नायक पल शाह प्रहरी नियन्त्रणमा !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १५ फाल्गुण, २०७८
३ वर्षअघि
पल शाह

बलात्कारको आरोप लागेका नायक पल शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज (आइतबार ) उनी नेपाल प्रहरीसामु आफैँ उपस्थित भएका हुन् ।

आज सामाजिक सन्जाल फेसबुकमार्फत पल शाहले नेपालको कानुनलाई सम्मान गर्दै प्रहरीसमक्ष उपस्थित हुने जनाएका थिए ।

उनले आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको र घर व्यवहार मिलाउनु परेकाले समयमै प्रहरीसामु उपस्थित हुन नसकेको बताएका थिए ।

प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै उनले माफी समेत मागेका छन् ।

‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरीसामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ,’ उनले स्टाट्समा लेखका छन्।

उमेर नपुगेकी किशोरीलाई यौन शोषण गरेको आरोप उनीमाथि छ ।

ती किशोरीले दिएको उजुरीका आधारमा तनहुँ प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

पक्राउ पूर्जी जारी भएपछि पल शाह फरार थिए ।

बुधबार पलविरुद्ध नाबालिक गायिकाका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा दिउँसोको करिब १२ बजेतिर जाहेरी दर्ता गराएका थिए ।

पीडित किशोरीले दिएको जाहेरीमा विगत तीन महिनादेखि छोरीले काममा मन नलगाएर एकोहोरो बस्न थालेपछि त्यसको कारण खोतल्दै जाँदा अभिनेता पल शाहले देखावटी मायाप्रेम बहाना गर्दै जर्बजस्ती करणी गरेको आरोप छ ।

पलले ती नाबालिग गायिकासँग विभिन्न गीतको सुटिङ गर्ने क्रममा पोखरा, चितवन, बागलुङ , तनहुँ समेतका स्थानमा सुटिङ सकिएपछि राति होटलमा बास बस्ने क्रममा पटकपटक जबरजस्ती करणी गर्न खोजेको आरोप पनि जाहेरीमा उल्लेख छ ।

पीडितका बुबाले दिएको जाहेरीमा पलले ०७७ चैत ३१ गते बागलुङको गलकोट महोत्सव जाने आउने क्रममा ती नाबालिगमाथि गाडीमा सँगै बसेर यात्रा गर्ने क्रममा संवेदनशिल अंगमा चलाउने, जिस्काउने, समात्नेजस्ता कार्य गरेको समेत उल्लेख छ ।

जाहेरीमा उल्लेख भएअनुसार त्यतिबेला उक्त यात्रामा पलसँगै कलाकारहरु दुर्गेश थापा, योगेश काजी, सम्राट चौलागाई, कृष्ण जोशी पनि सवार थिए ।

त्यसपछि गत वैशाख १४ गते पोखराको एक घरमा रहेका बेला पलले मदिराको तालमा ती नाबालिक बसेको कोठामा गएर ललाईफकाइ करणी गरेको जाहेरीमा उल्लेख छ ।

पलले ‘बिहे गर्छु, धोका दिन्न’ भन्ने विश्वास दिलाइ असहमति हुँदाहुँदै जर्बजस्ती करणी गरेका थिए ।

प्रकाशित समय: आईतबार १५ फाल्गुण, २०७८, १२:३८:३१
खबर पूर्वाञ्चल अनलाइनको १०औँ वार्षिकोत्सव
सोमबार २९ ब‌ैशाख, २०८२
भक्तपुरबाट ट्रकसहित ७२ लाख बराबरको सामान बरामद
सोमबार २९ ब‌ैशाख, २०८२
लेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार
सोमबार २९ ब‌ैशाख, २०८२
हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
सोमबार २९ ब‌ैशाख, २०८२
बुद्ध मार्ग अनुसरण गर्नु नै स्थायी शान्तिको आधार : सभामुख घिमिरे
सोमबार २९ ब‌ैशाख, २०८२
विराटनगरको आदर्श विद्यालयमा सीप उत्सव, सूचना तथा प्रविधिमा पुष्पा र चन्द्रावती उत्कृष्ट
आईतबार २८ ब‌ैशाख, २०८२
कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैन : भारतीय परराष्ट्रविद्
आईतबार २८ ब‌ैशाख, २०८२
जाजरकोटमा कारागारमा थुनुवा मृत फेला
आईतबार २८ ब‌ैशाख, २०८२
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने
आईतबार २८ ब‌ैशाख, २०८२
महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
आईतबार २८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०