क्यानडाले दियाे नेपाललाई ८१ रनकाे विजयी लक्ष्य

सस्तैमा समेटियाे क्यानडा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ फाल्गुण, २०७८
२ वर्षअघि
क्यानडाले

आईसिसी टी२० विश्वकप ग्लोबल क्वालिफायरको आफ्नो अन्तिम खेलमा क्यानडाले नेपाललाई ८१ रनकाे झिनाे लक्ष्य दिएकाे छ ।

नेपालका लागि कमलसिंह ऐरी र अविनाश बोहराले समान दुई विकेट लिँदा कुशल मल्लले एक विकेट लिए ।

कप्तान सन्दिप लामिछानेको नाममा सर्वाधिक तीन विकेट रह्यो ।

क्यानडाका लागि सर्वाधिक रन डिलन हेलिगरले बनाए । २२ बलको सामना गर्दै उनले एक चौका र दुई छक्काको मद्दतमा २४ रनको योगदान दिए ।

अल अमरेत क्रिकेट रङ्गशालामा भइरहेको खेलमा नेपालले टस हारेर पहिले फिल्डिङको निम्तो पाएको थियो ।

नेपालले पहिलो सफलता कमलसिंह ऐरीमार्फत पाएको थियो ।

खेलको पहिलो ओभरको पाँचौँ बलमा ऐरीले म्याथ्यु स्पोर्सलाई कुशल भुर्तेलमार्फत क्याच गराएका थिए ।

नेपाललाई दोस्रो सफलता पनि ऐरीले नै दिलाएका थिए ।

खेलको चौथो ओभरको तेस्रो बलमा नवनीत धालीवाललाई १८ रनमा पेभिलियन फर्काएका थिए ।

पाँचौँ ओभरको दोस्रो बलमा नेपालले तेस्रो सफलता पाएको थियो ।

अविनाश बोहराले रायन पठानलाई १४ रनमा क्रिज छाड्न बाध्य बनाएका थिए ।

पठानलाई कमलसिंह ऐरीले रन आउट गरेका थिए ।

सोही ओभरको अन्तिम बलमा रविन्द्रपाल सिंहलाई विकेटकिपर आशिफ शेखमार्फत क्याच आउट गराउँदै बोहराले नै नेपाललाई चौथो सफलता दिलाएका थिए ।

सातौँ ओभरको अन्तिम बलमा नेपालका कप्तान सन्दिप लामिछानेले हाम्जा तारिकलाई एलबीडब्ल्यू धरापमा पारेका थिए ।

पाँच बलको सामना गरेका तारिकले एक रनमात्रै जोड्न सफल भएका थिए ।

नेपाललाई छैटौँ सफलता दिपेनद्रसिंह ऐरीले दिलाए ।

खेलको आठौँ ओभर बलिङ गर्न आएका उनले साद बिन जफरको विकेट लिएका थिए ।

उनलाई कमलसिंह ऐरी र विकेटकिपर आशिफ शेखले मिलेर रन आउट गराएका थिए ।

क्यानडाको सातौँ विकेटका रुपमा कलिम साना आउट भए । उनलाई कप्तान लामिछानेले कुशल मल्लमार्फत क्याच आउट गराए ।

नेपाललाई आठौँ सफलता कुशल मल्लले दिलाए । उनले हर्ष थाकेरलाई एलबीडब्ल्यू धरापमा पारेका थिए ।

आउट हुनुअघि थाकेरले चार बलको सामना गर्दै दुई रन मात्र जोडेका थिए ।

नवौं विकेटका रुपमा जुनैद सिद्धिकीलाई कप्तान लामिछानेले पेभिलियन फर्काए ।

सिद्धिकीलाई विकेट किपर आशिफ शेखले क्याच गर्दै क्रिज छाड्न बाध्य बनाए ।

नेपालविरुद्ध क्यानडाका ७ ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

ओपनर म्याथ्यु म्याथ्यु स्पोर्स शुन्य रनमा आउट हुँदा रविन्द्रपाल सिंह, हाम्जा तारिक र कलिम शाना एक रनमा पेभिलियन फर्किएका थिए ।

साद बिन जार, हार्स थाकेर र जुनैद सिद्धिकीले समान दुई–दुई रन बनाए ।

त्यसबाहेक, रायान पठानले १४ र कप्तान नवनीत धालीवालले १८ रनको योगदान दिएर पेभिलियन फर्किएका थिए ।

दसौँ नम्बरमा ब्याटिङ गर्न आएका डिलन हेलिगर र सलमान नजरले क्यानडाको इनिङ सम्हाल्ने प्रयास गरेका थिए ।

तर अविनाश बोहराले नजरलाई १० रनमा क्याच गराएपछि क्यानडा ८० रनमा अल आउट भएको थियो ।

क्यानडाविरुद्धको खेलमा नेपाल विजयी भए ग्लोबल क्वालिफायरको समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा समूह ‘ए’ को उप–विजेता यूएईसँग खेल्नेछ ।

दुई खेलबाट चार अङ्क बटुलेको नेपाल अपराजित रहँदै तालिकाको शीर्ष स्थानमा छ ।

नेपाललाई पछ्याउँदै समान दुई अङ्क बटुलेका क्यानडा दोस्रो र ओमान तेस्रो स्थानमा छ ।

नेपाल सम्मिलित ग्लोबल क्वालिफायरको समूह ‘ए’ को उपसमूह ‘बी’ को शीर्ष स्थानमा रहँदै आयरल्यान्ड र दोस्रो स्थानमा रहँदै यूएई सेमिफाइनलमा पुगिसकेका छन् ।

 

प्रकाशित समय: सोमबार ९ फाल्गुण, २०७८, १७:००:४९
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८