स्पाइकर सरस्वती कम्तिमा ६ महिना कोर्टबाहिर बस्नुपर्ने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १७ माघ, २०७८
५ वर्षअघि
राष्ट्रिय भलिबल टाेलीका स्पाइकर चाैधरी

राष्ट्रिय महिला भलिबल टोलीमा रोजाईकी स्पाइकर सरस्वती चौधरी कम्तीमा ६ महिना कोर्ट बाहिर रहने भएकी छन् ।

बङ्गलादेशमा हालै सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको फाइनल खेलको क्रममा बायाँ घुँडामा चोट बोकेकी चौधरीको सोमबार घुँडाको शल्यक्रिया गरिएको छ ।

च्याम्पियनसिपमा नेपाल पहिलो भएको थियो । सरस्वतीको सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा शल्यक्रिया गरिएको हो ।

उनी विभागीय टोली सशस्त्रकै खेलाडी हुन् । सरस्वतीको शल्यक्रियामा सामेल सर्जिकल अर्थोपेडिक विभागका डाक्टर शैलेन्द्र श्रेष्ठलगायतको चिकित्सक टोलीले सरस्वतीलाई खेलमा फर्कन ६ महिनाभन्दा बढी समय लाग्ने जानकारी दिए ।

बङ्गलादेशमा चोट बोकेर फर्किएपछि पनि सरस्वतीले पोखरामा पुस २६ देखि माघ १ गतेसम्म सञ्चालित टाइगर कप भलिबल खेलेकी थिइन् ।

एपिएफलाई टाइगर कप उपाधि दिलाउन मुख्य भूमिका निर्वाह गरेकी उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसमेत भएकी थिइन् ।

नेपाली महिला राष्ट्रिय भलिबल टोलीले हात पारेको पछिल्ला ठुला अन्तर्राष्ट्रिय उपलब्धिहरूमा सरस्वतीको महत्त्वपूर्ण योगदान रहेको छ ।

प्रकाशित समय: सोमबार १७ माघ, २०७८, १९:४६:३६
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०