विजेतालाई भव्य स्वागत, रित्तो फर्किनेले सान्त्वना समेत पाएनन्

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १५ पुस, २०७८
५ वर्षअघि

 दृश्य १

ट्रफीसहित राष्ट्रिय महिला टोली विमानस्थल परिसरमा । स्वागत गर्नका लागि बहालवाला मन्त्री, पूर्व मन्त्री, सम्बन्धित सङ्घका अध्यक्षसहित पदाधिकारी । खादा, फूलमाला र अबिर । स्वागत गर्न छुट्टै टोली । स्वागतपछि पत्रकार सम्मेलन । उल्लासमय वातावरण ।

Advertisement

दृश्य २

रित्तो हात । निराश आँखा । न खादा, न फूलमाला, न स्वागत टोली । विमानस्थलबाट गुमनाम बिदा ।

माथि उल्लिखित दृश्य १ र २ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज देखिएका दुई दृश्य हुन् । यी दुई दृश्यले नेपाली खेलकुद क्षेत्रमा हुने उपेक्षालाई छताछुल्ल बनाइदिएको छ ।

हालै बङ्गलादेशमा बङ्गबन्धु एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कप र बङ्गमाता एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप प्रतियोगिता सम्पन्न भयो ।

प्रतियोगितामा अपराजित रहँदै नेपाली महिला राष्ट्रिय भलिबल टोली विजेता बन्दा पुरुष टोलीले भने चौथो स्थानमा चित्त बुझाउन पर्याे । प्रतियोगितामा सहभागी भएका दुवै टोली आज सँगै बङ्गलादेश गएका निर्णायक र पदाधिकारीसहित स्वदेश फर्कियो ।

हातमा ट्रफिसहित विमानबाट ओर्लिएको महिला टोलीलाई स्वागत गर्न मन्त्री, पूर्वमन्त्री र नेपाल भलिबल सङ्घको ठुलो दस्ता विमानस्थल परिसरमा देखियो तर पाँच राष्ट्रमध्ये चौथो स्थानमा सीमित पुरुष टोली भने कतिखेर विमानस्थल परिसरबाट बाहिरिए कसैले पत्तै पाएनन् ।

टोली विजयी भएर उपाधिसहित आउँदा हुने स्वागत र जितविहीन बन्दै रित्तो हात आउँदा हुने व्यवहारले खेलाडीको मन त दुखाएको छ नै सरोकारवाला र नेपाली समर्थकको समर्थन गर्ने तरिकासमेत छर्लङ्गै पारेको छ ।

उपाधि रक्षा गर्न सफल महिला टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराज, पूर्वमन्त्री दलजित श्रीपाइली, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरन्जनरमण शर्मालगायतका पदाधिकारी विमानस्थल पुगेका थिए ।

त्यसपछि भएको पत्रकार सम्मेलनमा खेलकुद मन्त्री गहतराज, टोलीका कप्तान अरुणा शाही, नेपाली महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट र सङ्घका अध्यक्ष शर्माले आ–आफ्नो मन्तव्य सुनाए ।

तर सँगै बिदा भएर राष्ट्रको प्रतिनिधित्व गर्दै एकै प्रतियोगितामा भाग लिन गएका दुई टोली फर्कदा देखाइएको शिष्टाचार भने बिर्सनलायक रह्यो ।

स्वागत कार्यक्रममा महिला टोलीको चर्चा भइरहँदा पुरुष टोली भने गुमनामका साथ विमानस्थलबाट बाहिरियो । सम्बन्धित खेलको सङ्घले नै नेपाली पुरुष टोली बाहिरिएको पत्तै पाएन ।

त्यसबाहेक च्याम्पियन महिला टोलीलाई सम्मान गर्न त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भव्य कार्यक्रम आयोजना भयो । विमानस्थलबाट त्यहाँसम्म जान महिला खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्को बसमा व्यवस्थापन गरिएको थियो । तर निराश बनेको पुरुष टिमले त्यहाँ जान ठिक सम्झेन । सम्मान कार्यक्रममा जान सम्झन लायक थिएन समर्थकको व्यवहार ।

पुरुष टोलीका लागि न्यु डायमन्ड एकेडेमीको बस ब्यवस्थापन गरिए पनि पुरुष खेलाडी आफूखुसी ट्याक्सी चढेर विमानस्थलबाट बाहिरिएका हुन् । यी दुई दृश्यले पराजित रहेका खेलाडीमाथि सरकारले गर्ने अनुचित व्यवहारलाई स्पष्टै देखाएको थियो ।

हो, उपाधि ल्याउने टोली स्वागतको हकदार हुन्छ नै तर राष्ट्रको प्रतिनिधित्व गर्दै विदेशी भूमिमा विपक्षीसँग लडेर आएको टोली पराजित नै भएपनि सामान्य खादासहित सत्कारको हकदार भने पक्कै हुन्छ ।

भनिन्छ, ‘सुखमा भन्दा पनि दुःखमा साथ दिनेलाई नै मानिसले सदैव सम्झिन्छ’, अपेक्षित प्रदर्शन गर्न नसकेर कास्य पदक ल्याउनबाट चुकेको नेपाली पुरुष टोलीलाई राज्यले स्वदेश फर्कँदा थोरै भएपनि सहानुभूति देखाउन सकेको भए खेलाडीको मन पक्कै अमिलो हुने थिएन कि !

सीमित स्रोत, साधन र प्रशिक्षणको भरमा आफूभन्दा बलिया टोलीसँग प्रतिस्पर्धामा उत्रने हिम्मत देखाउनु नै सराहनीय हो । यस्तो अवस्थामा अभिभावकको हैसियतमा रहेका सङ्घ र जिम्मेवार पदमा बसेका सरोकारवालाहरूले खेलाडी र टोलीले मनोबल उच्च राख्ने स–साना विषयमा विशेष ध्यान आवश्यक हुन्छ ।

विजेता टोली स्वदेश फर्कँदा भव्य स्वागत गर्नु सामान्य कुरा हो तर पराजित टोली स्वदेश फर्कँदा पनि टोलीका सदस्यको मनको घाउमा मलहम लाग्ने गरी सत्कार गर्न सके त्यसले टोलीमा पक्कै सकारात्मक उर्जा थप्न मद्दत गर्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०