लेवान्डोस्कीले फिफा वर्ष खेलाडीको अवार्ड, रोनाल्डोलाई विशेष अवार्ड

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ माघ, २०७८
५ वर्षअघि

पोल्यान्डका स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले २०२१ को उत्कृष्ट फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

सोमबार विशेष समारोहका बिच विश्व फुटबलको सर्वोच्च निकायले फिफाले जर्मन क्लब बायर्न म्युनिखका स्टार लेवान्डोस्कीलाई  ‘फिफा द बेस्ट’ को अवार्ड प्रदान गरेको हो ।

Advertisement

लेवान्डोस्कीले लगातार दोस्रो पटक फिफा वर्ष खेलाडीको अवार्ड हात पारेका हुन् । यसअघि उनी सन् २०२० मा उत्कृष्ट ठहरिएका थिए ।

सो अवार्ड जित्नेक्रममा लेवान्डोस्कीले पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर लियोनल मेस्सी र लिभरपुलका मोहम्मद सालाहलाई उछिने ।

३३ वर्षीय लेवान्डोस्कीले गत वर्ष ६९ गोल गरेका थिए ।

उनले बुन्डेसलिगाअन्तर्गत एकै सिजनको लिगमा ३४ खेलमा ४३ गोल गरेका थिए ।

यस्तै, म्यान्चेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोलाई विशेष अवार्ड प्रदान गरिएको छ ।

रोनाल्डोलाई पुरुषतर्फ अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको रूपमा सम्मान गरिएको हो ।

सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्दै विश्व कीर्तिमान राखेका कारण फिफाले ३६ वर्षीय रोनाल्डोलाई विशेष अवार्ड प्रदान गरेका हो ।

रोनाल्डोले गत वर्ष इरानी खेलाडी अली दाईको एक सय नौ गोलको कीर्तिमान भङ्ग गरेका थिए ।

रोनाल्डोले हालसम्म एक सय १५ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।

यसैगरी, सेभिल्लाका इरिक लामेलाले फिफा पुस्कास अवार्ड प्राप्त गरे भने चेल्सीका इडोआर्ड मेन्डीले उत्कृष्ट गोलरक्षकको अवार्ड हात पारे ।

डेनमार्डको पुरुष राष्ट्रिय फुटबल टोलीले फिफा फेयर प्ले अवार्ड जित्यो भने महिलातर्फ बार्सिलोनाकी अलेक्सिया पुटेलासले उत्कृष्ट फिफा महिला वर्ष खेलाडीको अवार्ड हात पारिन् ।

प्रशिक्षकमा चेल्सीका कोच थोमस टुचेल उत्कृष्ट बने ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०