च्याम्पियन्स लिग : एथ्लेटिकोको अग्रता उल्टाउँदै म्यानचेस्टर युनाइटेडको बराबरी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १२ फाल्गुण, २०७८
५ वर्षअघि
म्यानचेस्टर युनाइटेड

म्यानचेस्टर युनाइटेडले निर्धारित समय सकिन १० मिनेट बाँकी रहेको अवस्थामा गोल गर्दै युरोपियन च्याम्पियन्स लिगमा इङ्ग्लिस क्लब स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग बराबरी खेलेको छ ।

बुधबार राति भएको च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा म्यानचेस्टर युनाइटेडले एथ्लेटिकोलालाई उसैको घरमा १–१ गोलको बराबरीमा रोकेको हो ।

अब यी दुई टिमको दोस्रो लेगको खेलमा १५ मार्चमा युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुने छ ।

दुवै लेगमा जित निकाल्ने टिम अन्तिम आठमा प्रवेश गर्ने छ ।

गएराति वान्डा मेट्रोपोलिटानोमा एथ्लेटिकोका लागि जाओ फेलिक्सले एक गोल गरे भने युनाइटेडका एन्थोनी इलाङ्गाले गोल फर्काए ।

घरेलु टिम एथ्लेटिकोले खेलको सातौँ मिनेटमा फेलिक्सको गोलमा सुरुआती अग्रता बनाएको थियो ।

खेलको ८०औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका इलाङ्गाले गोल गरेपछि खेल बराबरीमा सकियो ।

यस खेल अवधिभरि मैदानमै रहे पनि पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले गोल गर्न सकेनन् ।

एथ्लेटिकोविरुद्धको उनको तथ्याङ्क उत्कृष्ट छ ।

रोनाल्डोले एथ्लेटिकोविरुद्ध ३६ खेल खेल्दा ३० गोलमा योगदान दिएका छन् ।

उनले एथ्लेटिकोविरुद्ध २५ गोल र पाँच असिस्ट गरेका छन् ।

रोनाल्डो सम्मेलित टोलीले एथ्लेटिकोलाई १६ पटक हराएको छ भने १० पटक बराबरी खेलेको छ ।

यस्तै, नौ खेलमा भने रोनाल्डोको टिमले हार बेहोरेको छ ।

अनि रोनाल्डो रियल मड्रिडले सन् २०१४ र २०१६ गरी दुई पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेर एथ्लेटिकोलाई हराउँदै उपाधि जितेको छ ।

सन् २०१० मा ला लिगाअन्तर्गत रियल मड्रिडले एथ्लेटिकोलाई २–० गोलले हराउँदा रोनाल्डोले पहिलो पटक एथ्लेटिकोविरुद्ध खेलेका थिए ।

त्यसयता उनले एथ्लेटिकोको पोस्टमा चार पटक ह्याट्रिक गोल गरिसकेका छन् ।

च्याम्पियन्स लिगअन्तर्गत गएराति नै भएको अर्को खेलमा डच क्लब आयाक्सले पोर्चुगलको बेन्फिकासँग २-२ गोलको बराबरी खेल्यो ।

आयाक्सका लागि डुसान टेडिक र सेबास्टिएन हलरले एक-एक गोल गरे भने बेन्फिकाका रोमन यारेन्चुकले एक गोल गरे ।

बेन्फिकाले एउटा आत्मघाती गोल भने उपहारमा पाएको थियो ।

गोलकर्ता हलरले नै आत्मघाती गोल गरेका थिए ।

अब, आयाक्स र बेन्फिकाबीचको दोस्रो लेगको खेल १५ मार्चमा हुने छ ।

दुवै खेलमा जित निकाल्ने टोलीले अन्तिम आठमा स्थान पक्का गर्ने छ ।

यो पनि :

च्याम्पियन्स लिग : चेल्सीको सहज जित, बराबरीमा रोकियो युभेन्टस

प्रकाशित समय: बिहिबार १२ फाल्गुण, २०७८, ०७:२४:५६
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०