इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता इन्टर मिलान उपाधितर्फ लम्किएको छ ।
शनिबार राति भएको खेलमा इन्टरले भेनेजियालाई २–१ गोलले हरायो । इन्टरको पुनरागमन जितमा निकोलो बरेल्ला र इडेन जेकोले गोल गरे । भेनेजियाका थोमस हेनरीको गोल सान्त्वना बनेको थियो ।
खेलमा सुरुवाती अग्रता भेनेजियाले लिएको थियो । १९औँ मिनेटमा थोमस हेनरीले इथान एम्पाडुको पासमा गोल गरे ।
त्यसपछि इन्टरले ४०औँ मिनेटमा बराबरी गोल फर्काएको थियो । निकोलो बरेल्लाले बराबरी गोल फर्काए ।
दोस्रो हाफको इन्जुरी समयमा इडेज जेकोले डेन्जेल डमफ्रेजको पासमा गोल गर्दै इन्टरलाई पुरागमन जित दिलाए ।
जितसँगै इन्टरले शीर्ष स्थानमा पाँच अङ्कको अग्रता बनाएको छ । इन्टरले २२ खेलबाट ५३ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको एसी मिलानको ४८ अङ्क छ ।
पराजित भेनेजिया १८ अङ्कसहित १७औँ स्थानमा छ ।