एनएसएलको विरोधमा ‘ए’ डिभिजन क्लबहरू

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १६ फाल्गुण, २०७८
५ वर्षअघि
एनएसएलको विरोध

सहिद स्मारक ‘ए’ डिभिजन लिगका क्बलहरू आसन्न नेपाल सुपर लिग (एनएसएल)को विरोधमा उत्रिएका छन् ।

आफ्ना खेलाडी अनुबन्धनको विषयमा उनीहरूले विज्ञप्ति जारी गर्दै उनीहरूले विरोध जनाएका हुन् ।

‘ए’ डिभिजन लिगको समाप्तिपछि मोफसलमा पनि प्रतियोगिता बाँकी रहकाले क्लबको स्वीकृतिबिना अन्य प्रतियोगितामा क्लबमा करार नगर्न भन्दै उनीहरूले एनएसएलको विरोध गरेका हुन्

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा हुन लागेको एनएसएलको दोस्रो संस्करणका लागि आगामी शुक्रबार अक्सन गर्ने तयारी गरिरहेको छ ।

त्यसमध्ये केही क्लबले आफ्ना मार्की खेलाडी अनुबन्धन गरिरहेका छन् ।

पहिलोपटक एनएसएलमा सहभागिता जनाउन लागेको झापाले आइतबारमात्र मनाङ मर्स्याङ्दी क्लबका कप्तान अन्जन विष्टलाई मार्की खेलाडीका रूपमा भित्र्याएको थियो ।

झापाले अन्जनलाई गत संस्करणको भन्दा धेरै रकममा अनुबन्ध गरेको पनि जनाएको छ ।

अनुबन्ध रकम भने उल्लेख गरिएको छैन ।

यता, ए डिभिजन लिग खेलिरहेका आठ क्लबले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मोफसलका प्रतियोगिताका लागि खेलाडी चाहिने बताएका छन् ।

मच्छिन्द्र क्लबका अध्यक्ष सुनिल कपाली, न्यूरोड टिमका सुन्दर नरसिंह जोशी, सातदोबाटो यथ क्लबका सुनिल विष्ट,  मनाङ्ग मरस्याङ्गदीका विजय घले, थ्री स्टार क्लबका सञ्जीव शिल्पकार, सङ्कटा क्लबका सुरेन्द्र सिखाकार, जावलाखेल युथ क्लबका
महेन्द्र क्षेत्री र फ्रेन्ड्स क्लबका दिपक थापाले विज्ञप्ति जारी गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हालै सम्पन्न भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता २०७० पश्चात हामी ‘ए’ डिभिजनका क्लबहरू मोफसलमा आयोजना हुन गइरहेको प्रतिष्ठित प्रतियोगिताहरूमा सहभागी हुन तयारी गरिरहेको अवस्थामा ‘ए’ डिभिजन क्लबमा दर्ता रहेका खेलाडीहरू क्लबको स्विकृतिबिना अन्य प्रतियोगिता वा क्लबमा आवद्ध नगर्न हुन तथा खेलाडीहरूले पनि क्लबको स्विकृति विना अन्य क्लवमा कुनै नया करार नगर्नु हुन अनुरोध गर्छौं ।’

चैत २६ देखि जेठ ७ गतेसम्म सञ्चालन हुने फ्रेन्चाईज फुटबल लिग एनएसएल हुँदै छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोगमा हुने एनएसएलमा यसपाली १० टोली सहभागी हुने तयारीमा छन् ।

गत संस्करणमा सात टोलीको मात्रै सहभागिता थियो ।

प्रतियोगिताका खेलहरू पोखरा र काठमाडौँमा खेलाइने पनि बताइएको छ ।

एन्फाको सहयोगमा हुने फ्रेन्चाइज लिगमा आश्चर्यजनकरूपमा एन्फाकै महासचिव इन्द्रमान तुलाधरको क्लबको समेत विरोध देखिएको छ ।

प्रकाशित समय: सोमबार १६ फाल्गुण, २०७८, ०७:४७:०३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०