युरोपा लिग : नापोलीमाथि सानदार जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा, डर्टमुन्ड बाहिरियो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १३ फाल्गुण, २०७८
५ वर्षअघि
युरोपा लिग

इटालियन क्लब नापोलीमाथि सानदार जित निकाल्दै स्पेनिस महारथी क्लब बार्सिलोना युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगको खेलमा नापोलीमाथि ४-२ गोलको जित निकाल्दै बार्सिलोना प्रि-क्वार्टफाइनलमा प्रवेश गरेको हो ।

Advertisement

यसअघि बार्सिलोनाको मैदान क्याप नोउमा भएको पहिलो लेगको खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

तर दोस्रो लेगको खेलमा सिरी ए क्लब नापोलीमाथि सानदार जित निकाल्दै समग्रमा ५–३ को जितसहित अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।

गएराति नापोलीको मैदानमा बार्सिलोनालाई जिताउन जोर्डी अल्बा, फ्रेन्की डी जोङ, जेरार्ड पिके र पिएरिक–इम्रिक अबमेयाङले एक–एक गोल गरे ।

नापोलीका लोरेन्जो इसाइने र माटेओ पोलिटानोले एक–एक गोल गरे ।

खेलको सुरुवातमा जोर्डी अल्बा र फ्रेन्की डी जोङको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो ।

लोरेन्जो इन्साइनले पेनाल्टीमा गोल गर्दै नापोलीको आशा बढाएका थिए ।

तर जेरार्ड पिके र पियरिक इम्रिक अबमियाङले गोल गर्दै बार्सिलोनालाई सानदार जिततर्फ अघि बढाए ।

माटेओ पोलिटानोले नापोलीका लागि अन्तिम एक गोल गरे ।

प्राप्त जितसँगै बार्सिलोना युरोपा लिग उपाधिको बलियो दाबेदार देखिएको छ ।

जाभीले रोनाल्ड कोम्यानलाई प्रतिस्थान गरेसँगै बार्सिलोनाको नतिजासमेत राम्रो देखिएको छ ।

बार्सिलोनाले १८ वर्षपछि पहिलो पटक युरोपा लिग खेलिरहेको छ ।

च्याम्पियन्स लिगको समूह चरणबाटै आउट भएको बार्सिलोनाले यस सिजन युरोपा लिग खेलेको हो ।

पछिल्लोपटक बार्सिलोनाले सन् २००३/००४ मा युरोपा लिग खेलेको थियो ।

त्यसयता उसले युरोपकै ठुलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिग खेल्दै आएको थियो ।

तर जारी सिजनको च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएपछि जाभी नेतृत्वको बार्सिलोनाले युरोपा लिग खेलिरहेकाे छ ।

डर्टमुन्ड बाहिरियो :

युरोपा लिगअन्तर्गत गएराति नै भएको अर्को खेलमा बराबरी खेले पनि जर्मन क्लब बोरुसिया डर्टमुन्ड बाहिरिएको छ ।

रेन्जर्ससँग २–२ गोलको बराबरी खेले पनि समग्रमा ६–४ को हारसहित डर्टमुन्ड बाहिरिएको हो ।

पहिलो लेगमा डर्टमुन्ड घरेलु मैदानमा ४–२ गोलले पराजित भएको थियो ।

गएराति रेन्जर्सको मैदानमा बराबरी खेल्दा डर्टमुन्डका लागि जुडे बेलिङ्घम र डोनिएल मलेनले एक–एक गोल गरे ।

रेन्जर्सका जेम्स टेभर्निएरले दुई गोल गरे ।

यससँगै रेन्जर्सले अन्तिम १६ मा स्थान बनायो भने डर्टमुन्ड अन्तिम ३२ बाटै बाहिरियो ।

प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

११ वर्षदेखि अलपत्र बैजनाथपुर क्रिकेट रंगशाला बनाउने जिम्मा कसको? संघ र प्रदेशबीच अन्योल

सोमबार ८ मङ्सिर, २०८३
१ दिनअघि

दशौँ राष्ट्रिय खेलकुद नियमित आयोजना गर्ने सरकारको प्रतिबद्धता, प्रधानमन्त्रीद्वारा शुभकामना

आईतबार ७ मङ्सिर, २०८३
२ दिनअघि

एनपीएल फाइनलको टिकट बिक्रीमै अन्योल, खुल्नुअघि नै देखियो ‘सोल्ड आउट’

शुक्रबार ५ मङ्सिर, २०८३
४ दिनअघि

फिफा र एएफसीका शीर्ष अधिकारीसँग मन्त्री पोखरेलको भेटवार्ता, एन्फाको प्रतिबन्ध फुकुवा हुनेमा सकारात्मक संकेत

शुक्रबार ५ मङ्सिर, २०८३
४ दिनअघि

कर्णालीमा संरचना, खेलकुद प्रतियोगिता लुम्बिनीमा

सोमबार १ मङ्सिर, २०८३
१ हप्ताअघि

अन्तिम बलमा पाकिस्तानलाई स्तब्ध पार्दै भारतले जित्यो यू–१९ एसिया कपको उपाधि

आईतबार ३० कार्तिक, २०८३
१ हप्ताअघि
चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न नयाँ कानुन ल्याइँदै
मङ्गलबार ९ मङ्सिर, २०८३
काठमाडौं उपत्यकामा एकै दिन ७७४ चालक ट्राफिक कारबाहीमा
मङ्गलबार ९ मङ्सिर, २०८३
सुनको मूल्य २ लाख ४७ हजार ९ सय पुग्यो, चाँदी पनि प्रतितोला ३५ रुपैयाँले बढ्यो
मङ्गलबार ९ मङ्सिर, २०८३
कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा धार्मिक मेला, रामघाटमा १० हजारभन्दा बढीले गरे स्नान
मङ्गलबार ९ मङ्सिर, २०८३
मोबाइलमा आपत्कालीन सूचना पठाउने प्रणालीको परीक्षण हुँदै, सन्देश आए नआत्तिन सरकारको आग्रह
सोमबार ८ मङ्सिर, २०८३
नेपाल–भारत हवाई सम्पर्क विस्तारमा सहमति, काठमाडौं–भैरहवा–लखनउ मार्ग दुवैतर्फ सञ्चालन हुने
सोमबार ८ मङ्सिर, २०८३
आईजीपीले म्याद नबुझ्दा दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइ सर्‍यो
सोमबार ८ मङ्सिर, २०८३
११ वर्षदेखि अलपत्र बैजनाथपुर क्रिकेट रंगशाला बनाउने जिम्मा कसको? संघ र प्रदेशबीच अन्योल
सोमबार ८ मङ्सिर, २०८३
सुत्केरी गराउन भर्ना भएकी महिलाको मृत्यु, सर्लाहीको अस्पतालमा तोडफोड र आगजनी
सोमबार ८ मङ्सिर, २०८३
दोधारा चाँदनीको झोलुङ्गे पुल पुनर्निर्माण गर्न कमल थापाको माग
सोमबार ८ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०