इङ्ग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले चेल्सीमाथि जित निकालेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा सिटीले चेल्सीलाई १–० गोलले हराएको हो ।
सिटीको जितमा केभिन डी ब्रुयनले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ७०औँ मिनेटमा डी ब्रुयनले गोल गर्दै सिटीलाई जिताए ।
जितसँगै शीर्ष स्थानको सिटीले २२ खेलमा ५६ अङ्क जोडेको छ । दोस्रो स्थानको सिटीले समान खेलमा ४३ अङ्क जोडेको छ ।