बार्सिलोनालाई हराउँदै रियल फाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ पुस, २०७८
५ वर्षअघि

रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

आजको भएको खेलमा चिरप्रतिद्वन्द्वी बार्सिलोनाविरूद्ध ३–२ गोलान्तरको सङ्घर्षपूर्ण जित निकाल्दै रियलले फाइनलमा स्थान बनाउन सफल भएको हो ।

Advertisement

रियलको जितमा भिनिसियस जुनियर, करिम बेन्जेमा र फेडेरिको भाल्भर्डेले समान एक–एक गोल गरे । दुई पटक लिएको अग्रता जोगाउन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको पहिलो गोल गर्दै भिनिसियसले २५औं मिनेटमा रियललाई सुरुवाती अग्रता दिलाएका थिए । तर ४१औं मिनेटमा लुक डि योङले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए ।
पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका दुवै टीमले दोस्रो हाफको निर्धारित समयमा थप एक–एक गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

रियललाई दोस्रो पटक अग्रता दिलाउन कप्तान बेन्जेमाले गोल गरे । तर बेन्चबाट मैदान प्रवेश गरेको केही मिनेटमा नै बार्सिलोनाका आन्सु फातीले खेलको ८४औं मिनेटमा हेडमार्फत गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउन प्रयास गरे ।

फातीको गोलसँगै अतिरिक्त समयमा लम्बिएको खेलको ९८औं मिनेटमा फेडरिको भाल्भर्डेले गोल गरेसँगै खेल रियलले आफ्नो पक्षमा पार्न सफल भयो ।

आजको जितसँगै रियलले स्पेनिस सुपर कपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । उपाधि भिडन्तका लागि रियलले भोलि हुने एट्लेटिको मड्रिड र एथ्लेटिक क्लबबीचको खेलको विजेतासँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०