स्पाइकर सरस्वती कम्तिमा ६ महिना कोर्टबाहिर बस्नुपर्ने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १७ माघ, २०७८
३ वर्षअघि
राष्ट्रिय भलिबल टाेलीका स्पाइकर चाैधरी

राष्ट्रिय महिला भलिबल टोलीमा रोजाईकी स्पाइकर सरस्वती चौधरी कम्तीमा ६ महिना कोर्ट बाहिर रहने भएकी छन् ।

बङ्गलादेशमा हालै सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको फाइनल खेलको क्रममा बायाँ घुँडामा चोट बोकेकी चौधरीको सोमबार घुँडाको शल्यक्रिया गरिएको छ ।

च्याम्पियनसिपमा नेपाल पहिलो भएको थियो । सरस्वतीको सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा शल्यक्रिया गरिएको हो ।

उनी विभागीय टोली सशस्त्रकै खेलाडी हुन् । सरस्वतीको शल्यक्रियामा सामेल सर्जिकल अर्थोपेडिक विभागका डाक्टर शैलेन्द्र श्रेष्ठलगायतको चिकित्सक टोलीले सरस्वतीलाई खेलमा फर्कन ६ महिनाभन्दा बढी समय लाग्ने जानकारी दिए ।

बङ्गलादेशमा चोट बोकेर फर्किएपछि पनि सरस्वतीले पोखरामा पुस २६ देखि माघ १ गतेसम्म सञ्चालित टाइगर कप भलिबल खेलेकी थिइन् ।

एपिएफलाई टाइगर कप उपाधि दिलाउन मुख्य भूमिका निर्वाह गरेकी उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसमेत भएकी थिइन् ।

नेपाली महिला राष्ट्रिय भलिबल टोलीले हात पारेको पछिल्ला ठुला अन्तर्राष्ट्रिय उपलब्धिहरूमा सरस्वतीको महत्त्वपूर्ण योगदान रहेको छ ।

प्रकाशित समय: सोमबार १७ माघ, २०७८, १९:४६:३६
भारतीय नागरिक १० किलो गाँजासहित पक्राउ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस् : कमल थापा
मङ्गलबार ३० ब‌ैशाख, २०८२
नेपालमा सीए शिक्षामा अब नयाँ पाठ्यक्रम
मङ्गलबार ३० ब‌ैशाख, २०८२
कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री
मङ्गलबार ३० ब‌ैशाख, २०८२
विस्थापितलाई पुनर्स्थापना गर्न भूमि ऐन तत्काल चाहियो : एमाले सांसद तामाङ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पनौतीको बाढीमा परेर बेपत्ता महिलाको खोजी जारी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
धुलिखेलको खड्पुमा घरभित्रै छिर्‍यो टिपर
मङ्गलबार ३० ब‌ैशाख, २०८२
रुस–युक्रेन वार्ता : ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पाकिस्तानले आक्रमण गरेको भनिएको पञ्जाबको आदमपुर एयरबेसमा पुगे मोदी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति संसद्‌मा ध्यानाकर्षण
मङ्गलबार ३० ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०