अभिनेता पल शाहविरुद्ध जाहेरी, पक्राउ गर्न प्रहरीको सर्कुलर

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ११ फाल्गुण, २०७८
५ वर्षअघि
पल शाह

बलात्कारको अभियोगमा अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा बुधबार पीडित परिवारले जाहेरी दिइएको छ ।

विवाहको प्रलोभनमा नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोगमा शाहविरुद्ध तनहुँमा जाहेरी दिइएको प्रहरीले जनाएको छ ।

Advertisement

यसअघि गायिकाको परिवार जाहेरी दिन कास्की पुगेको थियो ।

कास्कीमा उजुरी दर्ता नभएपछि पीडित परिवार जाहेरी लिएर तनहुँ आएको हो ।

शाहले नाबालिक गायिकामाथि अन्तिम पटक यौन शोषण गरेको स्थल तनहुँ जिल्लाको दुलेगौडा भएकाले किशोरीले तनहुँमा पीडित युवतीका बुबाले तनहुँमा किटानी जाहेरी दिएका थिए ।

बुधबार प्रहरी कार्यालयमा पीडित किशोरीका बुबाले दिएको जाहेरीमा छोरीले विगत तीन महिनादेखि काममा मन नलगाएपछि, एकोहोरो बस्‍न थालेपछि कारण खोतल्दै जाँदा अभिनेता पल शाहले देखावटी मायाप्रेम बहाना गर्दै जर्बजस्ती करणी गरेको खुलेको दाबी गरिएको छ ।

पलले ती नाबालिक गायिकासँग विभिन्‍न गीतको सुटिङ गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकिएपछि राति होटलमा बास बस्‍ने क्रममा पटकपटक जबरजस्ती करणी गरेको आरोप पनि जाहेरीमा उल्लेख छ ।

पीडितका बुबाले दिएको जाहेरीमा पलले ०७७ चैत ३१ गते बागलुङको गलकोट महोत्सव जाने आउने क्रममा ती नाबालिगमाथि गाडीमा सँगै बसेर यात्रा गर्ने क्रममा संवेदनशील अङ्गमा चलाउने, जिस्काउने, समात्‍नेजस्ता कार्य गरेको समेत उल्लेख छ ।

जाहेरीमा उल्लेख भएअनुसार त्यतिबेला उक्त यात्रामा पलसँगै कलाकारहरु दुर्गेश थापा, योगेश काजी, सम्राट चौलागाईं, कृष्ण जोशी पनि सवार थिए ।

त्यसपछि गत वैशाख १४ गते पोखराको एक घरमा रहेका बेला पलले मदिराको तालमा ती नाबालिग बसेको कोठामा गएर ललाइफकाई ‘बिहे गर्छु, धोका दिन्‍नँ’ भन्‍ने विश्वास दिलाइ असहमति हुँदाहुँदै जबरजस्ती करणी गरेको आरोप पनि जाहेरीमा उल्लेख छ ।

उजुरी परेपछि अभिनेता पल शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत तनहुँले बुधबार अभिनेता पल शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार पक्राउ पुर्जी जारी गरी काठमाडौं प्रहरीमा परिपत्र भइसकेको छ ।

नायक पलको अभिनय रहेको चलचित्र म यस्तो गीत गाउँछु-२ रिलिज हुनुअघि उनीविरुद्ध जाहेरी परेको हो ।

शुक्रबारबाट देशैभरि उक्त चलचित्र प्रदर्शनमा आउने छ ।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

आईतबार २ कार्तिक, २०८३
१ घण्टाअघि

३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख

आईतबार २ कार्तिक, २०८३
२ घण्टाअघि

जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ

आईतबार २ कार्तिक, २०८३
३ घण्टाअघि

इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा

आईतबार २ कार्तिक, २०८३
४ घण्टाअघि

जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो

आईतबार २ कार्तिक, २०८३
५ घण्टाअघि

जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’

आईतबार २ कार्तिक, २०८३
७ घण्टाअघि
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०