टस हारेर नेपाल ओमानविरुद्ध ब्याटिङ गर्दै

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ फाल्गुण, २०७८
५ वर्षअघि
T20 World Cup Global Qualifier

आईसीसी पुरुष टी२० विश्वकप ग्लोफल क्वालिफायरको आफ्नो पहिलो खेलमा नेपाल पहिले ब्याटिङ गर्ने भएको छ ।

घरेलु टोली ओमानविरुद्ध खेल्दै आफ्नो क्वालिफायरको यात्रा सुरु गर्न लागेको नेपालले टस हार्दै ब्याटिङको निम्तो पाएको हो ।

अल अमरेत क्रिकेट मैदानमा ११ः४५ बजे सुरु हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

सन्दिप लामिछानेको कप्तानीमा मैदान उत्रन लागेको नेपाली टोलीको ओपनिङ भरपर्दा युवा ब्याटर कुशल भुर्तेल र आसिफ शेखले गर्ने भएका छन् ।

प्रशिक्षक पुबुदु दासानायकेले आजको खेलका लागि शरद भेषवाकर, गुलशन झा र सागर ढकाललाई टोली बाहिर राखेको छन् ।

ओमान पुगेको १७ सदस्यीय टोलीमध्ये बाट नेपाल क्रिकेट सङ्घ (क्यान)ले गलुशन झालाई समेट्दै अन्तिम १४ खेलाडीको नाम सार्वजनिक गरेको थियो ।

नेपाल र ओमानले पछिल्लो पटक ओमानमा नै भएको चारदेशीय टी२० सिरिज खेलेका थिए । जुन खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

ओमान आज सोही खेलको पराजयको बदला लिँदै क्वालिफायरमा सानदार सुरुवात गर्न चाहन्छ ।

यही वर्ष अस्ट्रेलियामा आयोजना हुने विश्वकप छनोटका लागि नेपाल समूह ‘ए’ मा परेको छ ।

समूहमा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र यूएई गरेर आठ टोली छन् ।

आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।

नेपालको समूहमा क्यानडा, ओमान र फिलिपिन्स छन् ।

अर्को समूहमा आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी छन् ।

नेपालले शुक्रबार ओमान, शनिबार फिलिपिन्स र सोमबार क्यानडासँग खेल्नेछ । शीर्ष दुईमा रहनसके नेपालले मंगलबार सेमिफाइनल खेल्नेछ ।

फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

प्रकाशित समय: शुक्रबार ६ फाल्गुण, २०७८, ११:२३:५४
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०