नेपालसामु निरीह ओमान, ३९ रनले पराजित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ फाल्गुण, २०७८
५ वर्षअघि
निरीह

नेपालको धारिलो बलिङसामु निरीह बनेको ओमानले टी२० विश्वकप ग्लोबल क्वालिफायरको पहिलो खेलमा नेपालसँग ३९ रनको हार भोगेको छ ।

ओमानस्थित अल अमरेत क्रिकेट रङ्गशलामा भएको खेलमा खराब ब्याटिङ गर्दै नेपालले एक सय १८ रनको सामान्य लक्ष्य दिएको थियो ।

तर सामान्य लक्ष्य पछ्याएको ओमानले नेपाललाई दबाब दिनै सकेन र नमिठो हार भोग्यो ।

ओमानका लागि सर्वाधिक रन नशिम खुशीले बनाए । १८ बलको सामना गरेका उनले दुई छक्का र एक चौकाको मद्दतमा २४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन नै सकेनन् ।

खुशीबाहेक ओमानले सर्वाधिक रन अतिरिक्त पाएको थियो । तीन वाइट, एक नो बल र आठ लेग बाईमार्फत ओमानले १२ अतिरिक्त रन बनाएको थियो ।

ओमानको पारी ध्वस्त पार्न नेपालका पाँचौँ बलरले आ–आफ्नो नाममा विकेट लेखाए ।

नेपालको तर्फबाट सर्वाधिक विकेट कमल सिंह ऐरीले लिए । ऐरीले तीन विकेट लिँदा कप्तान सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीको खातामा दुई–दुई विकेट रह्यो ।

तीव्र गतिका बलरद्वय अविनाश बोहरा र जितेन्द्र मुखियाको नाममा एक–एक विकेट रह्यो ।

खेलको पहिलो ओभरको तेस्रो बलमा कश्यप प्रजापतीलाई शुन्य रनमा गुमाएको ओमानले दोस्रो विकेटका रुपमा आयान खानलाई पेभिलियनमा पाएको थियो ।

दोस्रो ओभरको पाँचौँ बलमा खान क्याच आउट भएका थिए ।

नेपालका लागि पहिलो विकेट कमलसिंह ऐरीले लिए । उनले प्रजापतीलाई दिपेन्द्रसिंहमार्फत क्याच आउट गराएका थिए ।

नेपालले दोस्रो सफलता पनि क्याच आउटकै रुपमा पाएको थियो ।

तीव्र गतिका बलर जितेन्द्र मुखियाले खानलाई आशिफ शेखमार्फत क्याच गराएका थिए ।

ओमानको तेस्रो विकेटका रुपमा आक्रमक ब्याटर जतिन्द्र सिंह पेभिलियन फर्किएका थिए । उनलाई दिपेन्द्रसिंह ऐरीले छैटौँ ओभरमा रन आउट गरेका थिए ।

सिंह १८ बलमा नौ रन बनाएर पेभिलियन फर्किएका थिए ।

११औं ओभरमा नशिम खुशीको विकेट लिनबाट विकेटकिपर आशिफ शेख चुकेका थिए । अविनाश बोहराको बलिङमा ठूलो सट खेल्ने प्रयास गर्दा खुशीको बल हावमा निकै बेर उडेको थियो ।

सोही बलको तल रहे पनि विकेटकिपर शेख क्याच लिन चुकेका थिए ।

जीवनदान पाएपछिको पहिलो बलमा खुशीले चौका प्रहार गर्दै आफ्नो खातामा व्यक्तिगत ६ रन बनाए । त्यसपछि निकै आक्रामक रुपमा प्रस्तुत भएका खुशीलाई कप्तान सन्दिप लामिछानेले पेभिलियनको दिशा दिएका थिए ।

तेह्रौँ ओभरको पाँचौ बलमा बोल्ड आउट हुनुअघि दुई छक्का र एक चौकाको मद्दतमा खुशीले २४ रन बनाए ।

नेपालका लागि आठौँ विकेट दिपेन्द्र सिंह ऐरीले दिलाए । खेलको १४औं ओभरमा उनले अमिर कलिमलाई एलबिडब्ल्यूको धरापमा पारे ।

कमल सिंह ऐरीले खेलको १७औं ओभरमा कल्लिमुल्लाहलाई पाँच रनमा नै क्रिज छाड्न बाध्य बनाएपनि ओमानको पारी लगभग ध्वस्त भएको थियो ।

सोही ओभरको अन्तिम बलमा ऐरीले नै बिलाल खानलाई बोल्ड गरेपछि नेपालको जित सुनिश्चित भएको थियो ।

ब्याटिङमा कमजोर देखिए पनि बलिङ र फिल्डिङमा चुस्त देखिएको नेपालले ओमानविरुद्धको दोस्रो इनिङ पूर्ण आफ्नो नियन्त्रणमा लियो र जित सुनिश्चित गर्याे ।

नेपालका लागि सर्वाधिक रन आरिफ शेखले बनाए । ३७ बलको सामना गरेका उनले दुई चौकाको मद्दतमा ३८ रन बनाएर नेपालको इनिङ सम्हालेका थिए ।

आरिफबाहेक कप्तान सन्दिप लामिछाने र लोकेश बमले समान १६, ज्ञानेन्द्र मल्ले १५ र दिपेन्द्रसिंह ऐरीले ११ रन बनाउनुबाहेक अन्य खेलाडीको प्रदर्शन बिर्सनलायक रह्यो ।

नेपालको इनिङलाई सस्तैमा समेट्न ओमानको तर्फबाट खवार अलिले सर्वाधिक तीन विकेट लिए । त्यसबाहेक बिलाल खानले दुई र फयाज बट र जिसन मक्सुदले एक–एक विकेट आफ्नो नाममा लेखाए ।

अब नेपालले आफ्नो दोस्रो खेल शनिबार फिलिपन्सविरुद्ध खेल्नेछ ।

प्रकाशित समय: शुक्रबार ६ फाल्गुण, २०७८, १४:५२:२२
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०