सहमति र जबरजस्तीको माझमा कलाक्षेत्रको ‘नाक’ !

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १३ फाल्गुण, २०७८
५ वर्षअघि
कलाक्षेत्रको नाक

‘घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुसीले गदगद होला, एउटा पक्ष दुखाइले भत्तभत्त होला तर समग्रमा भन्दा यो सारा कुराले चाहिँ समाजको नजरमा कलाक्षेत्र र कलाकारकै नाक काटिएको छ है,’ गायक शिव परियार सामाजिक सञ्जालमा ‘पल र समीक्षा’ को समीक्षा गर्दै लेख्छन् ।

‘कलाहरूको पनि कला ललितकला, त्योभित्रको पनि उत्कृष्ट कला सङ्गीतकलाको क्षेत्रमा काम गरेर समाजमा उभिएका र कलाक्षेत्र राम्रो हो भनेर समाजमा स्थापित गरेका कलाकारको यो घटना पढिरहनु पर्दा दुःख लागेको छ,’ शिव थप्छन्, ‘कलाकारिता भन्ने गहन अर्थ बोकेको विधालाई सधैँ यो समाजले नाँच्ने गाउने पेसा राम्रो हैन भनेर बुझेको थियो । यो बुझाइलाई यो घटनाले थप पुष्टि गरेको छ ।’

Advertisement

कलाक्षेत्रका स्टार अभिनेता पूर्णविक्रम शाह (पल) र गला क्षेत्रमा स्थापित समीक्षा अधिकारी ‘सम्बन्ध’ का विषयमा चर्चा परिचर्चा छ ।

यस सम्बन्धमा दिनदिनै नयाँ–नयाँ सामग्रीहरू प्रकाशन–प्रसारण भइरहेका छन् ।

स्वयम् पीडित भनिएकी समीक्षाले पललाई अबेहोर भएको आरोप लगाउँदै प्रलोभनमा पारेर पटक–पटक करणी गरेको जाहेरी दिएपछि नयाँ–नयाँ सामग्रीले बजार तताइरहेका छन् ।

१७ वर्षीया समीक्षाले म्युजिक भिडियो छायाङ्कनका क्रममा आफूसँग नजिक भएका शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।

बुधबार आफ्नो परिवारसहित जिल्ला प्रहरी कार्यालय तनहुँमा समीक्षाले दिएको जाहेरीमा पलले उनीमाथि विवाहको प्रलोभन देखाउँदै करणी गरेको आरोप छ ।

त्यसपछि यो विषयमा सामाजिक सञ्जालमा विरोध र समर्थन गर्नेहरूको चाङ छ ।

कोही सहमतिको नाम लिएर समर्थन गरिरहेका छन्, पललाई दशा लाग्यो नि ! भनेर रोइरहेका पनि छन् ।

अनि सँगसँगै पीडक र पीडित भनिएकाहरूले पनि आ–आफ्नै स्पष्टीकरण निकालिरहेका छन् ।

समीक्षाले आफूमाथि पटक–पटक करणी भएको आरोप लगाएर जाहेरी दिएपछि बिहीबार पलले स्पष्टीकरण दिएका थिए ।

त्यसमा उनले आफूमाथि नियोजित र षड्यन्त्र भएको भन्दै आफ्ना म्यानेजर कृष्ण जोशी, गायकद्वय दुर्गेश थापा, सरोज ओली र सम्राट चौलागाईँलाई मुछे पनि ।

साथमा उनले केही अडियो प्रमाणहरू पेस गरेका थिए ।

त्यसमा गायकद्वय दुर्गेश, सरोज ओली, म्यानेजर कृष्णको स्वर स्पष्ट सुन्न सकिन्छ ।

उनीहरूले समीक्षालाई पललाई म्यासेज गर्न सिकाइरहेका थिए, केही रकमको माग गरिरहेका थिए अनि कलाकारिता क्षेत्रबाट अलग्याउने कुरा भनिरहेका थिए ।

ती सामग्रीपछि ती चार जनाको तीव्र आलोचना भइरहेको छ ।

ती सामग्री पलको हातमा कसरी पर्यो ?

यो विषय पनि छानबिन होला ।

किनकि, अहिले यो प्रकरण प्रहरीसमक्ष पुगिसकेको छ ।

तर, यसैबीच पलका म्यानेजर कृष्णको दिएको एक अन्तर्वार्ताले तहल्का मच्चाइरहेको छ ।

जसमा उनी आफैँ पल साहलाई सिध्याउने रणनीतिमा चार जना मिलेर काम गरेको स्पष्ट पारेका छन् ।

ती अडियो सामग्री विगत ६–सात महिना अगाडिको भन्दै उनले आफूहरूले आर्थिक प्रलोभनमा परेर पलमाथि षड्यन्त्र गरेको बताएका छन् ।

ती अडियो सामग्री सबै स्क्रिप्टमै भएको बताउँदै उनले कुनै एउटा रेस्टुरेन्टमा बसेर बनाइएको योजनाअनुसार पललाई फसाउन खोजेको बताएका छन् ।

आफूलाई मापसे गराएर ती कुराहरू बोल्न बाध्य पारिएको भन्दै उनले आर्थिक प्रलोभनमा परेर पनि पललाई डर–त्रास देखाएको र उनीविरुद्ध षड्यन्त्र गरेको उल्लेख गरेका छन् ।

यस्तै, उनले पलसँग सरोज ओलीले रकम माग गरेको अनि दुर्गेसले मार्नेसम्म योजना बनाएको बताए ।

पीडित भनिएकी समीक्षा वास्तविक पीडित हो–होइन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको भएपनि आन्तरिक रिसिबीका कारण नै पललाई धम्क्याएको उनको भनाइ छ ।

पलको केयर गर्ने बानीका कारण समीक्षा आकर्षित भइ प्रेममा परेको उल्लेख गर्दै समीक्षालाई प्रयोग गरेर पललाई धम्की दिएको बताए ।

पलविरुद्ध षड्यन्त्र गरेको विषयमा पश्चाताप भएको बताउँदै उनले कानुनी कारबाही भोग्न आफू तयार रहेको पनि बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह

आईतबार १७ साउन, २०८३
२ महिनाअघि

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
३ महिनाअघि

महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

बुधबार १३ फाल्गुण, २०८२
७ महिनाअघि

अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

बिहिबार १६ माघ, २०८२
८ महिनाअघि

पब्जी ई-स्पोर्ट्सको फिनाले सम्पन्न

बुधबार ८ असोज, २०८२
१ वर्षअघि
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०