झन्डै आठ वर्षपछि गुगल क्रोमले आफ्नो लोगो परिवर्तन गर्दै छ ।
इल्भिन हुले आफ्नो ट्विटरमा एउटा थ्रेड प्रस्तुत गर्दै लोगोको रिडिजाइनका केही झलक प्रस्तुत गरेका छन् ।
उनी गुगल क्रोमका डिजाइनर हुन् । हेर्दा उस्तै लागे पनि क्रोमको नयाँ लोगोमा केही परिवर्तन देख्न सकिन्छ ।
पहिलेको लोगोमा भन्दा अहिले डिजाइन भइरहेको लोगोको रङ्ग पहिलेको भन्दा केही गाढा देख्न सकिन्छ ।
हुको ट्विटमा देखिएअनुसार गुगलको लोगोको बीचमा भएको निलो रङ्गको गोलो पहिलेको भन्दा थोरै ठुलो छ ।
नयाँ आउन लागेको लोगोमा थप काम भइरहेको हुले बताएका छन् ।
अन्तिम पटक यसको लोगो सन् २०१४ मा परिवर्तन भएको थियो ।