‘बी’ डिभिजन लिग अङ्क तालिकाको शीर्ष स्थानमा उक्लियाे सरस्वती

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २० फाल्गुण, २०७८
५ वर्षअघि
‘बी’ डिभिजन लिग

झम्सीखेल युथ क्लबसँग १–१ गोलको बराबरी खेल्दै सरस्वती युथ क्लब जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

आज भएकाे दिनको दोस्रो खेलमा सरस्वतीले सुरुवाती अग्रता लिए पनि अङ्क बाँड्न बाध्य बन्याे ।

खेलकाे पहिलो हाफकाे २२औं मिनेटमा सञ्जीव लामाले गोल गरेपछि सरस्वतीले अग्रता लिएकाे थियाे तर पहिलाे हाफ अघिकाे अतिरिक्त समयमा तीर्थबहादुरले गोल गर्दै झम्सीखेललाई बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा कुनै टाेलीले पनि गोल गर्न सकेनन् र दुबै टोली एक–एक अङ्क बाँड्न बाध्य बने ।

आज भएको पहिलो खेलमा मध्यपुर युथ एसाेसिएसनले नव प्रवेशी सामाजिक युथ क्लबमाथि ५–२ गोलान्तरकाे सानदार जित दर्ता गरेकाे छ ।

मध्यपुरका लागि चौथो मिनेटमा सन्नी लामाले गोल गर्दै खाता खाेलेका थिए । त्यसकाे चार मिनेटपछि अर्थात खेलको ८ औं मिनेटमा सञ्जीव थापाले गोल गर्दै मध्यपुरकाे अग्रता दोब्बर बनाए ।

तर त्यसपछि सन्तुलित खेल प्रदर्शन गरेकाे सामाजिकले पाँच मिनेटमा दुई गोल गर्दै खेलमा फर्किने लक्षण देखायो ।

सामाजिकका लागि विकास दर्जीले १६ औं मिनेटमा गोल गरे भने खेलको २१ औं मिनेटमा वसन्तबहादुर रानाले गोल गर्दै खेलमा २–२ गाेलकाे बराबरी गर्न सफल भए ।

तर पहिलो हाफको थपिएको अतिरिक्त समयमा सञ्जीबले व्यक्तिगत दाेस्राे र टाेलीकाे तेस्राे गाेल गर्दै सामाजिकविरुद्ध मध्यपुरलाई पुनः अग्रता दिलाए ।

दोस्रो हाफमा मध्यपुरले सामाजिककाे पाेस्टमा थप दुई गाेल गर्याे र स्पष्ट तीन अङ्क हात पार्याे ।

मध्यपुरका लागि ५४औं मिनेटमा धिरज श्रेष्ठले चौथो र ७४औँ मिनेटमा जेनिस प्रजापतिले पाँचौं गोल गर्दै टाेली जित सुनिश्चित गरे ।

जितसँगै मध्यपुरले तेस्रो स्थान हासिल गरेको छ भने सामाजिक क्लबले १३ औं स्थानमा रहेर लिग सुरु गरेको छ ।

दुई खेलबाट चार अङ्क बटुलेकाे सरस्वती बी डिभिजन अङ्क तालिकाकाे शीर्ष स्थानमा छ ।

सरस्वतीसँग बराबरी खेलेकाे झम्सीखेल भने एक अङ्कका साथ तालिकाकाे नवाैं स्थानमा रहेकाे छ ।

लिगमा भोलि (शनिबार) तीन खेल हुनेछन् ।

पहिलाे खेलमा श्री भगवती क्लबले ब्वाइज युनियन क्लबसँग खेल्नेछ भने दोस्रो खेल बाँसबारी क्लब र टुसाल युथ क्लबबीच हुनेछ ।

तेस्रो खेलमा वीरगन्ज युनाइटेडले नयाँबस्ती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

तीनवटै खेल एन्फा कम्प्लेक्सकाे मैदानमा हुनेछ ।

प्रकाशित समय: शुक्रबार २० फाल्गुण, २०७८, २२:२४:३४
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०