एसी मिलान इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति साम्पोडोरियामाथि १–० गोलको जित निकाल्दै मिलान पहिलो नम्बरमा उक्लिएको हो ।
मिलानको जितमा राफेल लियोले निर्णायक गोल गरे । खेलको आठौँ मिनेटमा लियोले गरेको गोल नै मिलानको जितमा निर्णायक बन्यो ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको मिलानले २५ खेलमा ५५ अङ्क जोडेको छ ।
यो पनि: