एनएसएलको विरोधमा ‘ए’ डिभिजन क्लबहरू

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १६ फाल्गुण, २०७८
२ वर्षअघि
एनएसएलको विरोध

सहिद स्मारक ‘ए’ डिभिजन लिगका क्बलहरू आसन्न नेपाल सुपर लिग (एनएसएल)को विरोधमा उत्रिएका छन् ।

आफ्ना खेलाडी अनुबन्धनको विषयमा उनीहरूले विज्ञप्ति जारी गर्दै उनीहरूले विरोध जनाएका हुन् ।

‘ए’ डिभिजन लिगको समाप्तिपछि मोफसलमा पनि प्रतियोगिता बाँकी रहकाले क्लबको स्वीकृतिबिना अन्य प्रतियोगितामा क्लबमा करार नगर्न भन्दै उनीहरूले एनएसएलको विरोध गरेका हुन्

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा हुन लागेको एनएसएलको दोस्रो संस्करणका लागि आगामी शुक्रबार अक्सन गर्ने तयारी गरिरहेको छ ।

त्यसमध्ये केही क्लबले आफ्ना मार्की खेलाडी अनुबन्धन गरिरहेका छन् ।

पहिलोपटक एनएसएलमा सहभागिता जनाउन लागेको झापाले आइतबारमात्र मनाङ मर्स्याङ्दी क्लबका कप्तान अन्जन विष्टलाई मार्की खेलाडीका रूपमा भित्र्याएको थियो ।

झापाले अन्जनलाई गत संस्करणको भन्दा धेरै रकममा अनुबन्ध गरेको पनि जनाएको छ ।

अनुबन्ध रकम भने उल्लेख गरिएको छैन ।

यता, ए डिभिजन लिग खेलिरहेका आठ क्लबले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मोफसलका प्रतियोगिताका लागि खेलाडी चाहिने बताएका छन् ।

मच्छिन्द्र क्लबका अध्यक्ष सुनिल कपाली, न्यूरोड टिमका सुन्दर नरसिंह जोशी, सातदोबाटो यथ क्लबका सुनिल विष्ट,  मनाङ्ग मरस्याङ्गदीका विजय घले, थ्री स्टार क्लबका सञ्जीव शिल्पकार, सङ्कटा क्लबका सुरेन्द्र सिखाकार, जावलाखेल युथ क्लबका
महेन्द्र क्षेत्री र फ्रेन्ड्स क्लबका दिपक थापाले विज्ञप्ति जारी गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हालै सम्पन्न भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता २०७० पश्चात हामी ‘ए’ डिभिजनका क्लबहरू मोफसलमा आयोजना हुन गइरहेको प्रतिष्ठित प्रतियोगिताहरूमा सहभागी हुन तयारी गरिरहेको अवस्थामा ‘ए’ डिभिजन क्लबमा दर्ता रहेका खेलाडीहरू क्लबको स्विकृतिबिना अन्य प्रतियोगिता वा क्लबमा आवद्ध नगर्न हुन तथा खेलाडीहरूले पनि क्लबको स्विकृति विना अन्य क्लवमा कुनै नया करार नगर्नु हुन अनुरोध गर्छौं ।’

चैत २६ देखि जेठ ७ गतेसम्म सञ्चालन हुने फ्रेन्चाईज फुटबल लिग एनएसएल हुँदै छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोगमा हुने एनएसएलमा यसपाली १० टोली सहभागी हुने तयारीमा छन् ।

गत संस्करणमा सात टोलीको मात्रै सहभागिता थियो ।

प्रतियोगिताका खेलहरू पोखरा र काठमाडौँमा खेलाइने पनि बताइएको छ ।

एन्फाको सहयोगमा हुने फ्रेन्चाइज लिगमा आश्चर्यजनकरूपमा एन्फाकै महासचिव इन्द्रमान तुलाधरको क्लबको समेत विरोध देखिएको छ ।

प्रकाशित समय: सोमबार १६ फाल्गुण, २०७८, ०७:४७:०३
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८