करणले बोके एब्डोमिनल मांसपेशीको चोट

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ फाल्गुण, २०७८
२ वर्षअघि

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले आइसिसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर गुमाउने भएका छन् ।

छनोटका लागि ओमान पुगेको १७ सदस्यीय नेपाली टोलीका साथमा प्रतियोगिता स्थल पुगे पनि चोटग्रस्त रहेका केसीले खेल गुमाउने भएका हुन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले चोटको कारण अलराउण्डर करणले विश्वकप छनोट गुमाउने जनाएको छ ।

छनोटका लागि खेल्ने टोलीमा उनी अटाएका छैनन् ।

उनको स्थानमा फास्ट बलर गुलशन झा ओमान जाने छन् ।

ढाडमा समस्या देखिएका कारण अनफिट रहेका उनले ओमानमा चार राष्ट्र सम्मिलित टी२० सिरिजका नेपालले खेलेका तीनै खेल खेलेनन् ।

फेब्रुअरी १८ देखि ओमानमा आईसिसी टी२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ का खेल सुरु हुँदैछन् ।

करणले बोकेको चोटबारे क्यानले बुधबार जानकारी गराएको छ ।

नेपाली टोलीको फिजियो विक्रम न्यौपानेका अनुसार करणले एब्डोमिनल (करङ) मांसपेशीको चोट बोकेका छन् ।

तर उनको बलिङ गर्ने तर्फको मांसपेशीको चोट नरहेको न्यौपानेले जनाएका छन् ।

करणको चोटबारे दुई हप्तासम्म अनुगमन गरिने छ । त्यसपछि रिहाबको लागि प्रक्रिया अघि बढाइने छ ।

टोलीमा भरपर्दा अर्का तीव्र गतिका बलर सोमपाल कामी समेत नहुँदा नेपाललाई बलिङमा समस्या देखिने भएको छ ।

चोटका कारण कामी र केसी टिमबाट आउट भएपछि नेपाली टोलीमा अब जितेन्द्र मुखिया, अविनाश बोहरा र कमलसिंह ऐरीमा गरी तीन तीव्र गतिका बलर मात्र रहेका छन् ।

नेदरल्यान्ड्सविरुद्ध खेल्दै सन् २०१५ मा नेपाली टोलीबाट टी२० मा डेब्यू गरेका ३० वर्षीय केसी ‘हार्ड हिटर’का रुपमा परिचित छन् ।

टी-२० आईका ३३ खेलमा ४४ विकेट लिएका केसीले नेपालका लागि दुई सय २८ रन बनाएका छन् ।

लोअर अर्डरमा आएर खेल जिताउन सक्ने क्षमता राख्ने केसी टोलीमा नहुँदा नेपाललाई समस्या पर्ने निश्चित छ ।

तर उनको स्थानमा युवा खेलाडी गुल्शन झालाई ओमान पठाउने तयारी नेपाल क्रिकेट सङ्घ (क्यान)ले गरिरहेको छ ।

दायाँ हाते बलर र बाँया हाते ब्याटर झाले भने नेपालका लागि टी२० आईमा डेब्यू गर्न बाँकी छ ।

१५ वर्षीय झाले गत सेप्टेम्बरमा ओमानमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका क्रममा अमेरिकाविरुद्ध डेब्यू गरेका थिए ।

ओमान, क्यानडा र फिलिपिन्ससँगै समूह ‘ए’ मा रहेको नेपालको क्वालिफायर खेल्ने अन्तिम टोलीको घोषणा आज गरिँदैछ ।

प्रकाशित समय: बुधबार ४ फाल्गुण, २०७८, १२:४२:०१
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८