‘बी’ डिभिजन लिग अङ्क तालिकाको शीर्ष स्थानमा उक्लियाे सरस्वती

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २० फाल्गुण, २०७८
२ वर्षअघि
‘बी’ डिभिजन लिग

झम्सीखेल युथ क्लबसँग १–१ गोलको बराबरी खेल्दै सरस्वती युथ क्लब जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

आज भएकाे दिनको दोस्रो खेलमा सरस्वतीले सुरुवाती अग्रता लिए पनि अङ्क बाँड्न बाध्य बन्याे ।

खेलकाे पहिलो हाफकाे २२औं मिनेटमा सञ्जीव लामाले गोल गरेपछि सरस्वतीले अग्रता लिएकाे थियाे तर पहिलाे हाफ अघिकाे अतिरिक्त समयमा तीर्थबहादुरले गोल गर्दै झम्सीखेललाई बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा कुनै टाेलीले पनि गोल गर्न सकेनन् र दुबै टोली एक–एक अङ्क बाँड्न बाध्य बने ।

आज भएको पहिलो खेलमा मध्यपुर युथ एसाेसिएसनले नव प्रवेशी सामाजिक युथ क्लबमाथि ५–२ गोलान्तरकाे सानदार जित दर्ता गरेकाे छ ।

मध्यपुरका लागि चौथो मिनेटमा सन्नी लामाले गोल गर्दै खाता खाेलेका थिए । त्यसकाे चार मिनेटपछि अर्थात खेलको ८ औं मिनेटमा सञ्जीव थापाले गोल गर्दै मध्यपुरकाे अग्रता दोब्बर बनाए ।

तर त्यसपछि सन्तुलित खेल प्रदर्शन गरेकाे सामाजिकले पाँच मिनेटमा दुई गोल गर्दै खेलमा फर्किने लक्षण देखायो ।

सामाजिकका लागि विकास दर्जीले १६ औं मिनेटमा गोल गरे भने खेलको २१ औं मिनेटमा वसन्तबहादुर रानाले गोल गर्दै खेलमा २–२ गाेलकाे बराबरी गर्न सफल भए ।

तर पहिलो हाफको थपिएको अतिरिक्त समयमा सञ्जीबले व्यक्तिगत दाेस्राे र टाेलीकाे तेस्राे गाेल गर्दै सामाजिकविरुद्ध मध्यपुरलाई पुनः अग्रता दिलाए ।

दोस्रो हाफमा मध्यपुरले सामाजिककाे पाेस्टमा थप दुई गाेल गर्याे र स्पष्ट तीन अङ्क हात पार्याे ।

मध्यपुरका लागि ५४औं मिनेटमा धिरज श्रेष्ठले चौथो र ७४औँ मिनेटमा जेनिस प्रजापतिले पाँचौं गोल गर्दै टाेली जित सुनिश्चित गरे ।

जितसँगै मध्यपुरले तेस्रो स्थान हासिल गरेको छ भने सामाजिक क्लबले १३ औं स्थानमा रहेर लिग सुरु गरेको छ ।

दुई खेलबाट चार अङ्क बटुलेकाे सरस्वती बी डिभिजन अङ्क तालिकाकाे शीर्ष स्थानमा छ ।

सरस्वतीसँग बराबरी खेलेकाे झम्सीखेल भने एक अङ्कका साथ तालिकाकाे नवाैं स्थानमा रहेकाे छ ।

लिगमा भोलि (शनिबार) तीन खेल हुनेछन् ।

पहिलाे खेलमा श्री भगवती क्लबले ब्वाइज युनियन क्लबसँग खेल्नेछ भने दोस्रो खेल बाँसबारी क्लब र टुसाल युथ क्लबबीच हुनेछ ।

तेस्रो खेलमा वीरगन्ज युनाइटेडले नयाँबस्ती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

तीनवटै खेल एन्फा कम्प्लेक्सकाे मैदानमा हुनेछ ।

प्रकाशित समय: शुक्रबार २० फाल्गुण, २०७८, २२:२४:३४
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८