उत्कृष्ट ठहरिँदै नेयमारले जिते साम्बा डी‘ओर अवार्ड

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २० माघ, २०७८
५ वर्षअघि

युरोपमा ब्राजिलबाट खेल्ने सर्वाधिक उत्कृष्ट खेलाडी ठहरिँदै स्ट्राइकर नेयमारले साम्बा गोल्ड अवार्ड-२०२१ हात पारेका छन् ।

साम्बा गोल्ड अवार्डलाई साम्बा डी‘ओर अवार्डका रूपमा पनि चिनिन्छ ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का नेयमारले लगातार दोस्रो पटक सो अवार्ड जितेका हुन् ।

समग्रमा भने यो उनको पाँचाैँ  साम्बा गोल्ड अवार्ड हो ।

यसअघि सन् २०१४, २०१५, २०१७ र २०२० को साम्बा गोल्ड अवार्ड जितेका थिए ।

खुट्टाका चोटका कारण गत नोभेम्बरदेखि मैदानबाहिरै रहेका नेयमारले अभ्यासमा फर्किएका छन् ।

दुई महिनायता चोटले थलिएर मैदानबाहिर रहँदै आएका नेयमार अघिल्लो बुधबारबाट प्रशिक्षणमा फर्किएका हुन् ।

गत २८ नोभेम्बरमा इटेन्नीसँगको खेलमा चोट बोकेका नेयमार त्यसयता मैदान फर्किएका छैनन् ।

तथापि, पिएसजीका मुख्य प्रशिक्षक मौरिसियो पोचेटिन्होले स्ट्राइकर नेयमार पूर्ण रूपमा निको भएको जनाएका थिए ।

अब, उनी रियल मड्रिडसँगको खेलबाट मेदान फर्किने सम्भावना छ ।

पिएसजीले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को खेलमा रियलको सामना गर्ने छ ।

रियलसँगको पहिलो लेगको खेलमा उनी मैदान फर्किनेमा पोचेटिन्हो विश्वस्त छन् ।

पिएसजी र रियलको पहिलो लेगको खेल १५ फेब्रुअरीमा फ्रान्समा हुनेछ ।

प्रकाशित समय: बिहिबार २० माघ, २०७८, १२:२७:०८
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०