अनुसन्धानका लागि शाह थप १२ दिन हिरासतमा बस्नुपर्ने

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २२ फाल्गुण, २०७८
४ वर्षअघि
पल शाह

नाबालिग गायिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका कलाकार पल शाह थप १२ दिन थुनामा बस्नुपर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा फागुन १५ गते आत्मसमर्पण गरेका शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएसँगै शाहको थुना बसाइ लम्बिने भएको हो ।

आफूलाई माया गर्छु, विवाह गर्छु भनी फकाएर पटक–पटक करणी गरेको जाहेरी नाबालिग गायिकाले तनहुँ प्रहरीमा दर्ता गरेसँगै प्रहरीले शाहको खोजी कार्य तीव्र बनाएको थियो ।

प्रहरीले पललाई फेला पार्न नसकेपछि उनी भागेको हल्ला चलेको थियो ।

तर आफू पारिवारीक र खराब स्वास्थ्यको कारण प्रहरीसामु उपस्थित हुन नसकेको सन्देश सामाजिक सञ्जालमा अपलोड गरेर शाह आफैं तनहुँ प्रहरीसमक्ष उपस्थित भएका थिए ।

१७ वर्षीय गायिका र कलाकार शाहको भेट एक गीतको भिडियो सुटिङको क्रममा भएको जाहेरीमा उल्लेख गरिएको छ । त्यसपछि पीडित गायिकासँग नजिकिएका शाहले विभिन्न बहानामा पटक–पटक बलात्कार गरेको भनिएको छ ।

पीडित गायिकाको परिवारका अनुसार तीन महिनायता गायिका एकोहोरिएकी थिइन् ।

गीत–सङ्गीतमा ध्यान दिन नसकेपछि बुझ्दा शाहसँगको घटना बाहिर आएको र त्यसपछि कानुनी उपचारमा परिवार लागेको हो ।

शाहविरुद्ध उजुरी परेपछि सार्वजनिक भएका केही अडियोलाई प्रमाणका रुपमा पेश गर्दै यतिबेला शाहका समर्थकले उनलाई फसाइएको भन्दै तनहुँ प्रहरी र्कायालयअघि प्रदर्शन गर्दै आइरेका छन् ।

शाह निर्दोष रहेको बताउँदै उनका समर्थकले सामाजिक सञ्जालमा ‘ह्यासट्याग जस्टिस फर पल शाह’ अभियान नै चलाइरहेका छन् ।

तर विषय प्रहरी र न्यायालयमा पुगिसकेको भन्दै अबको सबै निर्णय न्यायालयलाई गर्न दिनुपर्ने तर्क जानकारहरुले राख्दै आएका छन् ।

प्रकाशित समय: आईतबार २२ फाल्गुण, २०७८, २१:३८:५७

सम्बन्धित खबर

हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह

आईतबार १७ साउन, २०८३
२ हप्ताअघि

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
३ हप्ताअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
२ महिनाअघि

महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

बुधबार १३ फाल्गुण, २०८२
६ महिनाअघि

अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

बिहिबार १६ माघ, २०८२
७ महिनाअघि

पब्जी ई-स्पोर्ट्सको फिनाले सम्पन्न

बुधबार ८ असोज, २०८२
११ महिनाअघि
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग
बिहिबार २८ साउन, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने
बुधबार २७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०