टस हारेर नेपाल ओमानविरुद्ध ब्याटिङ गर्दै

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ फाल्गुण, २०७८
५ वर्षअघि
T20 World Cup Global Qualifier

आईसीसी पुरुष टी२० विश्वकप ग्लोफल क्वालिफायरको आफ्नो पहिलो खेलमा नेपाल पहिले ब्याटिङ गर्ने भएको छ ।

घरेलु टोली ओमानविरुद्ध खेल्दै आफ्नो क्वालिफायरको यात्रा सुरु गर्न लागेको नेपालले टस हार्दै ब्याटिङको निम्तो पाएको हो ।

Advertisement

अल अमरेत क्रिकेट मैदानमा ११ः४५ बजे सुरु हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

सन्दिप लामिछानेको कप्तानीमा मैदान उत्रन लागेको नेपाली टोलीको ओपनिङ भरपर्दा युवा ब्याटर कुशल भुर्तेल र आसिफ शेखले गर्ने भएका छन् ।

प्रशिक्षक पुबुदु दासानायकेले आजको खेलका लागि शरद भेषवाकर, गुलशन झा र सागर ढकाललाई टोली बाहिर राखेको छन् ।

ओमान पुगेको १७ सदस्यीय टोलीमध्ये बाट नेपाल क्रिकेट सङ्घ (क्यान)ले गलुशन झालाई समेट्दै अन्तिम १४ खेलाडीको नाम सार्वजनिक गरेको थियो ।

नेपाल र ओमानले पछिल्लो पटक ओमानमा नै भएको चारदेशीय टी२० सिरिज खेलेका थिए । जुन खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

ओमान आज सोही खेलको पराजयको बदला लिँदै क्वालिफायरमा सानदार सुरुवात गर्न चाहन्छ ।

यही वर्ष अस्ट्रेलियामा आयोजना हुने विश्वकप छनोटका लागि नेपाल समूह ‘ए’ मा परेको छ ।

समूहमा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र यूएई गरेर आठ टोली छन् ।

आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।

नेपालको समूहमा क्यानडा, ओमान र फिलिपिन्स छन् ।

अर्को समूहमा आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी छन् ।

नेपालले शुक्रबार ओमान, शनिबार फिलिपिन्स र सोमबार क्यानडासँग खेल्नेछ । शीर्ष दुईमा रहनसके नेपालले मंगलबार सेमिफाइनल खेल्नेछ ।

फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी
सोमबार २६ असोज, २०८३
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध
सोमबार २६ असोज, २०८३
पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ
सोमबार २६ असोज, २०८३
सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो
सोमबार २६ असोज, २०८३
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी
सोमबार २६ असोज, २०८३
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
सोमबार २६ असोज, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०