करणले बोके एब्डोमिनल मांसपेशीको चोट

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ फाल्गुण, २०७८
५ वर्षअघि

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले आइसिसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर गुमाउने भएका छन् ।

छनोटका लागि ओमान पुगेको १७ सदस्यीय नेपाली टोलीका साथमा प्रतियोगिता स्थल पुगे पनि चोटग्रस्त रहेका केसीले खेल गुमाउने भएका हुन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले चोटको कारण अलराउण्डर करणले विश्वकप छनोट गुमाउने जनाएको छ ।

छनोटका लागि खेल्ने टोलीमा उनी अटाएका छैनन् ।

उनको स्थानमा फास्ट बलर गुलशन झा ओमान जाने छन् ।

ढाडमा समस्या देखिएका कारण अनफिट रहेका उनले ओमानमा चार राष्ट्र सम्मिलित टी२० सिरिजका नेपालले खेलेका तीनै खेल खेलेनन् ।

फेब्रुअरी १८ देखि ओमानमा आईसिसी टी२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ का खेल सुरु हुँदैछन् ।

करणले बोकेको चोटबारे क्यानले बुधबार जानकारी गराएको छ ।

नेपाली टोलीको फिजियो विक्रम न्यौपानेका अनुसार करणले एब्डोमिनल (करङ) मांसपेशीको चोट बोकेका छन् ।

तर उनको बलिङ गर्ने तर्फको मांसपेशीको चोट नरहेको न्यौपानेले जनाएका छन् ।

करणको चोटबारे दुई हप्तासम्म अनुगमन गरिने छ । त्यसपछि रिहाबको लागि प्रक्रिया अघि बढाइने छ ।

टोलीमा भरपर्दा अर्का तीव्र गतिका बलर सोमपाल कामी समेत नहुँदा नेपाललाई बलिङमा समस्या देखिने भएको छ ।

चोटका कारण कामी र केसी टिमबाट आउट भएपछि नेपाली टोलीमा अब जितेन्द्र मुखिया, अविनाश बोहरा र कमलसिंह ऐरीमा गरी तीन तीव्र गतिका बलर मात्र रहेका छन् ।

नेदरल्यान्ड्सविरुद्ध खेल्दै सन् २०१५ मा नेपाली टोलीबाट टी२० मा डेब्यू गरेका ३० वर्षीय केसी ‘हार्ड हिटर’का रुपमा परिचित छन् ।

टी-२० आईका ३३ खेलमा ४४ विकेट लिएका केसीले नेपालका लागि दुई सय २८ रन बनाएका छन् ।

लोअर अर्डरमा आएर खेल जिताउन सक्ने क्षमता राख्ने केसी टोलीमा नहुँदा नेपाललाई समस्या पर्ने निश्चित छ ।

तर उनको स्थानमा युवा खेलाडी गुल्शन झालाई ओमान पठाउने तयारी नेपाल क्रिकेट सङ्घ (क्यान)ले गरिरहेको छ ।

दायाँ हाते बलर र बाँया हाते ब्याटर झाले भने नेपालका लागि टी२० आईमा डेब्यू गर्न बाँकी छ ।

१५ वर्षीय झाले गत सेप्टेम्बरमा ओमानमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका क्रममा अमेरिकाविरुद्ध डेब्यू गरेका थिए ।

ओमान, क्यानडा र फिलिपिन्ससँगै समूह ‘ए’ मा रहेको नेपालको क्वालिफायर खेल्ने अन्तिम टोलीको घोषणा आज गरिँदैछ ।

प्रकाशित समय: बुधबार ४ फाल्गुण, २०७८, १२:४२:०१
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०