‘नबिर्सेँ तिमीलाई’ को विवादमा किन मुछिइन् रचना रिमाल ?

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २६ माघ, २०७८
५ वर्षअघि

‘नबिर्सेँ तिमीलाई’ बोलको गजलगीत पछिल्लो समय विवादमा आएको छ ।

नवगायिका रचना रिमालले गाएको यो गजल विवादित भएकै कारण झन् बढी चर्चित बनेको छ ।

यसै गीतका लागि थुप्रैले सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।

‘नबिर्सेँ तिमीलाई’ एक दशकअघिको चर्चित गजल हो ।

गायिका अञ्जु पन्तको आवाज रहेको सो गजल २०१२ तिर युट्युबमा राखिएको थियो ।

त्यसभन्दा अगाडि नै क्यासेटहरूमार्फत हिट भइसकेको थियो ।

उक्त गजल पुरुषको स्वरमा भने जगदीश हमालले गाएका थिए ।

दुवै गजल हिट भए पनि अञ्जुको आवाजमा रहेको गजलले श्रोतामा विशेष स्थान बनाएको थियो ।

यसै गजलले नै अञ्जुुलाई साङ्गीतिक करिअरमा अझ धेरै माथि उठायो भन्दा फरक नपार्ला ।

अहिले पनि अञ्जुले गजललाई प्राथमिकतामा राखेकी हुन्छिन् ।

नेपाली साङ्गीतिक इतिहासमा अति नै लोकप्रिय जनजनको मुटुमा बस्न सफल यो गीत पछि पुरुष स्वरमा गायक जगदीश समालले गाएका थिए ।

यो गजल गजलकार विपिन किरणले रचेका हुन् भने महेश खड्काले यस गजलमा सङ्गीत भरेका छन् ।

एक दशकभन्दा अघि पन्तको स्वरमा सार्वजनिक भएको यो गजल त्यसबेला निक्कै चर्चित भएको थियो ।

कसरी बन्यो त नयाँ भर्सन

त्यसबेला साङ्गीतिक क्षेत्रमा तहल्का पिटेका कारण सर्जक विपिन किरण लोभिए ।

ऐतिहासिक गजललाई पुनः श्रोतामाझ ल्याएर पुरानो याद ताजा गर्ने मनसाय बनाएका विपिनले नयाँ भर्सन बनाउने सोच बनाए ।

उक्त गजल पुनः बजारमा ल्याउने भन्दै विपिनले गायिक अञ्जु पन्तसँग सम्पर्क गरे ।

हाल अञ्जु अमेरिकामा छिन् ।

विपिनले उनलाई कभरको रूपमा किड्स भर्सन नयाँ भाइबहिनीलाई गाउन दिन प्रस्ताव राखे ।

नवआगन्तुक कलाकारलाई पनि हौसला प्रदान गर्ने उद्देश्यका सात अञ्जुले सहमति जनाइन् ।

त्यसपछि गीतकार विपिनले रचना रिमालको स्वरमा सो गल रेकर्र्ड गराएर सार्वजनिक गरे ।

तर अञ्जुको स्वर रहेको यो गजललाई नयाँ भर्सनका रूपमा सार्वजनिक गरिए पनि यसमा उनको नाम उल्लेख छैन ।

न त यसलाई कभर गीत नै भनिएको छ ।

यसैले पनि श्रोता तथा सङ्गीतकर्मीहरूले यस गजलबारे आलोचना गरिरहेका छन् ।

यता, अञ्जुले भने नयाँ भर्सनमा अन्याय भएको आरोप लगाएकी छन् ।

नयाँ भर्सनमा ओरिजिनल गायक–गायिकाको नाम उल्लेख नभएको अञ्जुको गुनासो छ ।

‘आजसम्म पनि उत्तिकै सर्वाधिक लोकप्रिय रहेको यो गजललाई नयाँ गायक–गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियो कि थिएन, त्यो विषयमा मेरो केही भन्नु छैन,’ उनले भनेकी छन्, ‘तर उही सङ्गीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजिनल गायक–गायिकाको नामसमेत उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक हुनु भने दुःखद् र अन्यायपूर्ण कुरा हो ।’

यता, केहीले भने पछिल्लो भर्सन अनावश्यक रूपमा विवादित बनाइएको आरोप लगाएका छन् ।

रचना रिमाल गायिका भएका कारण विपिनको प्रस्तावमा उनले गीत गाएर आफ्नो कर्तव्य पूरा गरेको भन्दै एक पक्षले भनिरहेका छन् ।

बेकारमा रचनालाई विवादमा मुछिएको उनीहरूको तर्क छ ।

यस्तै, विपिनले आफ्नै शब्दलाई पुनः दोहोर्‍याउन पाउने केही व्यक्तिहरूको तर्क छ ।

नेपाली साहित्य जगतका लोकप्रिय कवि तथा गीतकार श्रवण मुकारुङ सिर्जनालाई सर्जकको अझ विशेष रचनाकार र लगानीकर्ताको अनुमतिमा जतिवटा प्रस्तुतकर्ताले प्रस्तुत गरेपनि बताउँछन् ।

उनका अनुसार गायकगायिकाले आफ्नो स्वर दिएवापतको रकम लिएपछि त्यो सिर्जनाको हक सकिन्छ ।

गीत हिट भएमा गायक–गायिकालाई मात्र श्रय दिने चलन छ ।

हिट भएपछि देश–विदेशको सयर, स्टेजप्रोग्राम, लाखौँ करोडौँ आम्दानी प्रस्तुतकर्ताले पाएकै हुन्छन् ।

त्यो कमाइको अंश गीतकार, संगीतकार, एरेन्जरले त्यसमा हक त पाउँदैनन् र उनीहरू खोज्दैनन् पनि ।

गायक–गायिकाबिना गीत सुन्दर नबनेपनि रचनाकार, सङ्गीतकारदेखि गाउनेसम्म सबैलाई पारिश्रमिक दिने लगानीकर्ता र रचनाकारले कुनै गीत जसलाई जतिजनालाई गाउन दिएपनि हुन्छ ।

यसको अर्को उदाहरणका रूपमा लिन सकिन्छ ।

‘फूलबुट्टे सारी’ बोलको गीतलाई । यो गीत धेरै जनाले गाएका छन् ।

प्रकाशित समय: बुधबार २६ माघ, २०७८, २२:०५:२७

सम्बन्धित खबर

हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह

आईतबार १७ साउन, २०८३
१ महिनाअघि

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
१ महिनाअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
२ महिनाअघि

महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

बुधबार १३ फाल्गुण, २०८२
६ महिनाअघि

अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

बिहिबार १६ माघ, २०८२
७ महिनाअघि

पब्जी ई-स्पोर्ट्सको फिनाले सम्पन्न

बुधबार ८ असोज, २०८२
१२ महिनाअघि
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०