छनोटको अन्तिम खेलमा क्यानडासँगै खेल्दै नेपाल

हारका बाबजुद पनि नेपाल सेमिफाइनलमा पुग्ने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ फाल्गुण, २०७८
५ वर्षअघि
क्यानडाले

आईसिसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दै छ ।

ओमानस्थित अल अरेत रङ्गशालामा हुने खेलमा दुवै टोली जित निकाल्न चाहन्छ ।

नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुने खेलमा नेपाल क्यानडालाई पाखा लगाउँदै समूह विजेताका रुपमा सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छ ।

यसअघि नेपालले खेलेका दुवै खेलमा नेपालले जित दर्ता गरेको छ ।

ग्लोबल क्वालिफायर अन्तर्गत समूह ‘ए’ को उपसमूह ‘बी’ मा रहेको नेपाल सर्वाधिक चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

फेब्रुअरी १८ मा भएको पहिलो खेलमा नेपालले बलियो राष्ट्र ओमानलाई ३९ रनले पाखा लगाउँदै विजयी सुरुवात गरेको थियो ।

त्यस्तै, फिलिपिन्सविरुद्ध एक सय ३६ रनको जित दर्ता गरेर हौसिएको नेपाल लगातार तेस्रो जित दर्ता गर्न चाहन्छ ।

तर नेपालले क्यानडाविरुद्ध जित निकाल्न त्यति सहज भने हुने छैन ।

आफ्नो पहिलो खेलमा फिलिपिन्सलाई एक सय १८ रनले पराजित गर्दै विश्वकप ग्लोबल क्वालिफायरको सुखद सुरुवात गरेको क्यानडा नेपालको टाउको दुखाइ बन्न सक्छ ।

दोस्रो खेलमा आयोजक ओमानसँग नौ विकेटको भारी अन्तरको हार बेहोरेको क्यानडाले सेमिफाइनलमा स्थान बनाउन नेपाललाई विशाल अन्तरले हराउन आवश्यक छ ।

दुई अङ्कसहित अङ्कतालिकाको दोस्रो स्थानमा रहे पनि समान अङ्कसहित तेस्रो स्थानमा रहेको ओमानको कमजोर मानिएको फिलिपिन्ससँग खेल्न लागेकाले क्यानडा अझ दबाबमा हुनेछ ।

समूहको शीर्ष स्थानमा रहेको नेपाल ४.३७५ नेट रनसहित नेट रन रेटमा पनि निकै अघि छ । त्यसैले आजको खेलमा सामान्य अन्तरले पराजित भएपनि नेपालको सेमिफाइनल यात्रा लगभग निश्चित छ ।

यहीँ वर्ष अस्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुने टी२० विश्वकपमा स्थान बनाउन हाल भइरहेको ग्लोबल क्वालिफायरको नेपाल कम्तिमा फाइनल पुग्नु पर्नेछ ।
आजको खेलसँगै ग्लोबल क्वालिफायरको समूह ‘ए’ को सेमिफाइनल समीकरण पूरा हुँदैछन् ।

सेमिफाइनल पुग्ने चार राष्ट्रमध्ये बाट नेपालले फाइनलमा स्थान बनाउन सके नेपालको टी२० विश्वकप यात्रा पक्का हुनेछ ।

प्रकाशित समय: सोमबार ९ फाल्गुण, २०७८, ०७:५६:४५
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०