टी२० विश्वकपमा सहभागी हुने नेपालकाे सपना अधुरै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० फाल्गुण, २०७८
४ वर्षअघि
टी२०

आइसिसी टी२० विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपाललाई ६८ रनले पराजित गरेको छ ।

अल अमेरत क्रिकेट रङ्गशालमा भएको नेपाल र युएईबीचको खेलमा नेपालले टस हार्दै पहिले फिल्डिङको लागि निम्तो पाएको थियो ।

Advertisement

एक सय ७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निकै खराब सुरुवात गरेको थियो । नेपालले पहिलो ओभरमा नै दुई खेलाडीलाई शून्य रनमा गुमाएको थियो ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । शेखलाई गुमाएको दोस्रो बलमा नै नेपालले अर्का आक्रमक ब्याटर लोकेश बमलाई शून्य रनमा पेभिलियनमा पाएको थियो ।

युएईका लागि दुवै सफलता जुनैद सिद्दिकीले दिलाएका थिए ।

पहिलो ओभरमा तीन रन बनाउँदा दुई विकेट गुमाएको नेपालले तीनै रन अतिरिक्त रनमार्पmत पाएको थियो ।

नेपालले एक लेग बाई र दुई वाइडमार्फत पहिलो ओभरमा तीन रन बनाएको थियो ।

युएईका लागि तेस्रो सफलता पनि जुनैद सिद्दिकीले नै दिलाए ।

उनले ओपनर कुशल भुर्तेललाई विकेटपिकर अरविन्दमार्फत क्याच आउट गराए ।

खेलमा आठ बलको सामना गरेका भुर्तेलले एक चौकाको मद्दतमा नेपाली टोलीलाई सात रनको योगदान दिएका थिए ।

ढलमलिएको नेपालको इनिङलाई दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले सम्हालेका थिए ।

तर आठौँ ओभरको पहिलो बलमा नै रोहन मुस्ताफाले आरिफ शेखलाई क्रिज छाड्न बाध्य बनाए ।

मुस्ताफाले शेखलाई आफ्ना विकेटकिपर अरविन्दमार्फत क्याच आउट गराए ।

१२ बलको सामना गरेका शेखले एक चौकाको मद्दतमा ११ रन बनाएका थिए ।

आठौँ ओभरमा चौथो विकेट गुमाएको नेपालले पाँचौँ विकेटका रुपमा ज्ञानेन्द्र मल्लाई गुमाएको थियो ।

नेपालको इनिङमा पहिलो छक्का प्रहार गरेका मल्ललाई अहमेद राजाले पेभिलियन फर्काए ।

मैदान बाहिरिनुअघि मल्ले १६ बलको सामना गर्दै २० रन बनाएका थिए । उनले एक चौका र एक छक्का हिर्काएका थिए ।

मल्ललाई मैदानबाहिर पठाएको अर्काे बलमा नै युएईले दिपेन्द्रसिंह ऐरीलाई एलबीडब्ल्यू धरापमा पारेको थियो ।

आउट हुनुअघि ऐरीले ३८ बलमा ३८ रन बनाएका थिए । उनले आफ्नो पारीमा तीन चौका प्रहार गरेका थिए ।

खेलको १६औं ओभरमा अहमेद राजाले युएईलाई सातौँ सफलता दिलाए । १६औं ओभरको तेस्रो बलमा उनले नेपाली कप्तान सन्दिप लामिछानेलाई आउट गराए । पाँच बलमा चार रन बनाएर लामिछाने पेभिलियन फर्किए ।

सोही ओभरको अन्तिम बलमा नेपालले विवेक यादवलाई आठ रनमा गुमाएपछि नेपालको इनिङ धराशायी बनेको थियो ।

उनलाई राजाले आठ रनमा जाहुर खानमार्फत क्याच गराए ।

नेपालको नवौं विकेटको रुपमा कमलसिंह ऐरी पेभिलियन फर्किए । उनलाई पनि राजाले नै जवार फरिदमार्फत क्याच गराए ।

अन्तिम विकेटका रुपमा नेपालले जितेन्द्र मुखियालाई गुमायो । मुखियालाई जाहुर खानले बोल्ड आउट गराए ।

पहिले ब्याटिङ गरेको युएईले एक सय ७६ रन जोड्दै उत्कृष्ट सुरुवात गरेको थियो ।

युएईका लागि सर्वाधिक रन मोहम्मद वशिमले ७० र वृत्य अरिवन्दले ४६ रनको योगदान दिए ।

युएईलाई मध्य स्कारेमा रोक्न नेपालका लागि अविना बोहराले र जितेन्द्र मुखियाले समान तीन–तीन र कप्तान सन्दिप लामिछानेले एक विकेट लिए ।

नेपाललाई खेलको दोस्रो ओभरमा पहिलो सफलता मिलेको थियो ।

जितेन्द्र मुखियाले चिराग सुरीलाई बोल्ड आउट गर्दै पेभिलियन फर्काएका थिए ।

सुरीले पाँच बलको सामना गर्दै चार रन मात्रै जोड्न सफल भए ।

तर सुरी आउट भएसँगै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका वृत्य अरिवन्दले भने नेपाली बलरलाई दबाबमा राख्दै उत्कृष्ट पारी खेलेका थिए ।

पाँच चौका र तीन छक्कासहित २३ बलमा ४६ रनको उत्कृष्ट पारी खेलेका उनलाई नेपालका कप्तान सन्दिप लामिछानेले आफ्नो गुग्लीको धरापमा पार्दै क्लिन बोल्ड गर्दै क्रिज छाड्न बाध्य बनाए ।

लामिछानेले खेलको आठौँ ओभरको तेस्रो ओभरमा अरिवन्दले पेभिलियन पठाउँदै युएईलाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए ।

तर त्यसपछि विकेटविहीन बनेको नेपाललाई युएईका मोहम्मद वशीमको आक्रमक पारीले दुःख दिएको थियो ।

कमलसिंह ऐरीको १३औं ओभरमा वशीमले अफ्नो अर्धशतक पूरा गरेका थिए ।

नेपालले तेस्रो सफलता १७औं ओभरमा पाएको थियो ।

अविनाश बोहराले मोहम्मद उसमानलाई ज्ञानेन्द्र मल्लमार्फत क्याच गराएका थिए । पेभिलियन फर्कनुअघि उसमानले २४ बलमा १७ रनको योगदान दिएका थिए ।

सोही ओभरमा बोहराले व्यक्तिगत दोस्रो विकेट लिँदै मोहम्मद वशीमलाई पेभिलियन फर्काए । ४८ बलमा ७० रन बनाएका वशीमलाई बोहराले १७औं बलको पाँचौँ बलमा आरिफ शेखमार्फत क्याच गराए ।

जितेन्द्र मुखियाले खेलको १८औं ओभरको नेपाललाई पाँचौँ सफलता दिलाए ।

१८औं ओभरको पहिलो बलमा मुखियाले वशिल हमिदलाई विवेक यादवमार्फत क्याच गराएर नेपाललाई खेलमा फर्काउने प्रयास गराए ।

१८औं ओभरको अन्तिम बलमा मुखियाले नेपाललाई छैटौँ सफलता दिलाए । मुखियाले जवार फरिदलाई ज्ञानेन्द्र मल्लमार्फत उत्कृष्ट क्याच गराए ।

१९औं ओभरको पाँचौँ बलमा काशिफ दाउदलाई क्रिज छाड्न बाध्य बनाउँदै नेपालले सातौँ सफलता हात पा¥यो ।

बोहराले दाउदलाई कप्तान लामिछानेमार्फत क्याच गराए । पेभिलियन फर्कनुअघि दाउदले चार बलमा चार रन बनाएका थिए ।

जारी क्वालिफायरमा कुनै पनि राष्ट्रिय टोलीले नेपालविरुद्ध बनाएको हालसम्मकै यो उच्च रन हो ।

क्वालिफायरको समूह चरणको पहिलो खेलमा नेपालले ओमानविरुद्ध खेलेको थियो । पहिलो खेलमा ओमानलाई ७८ रनमै समेटेर ३९ रनको जित निकाल्दै विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनको विशाल अन्तरले हराएको थियो ।

फिलिपिन्सलाई ८२ रनमै समेटेको नेपाल समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

समूहको शीर्ष स्थानमा रहँदै समूह चरणका खेल सकेको नेपालले अन्तिम खेलमा क्यानडालाई ८० रनमै समेटेको थियो ।

आजको खेलमा विजयी भएसँगै अस्ट्रेलियामा यहीँ वर्ष आयोजना हुने टी२० विश्वकपमा युएईले आफ्नो स्थान पक्का गरेको छ ।

आजै सम्पन्न अर्काै खेलमा ओमानलाई ५६ रनले पन्छ्याउँदै आयरल्यान्डले युएईसँगको फाइनलमा भेट पक्का गरेको छ ।

जारी क्वालिफायरको फाइनल खेल फेब्रुअरी २४ मा अल अमेरत क्रिकेट रङ्गशालामा हुनेछ ।

आजको खेलमा पराजित भएसँगै दोस्रो पटक टी२० विश्वकपमा छनोट हुने नेपालको सपना अधुरै भएको छ ।

नेपालले पछिल्लो पटक २०१४मा बङ्गलादेशमा सम्पन्न टी२० विश्वकपमा सहभागीता जनाएको थियो ।

त्यसता नेपालले विश्वकपमा स्थान बनाउन सकेको छैन ।

 

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

आईतबार २१ असार, २०८३
१४ घण्टाअघि

विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन टिमको प्रतिस्पर्धा को सँग ?

शनिवार २० असार, २०८३
२ दिनअघि

रोनाल्डो र रामोसको गोलमा पोर्चुगल अन्तिम १६ मा, अब स्पेनसँग भिड्ने

शुक्रबार १९ असार, २०८३
३ दिनअघि

एम्बाप्पेको कीर्तिमानी दुई गोलमा फ्रान्सको जित, प्रि–क्वार्टरफाइनलमा पाराग्वेसँग भिड्ने

बुधबार १७ असार, २०८३
५ दिनअघि

अन्तिम १६ मा नर्वेको भेट ब्राजिलसँग

बुधबार १७ असार, २०८३
५ दिनअघि

पेनाल्टीमा अभागी बन्यो चार पटकको वर्ल्ड च्याम्पियन जर्मनी, पराग्वे अन्तिम १६ मा

मङ्गलबार १६ असार, २०८३
६ दिनअघि
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
आईतबार २१ असार, २०८३
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
आईतबार २१ असार, २०८३
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
आईतबार २१ असार, २०८३
आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
आईतबार २१ असार, २०८३
‘प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ’
आईतबार २१ असार, २०८३
इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका भ्रमणमा जाने
आईतबार २१ असार, २०८३
चिनियाँ उपमन्त्री यान दोङ नेपाल आउँदै
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०