पल शाह प्रकरण : जथाभावी समाचार लेख्दा १० वेबसाइट प्रतिबन्ध

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २३ फाल्गुण, २०७८
५ वर्षअघि
पल शाह

अभिनेता पल शाह प्रकरणमा जथाभावी समाचार लेख्दा १० वटा वेबसाइट प्रतिबन्धमा परेका छन् ।

नाबालिका गायिकामाथि बलात्कार गरेको अभियोग लागेका शाह प्रकरणमा प्रेस काउन्सिल नेपालले १० ओटा वेबपोर्टल सहित १६ युट्युव च्यानललाई कारबाही सिफारिस गरेको हो ।

Advertisement

काउन्सिलका अनुसार व्यक्तिक गोपनीयता प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने तथा नकारात्मक असर पर्ने, पीडितको पहिचान खुल्ने गरी नाम, तस्वीर र भिडियो सामग्री सम्प्रेषण गरेको छ ।

न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रकृयामा प्रभाव पर्ने किसिमले आरोपी र जाहेरीवालाको पक्षविपक्षमा सामग्री सम्प्रेषण गरेको भन्दै वेबपोर्टल र युट्युव च्यानललाई कारबाहीको दायरामा ल्याइएको हो ।

सूचना तथा प्रसारण विभागमा दर्ता र काउन्सिलमा सूचीकरण नभएका यी १० वेबसाइटलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा सिफारिस गरेको छ ।

प्राधिकरणले इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई यी वेबसाइट नेपालमा नचल्ने गरी प्रतिबन्ध लगाउन पत्राचार गर्ने छ ।

यी हुन् प्रतिबन्धमा परेका १० वेबपोर्टलहरूः

– चन्द्रागिरी टाइम्स डटकम
– समाज पत्र डटकम
– पोखरा एनपी डटकम
– सत्य सूचना डटकम
– द टप २४ न्युज डटकम
– शिखर हट न्युज डटकम
– ब्राइट दैनिक डटकम
– पूर्वी कमान्ड डटकम
– तुफान मिडिया न्युज डटकम
– नेप २४ खबर डटकम

युट्युव च्यानलमाथि साइबर अपराध मुद्दा चलाउन नेपाल प्रहरीको साइबर ब्यूरोमा सिफारिस गरिएको छ । -टेकपानाबाट

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा
शुक्रबार ३० असोज, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार ३० असोज, २०८३
बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
शुक्रबार ३० असोज, २०८३
भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०