ब्याटिङ नचलेपछि विश्वकपमा छनोट हुन असफल नेपाल (फोटो फिचर)

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० फाल्गुण, २०७८
४ वर्षअघि
असफल नेपाल

युनाइटेड अरब इमिरेट्स (युएई)सगँ पराजित भएसँगै नेपाल आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोट हुन असफल भएको छ ।

मङ्गलबार विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना अधुरो भएको हो ।

अल अमेरत क्रिकेट रङ्गशालमा भएको नेपाल र युएईबीचको खेलमा नेपालले टस हार्दै पहिले फिल्डिङको लागि निम्तो पाएको थियो ।

एक सय ७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निकै खराब सुरुवात गरेको थियो । नेपालले पहिलो ओभरमा नै दुई खेलाडीलाई शून्य रनमा गुमाएको थियो ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । शेखलाई गुमाएको दोस्रो बलमा नै नेपालले अर्का आक्रमक ब्याटर लोकेश बमलाई शून्य रनमा पेभिलियनमा पाएको थियो ।

युएईका लागि दुवै सफलता जुनैद सिद्दिकीले दिलाएका थिए ।

पहिलो ओभरमा तीन रन बनाउँदा दुई विकेट गुमाएको नेपालले तीनै रन अतिरिक्त रनमार्पmत पाएको थियो ।

नेपालले एक लेग बाई र दुई वाइडमार्फत पहिलो ओभरमा तीन रन बनाएको थियो ।

युएईका लागि तेस्रो सफलता पनि जुनैद सिद्दिकीले नै दिलाए ।

उनले ओपनर कुशल भुर्तेललाई विकेटपिकर अरविन्दमार्फत क्याच आउट गराए ।

खेलमा आठ बलको सामना गरेका भुर्तेलले एक चौकाको मद्दतमा नेपाली टोलीलाई सात रनको योगदान दिएका थिए ।

ढलमलिएको नेपालको इनिङलाई दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले सम्हालेका थिए ।

तर आठौँ ओभरको पहिलो बलमा नै रोहन मुस्ताफाले आरिफ शेखलाई क्रिज छाड्न बाध्य बनाए ।

मुस्ताफाले शेखलाई आफ्ना विकेटकिपर अरविन्दमार्फत क्याच आउट गराए ।

१२ बलको सामना गरेका शेखले एक चौकाको मद्दतमा ११ रन बनाएका थिए ।

आठौँ ओभरमा चौथो विकेट गुमाएको नेपालले पाँचौँ विकेटका रुपमा ज्ञानेन्द्र मल्लाई गुमाएको थियो ।

नेपालको इनिङमा पहिलो छक्का प्रहार गरेका मल्ललाई अहमेद राजाले पेभिलियन फर्काए ।

मैदान बाहिरिनुअघि मल्ले १६ बलको सामना गर्दै २० रन बनाएका थिए ।

उनले एक चौका र एक छक्का हिर्काएका थिए ।

मल्ललाई मैदानबाहिर पठाएको अर्काे बलमा नै युएईले दिपेन्द्रसिंह ऐरीलाई एलबीडब्ल्यू धरापमा पारेको थियो ।

आउट हुनुअघि ऐरीले ३८ बलमा ३८ रन बनाएका थिए ।

उनले आफ्नो पारीमा तीन चौका प्रहार गरेका थिए ।

खेलको १६औं ओभरमा अहमेद राजाले युएईलाई सातौँ सफलता दिलाए ।

१६औं ओभरको तेस्रो बलमा उनले नेपाली कप्तान सन्दिप लामिछानेलाई आउट गराए ।

पाँच बलमा चार रन बनाएर लामिछाने पेभिलियन फर्किए ।

सोही ओभरको अन्तिम बलमा नेपालले विवेक यादवलाई आठ रनमा गुमाएपछि नेपालको इनिङ धराशायी बनेको थियो ।

उनलाई राजाले आठ रनमा जाहुर खानमार्फत क्याच गराए ।

नेपालको नवौं विकेटको रुपमा कमलसिंह ऐरी पेभिलियन फर्किए । उनलाई पनि राजाले नै जवार फरिदमार्फत क्याच गराए ।

अन्तिम विकेटका रुपमा नेपालले जितेन्द्र मुखियालाई गुमायो । मुखियालाई जाहुर खानले बोल्ड आउट गराए ।

पहिले ब्याटिङ गरेको युएईले एक सय ७६ रन जोड्दै उत्कृष्ट सुरुवात गरेको थियो ।

युएईका लागि सर्वाधिक रन मोहम्मद वशिमले ७० र वृत्य अरिवन्दले ४६ रनको योगदान दिए ।

युएईलाई मध्य स्कारेमा रोक्न नेपालका लागि अविना बोहराले र जितेन्द्र मुखियाले समान तीन–तीन र कप्तान सन्दिप लामिछानेले एक विकेट लिए ।

नेपाललाई खेलको दोस्रो ओभरमा पहिलो सफलता मिलेको थियो ।

जितेन्द्र मुखियाले चिराग सुरीलाई बोल्ड आउट गर्दै पेभिलियन फर्काएका थिए ।

सुरीले पाँच बलको सामना गर्दै चार रन मात्रै जोड्न सफल भए ।

तर सुरी आउट भएसँगै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका वृत्य अरिवन्दले भने नेपाली बलरलाई दबाबमा राख्दै उत्कृष्ट पारी खेलेका थिए ।

पाँच चौका र तीन छक्कासहित २३ बलमा ४६ रनको उत्कृष्ट पारी खेलेका उनलाई नेपालका कप्तान सन्दिप लामिछानेले आफ्नो गुग्लीको धरापमा पार्दै क्लिन बोल्ड गर्दै क्रिज छाड्न बाध्य बनाए ।

लामिछानेले खेलको आठौँ ओभरको तेस्रो ओभरमा अरिवन्दले पेभिलियन पठाउँदै युएईलाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए ।

तर त्यसपछि विकेटविहीन बनेको नेपाललाई युएईका मोहम्मद वशीमको आक्रमक पारीले दुःख दिएको थियो ।

कमलसिंह ऐरीको १३औं ओभरमा वशीमले अफ्नो अर्धशतक पूरा गरेका थिए ।

नेपालले तेस्रो सफलता १७औं ओभरमा पाएको थियो ।

अविनाश बोहराले मोहम्मद उसमानलाई ज्ञानेन्द्र मल्लमार्फत क्याच गराएका थिए । पेभिलियन फर्कनुअघि उसमानले २४ बलमा १७ रनको योगदान दिएका थिए ।

सोही ओभरमा बोहराले व्यक्तिगत दोस्रो विकेट लिँदै मोहम्मद वशीमलाई पेभिलियन फर्काए ।

४८ बलमा ७० रन बनाएका वशीमलाई बोहराले १७औं बलको पाँचौँ बलमा आरिफ शेखमार्फत क्याच गराए ।

जितेन्द्र मुखियाले खेलको १८औं ओभरको नेपाललाई पाँचौँ सफलता दिलाए ।

१८औं ओभरको पहिलो बलमा मुखियाले वशिल हमिदलाई विवेक यादवमार्फत क्याच गराएर नेपाललाई खेलमा फर्काउने प्रयास गराए ।

१८औं ओभरको अन्तिम बलमा मुखियाले नेपाललाई छैटौँ सफलता दिलाए ।

मुखियाले जवार फरिदलाई ज्ञानेन्द्र मल्लमार्फत उत्कृष्ट क्याच गराए ।

१९औं ओभरको पाँचौँ बलमा काशिफ दाउदलाई क्रिज छाड्न बाध्य बनाउँदै नेपालले सातौँ सफलता हात पार्‍यो ।

बोहराले दाउदलाई कप्तान लामिछानेमार्फत क्याच गराए । पेभिलियन फर्कनुअघि दाउदले चार बलमा चार रन बनाएका थिए ।

जारी क्वालिफायरमा कुनै पनि राष्ट्रिय टोलीले नेपालविरुद्ध बनाएको हालसम्मकै यो उच्च रन हो ।

क्वालिफायरको समूह चरणको पहिलो खेलमा नेपालले ओमानविरुद्ध खेलेको थियो । पहिलो खेलमा ओमानलाई ७८ रनमै समेटेर ३९ रनको जित निकाल्दै विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनको विशाल अन्तरले हराएको थियो ।

फिलिपिन्सलाई ८२ रनमै समेटेको नेपाल समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

समूहको शीर्ष स्थानमा रहँदै समूह चरणका खेल सकेको नेपालले अन्तिम खेलमा क्यानडालाई ८० रनमै समेटेको थियो ।

आजको खेलमा विजयी भएसँगै अस्ट्रेलियामा यहीँ वर्ष आयोजना हुने टी२० विश्वकपमा युएईले आफ्नो स्थान पक्का गरेको छ ।

आजै सम्पन्न अर्काै खेलमा ओमानलाई ५६ रनले पन्छ्याउँदै आयरल्यान्डले युएईसँगको फाइनलमा भेट पक्का गरेको छ ।

जारी क्वालिफायरको फाइनल खेल फेब्रुअरी २४ मा अल अमेरत क्रिकेट रङ्गशालामा हुनेछ ।

आजको खेलमा पराजित भएसँगै दोस्रो पटक टी२० विश्वकपमा छनोट हुने नेपालको सपना अधुरै भएको छ ।

नेपालले पछिल्लो पटक २०१४मा बङ्गलादेशमा सम्पन्न टी२० विश्वकपमा सहभागीता जनाएको थियो ।

त्यसता नेपालले विश्वकपमा स्थान बनाउन सकेको छैन ।

 

प्रकाशित समय: मङ्गलबार १० फाल्गुण, २०७८, १९:४२:११
नीति संवादमा व्यवसायीहरूको जोड : कृषिलाई प्राथमिकतामा राखेर नीति-निर्माण गर्नुपर्छ
मङ्गलबार १ पुस, २०८२
अभिषेक गिरीको अगुवाइमा विराटनगरका १५० युवा कांग्रेसमा प्रवेश
शनिवार २८ मङ्सिर, २०८२
शिक्षादीपमा नवप्रवर्तन प्रदर्शनी : रोबोट, एआई भ्वाइस असिस्टेन्टदेखि ‘एग्रो कनेक्ट’ एपसम्म प्रदर्शन
शनिवार २८ मङ्सिर, २०८२
कांग्रेस महाधिवेशन : विराटनगर महानगर सभापतिमा युवा नेता गिरीको चर्चा
शुक्रबार २७ मङ्सिर, २०८२
मोरङ-४ को युवा प्रतिनिधि पदमा बुढाथोकी र गिरीको उम्मेदवारी
मङ्गलबार १० मङ्सिर, २०८२
टी–२० विश्वकपको तालिका : नेपाल ‘ग्रुप अफ डेथ’ मा !
आईतबार ८ मङ्सिर, २०८२
एमबिबिएस र इन्जिनियरिङमा सफल विद्यार्थीलाई अरनीको कलेजले गर्‍यो सम्मान
आईतबार ८ मङ्सिर, २०८२
विराटनगरको सृष्टि सहकारीले बाँड्यो आफ्ना शेयर सदस्यहरूलाई पौने १३ प्रतिशत लाभांश
शनिवार ७ मङ्सिर, २०८२
क्यान महासंघ मोरङको वार्षिक साधारणसभा सम्पन्न
शुक्रबार ६ मङ्सिर, २०८२
एमबिबिएस प्रवेश परीक्षामा नाम निकाल्ने कान्तिपुरका राजनारायण एक लाख नगदसहित सम्मानित
शुक्रबार ६ मङ्सिर, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०