियल ३–० गाेलान्तरले विजयी भएकाे थियाे । रियलले गरेकाे तीनै गाेलमा बेन्जेमा सामेल भएका थिए ।

भिनिसियस जुनियरकाे गाेलमा एसिस्ट गरेका बेन्जेमाले त्यसपछि दुई गाेल गर्दै खेलमा जित सुनिश्चित गरेका थिए ।

खेलकाे अन्त्यपछि प्रतिक्रिया दिएका बेन्जेमाले आफ्ना चाेट खासै ठूलाे नभएकाे बताएका थिए ।

शुक्रबार गरिएका परीक्षणहरूका नतिजा सकारात्मक देखिएपनि आज भएकाे प्रशिक्षणमा बेन्जेमा सहभागी नहुनुले उनी पूर्ण रूपमा फिट छैनन् भन्ने पुष्ठि गर्छ ।

बेन्जेमा खेल्न फिट नहुने भएपछि रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीमाथि एल क्लासिकाेलाई दबाब बढेकाे छ ।

किनकी जारी सिजन रियलका मुख्य हतियारका रूपमा फ्रान्सेली स्टार बेन्जेमा प्रयाेग भइरहेका छन् र उनले उस्तै चुस्त प्रदर्शन समेत गरिरहेका छन् ,

आफ्नो खेल करिअरकै उत्कृष्ट फर्ममा रहेकाे मानिएका बेन्जेमा जारी ला लिगाकाे उच्च गाेलकर्ता हुन् ।

लिगकै उच्च एसिस्ट प्रदान गर्ने खेलाडी समेत रहेका बेन्जेमाले २२ गाेल र ११ एसिस्ट गरिसकेका छन् ।

लिगकाे २८औं चरणका खेल सकिँदा ६६ अङ्कका साथ रियल शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेकाे (२७ खेल) बार्सिलाेना ५१ अङ्कका साथ तेस्राे स्थानमा छ ।

उत्कृष्ट फर्ममा रहेका यी दुई क्लबबीचकाे एल क्लासिकाे निकै राेचक हुने अनुमान गरिएकाे छ ।

ला लिगका पछिल्ला पाँच खेलमा समान नतिजा आत्मसाथ गरेका यी दुवै टाेलीले चार जित र एक बराबरी खेलेका छन् ।

प्रकाशित समय: शनिवार ५ चैत, २०७८, २०:५६:५२
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०