बार्सिलोनालाई हराउँदै रियल फाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ पुस, २०७८
४ वर्षअघि

रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

आजको भएको खेलमा चिरप्रतिद्वन्द्वी बार्सिलोनाविरूद्ध ३–२ गोलान्तरको सङ्घर्षपूर्ण जित निकाल्दै रियलले फाइनलमा स्थान बनाउन सफल भएको हो ।

रियलको जितमा भिनिसियस जुनियर, करिम बेन्जेमा र फेडेरिको भाल्भर्डेले समान एक–एक गोल गरे । दुई पटक लिएको अग्रता जोगाउन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको पहिलो गोल गर्दै भिनिसियसले २५औं मिनेटमा रियललाई सुरुवाती अग्रता दिलाएका थिए । तर ४१औं मिनेटमा लुक डि योङले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए ।
पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका दुवै टीमले दोस्रो हाफको निर्धारित समयमा थप एक–एक गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

रियललाई दोस्रो पटक अग्रता दिलाउन कप्तान बेन्जेमाले गोल गरे । तर बेन्चबाट मैदान प्रवेश गरेको केही मिनेटमा नै बार्सिलोनाका आन्सु फातीले खेलको ८४औं मिनेटमा हेडमार्फत गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउन प्रयास गरे ।

फातीको गोलसँगै अतिरिक्त समयमा लम्बिएको खेलको ९८औं मिनेटमा फेडरिको भाल्भर्डेले गोल गरेसँगै खेल रियलले आफ्नो पक्षमा पार्न सफल भयो ।

आजको जितसँगै रियलले स्पेनिस सुपर कपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । उपाधि भिडन्तका लागि रियलले भोलि हुने एट्लेटिको मड्रिड र एथ्लेटिक क्लबबीचको खेलको विजेतासँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।

प्रकाशित समय: बिहिबार २९ पुस, २०७८, ०३:२०:५५

सम्बन्धित खबर

एएफसीले मलेसियालाई कारबाही गर्दा नेपालले हारेको खेलमा पनि अंक पायो

बुधबार ४ चैत, २०८२
२१ घण्टाअघि

नेपाली टिमको प्रशिक्षकमा नियुक्त एरेना को हुन् ?

शनिवार ३० फाल्गुण, २०८२
५ दिनअघि

वर्तमान परिस्थितिमा विश्वकप खेल्न नसकिने: इरानका खेलकुदमन्त्री

बिहिबार २८ फाल्गुण, २०८२
७ दिनअघि

मध्यपूर्वको तनावका कारण नेपाल, युएई र ओमानबीचको लिग-२ को सिरिज स्थगित

बुधबार २० फाल्गुण, २०८२
२ हप्ताअघि

१३ वर्षपछि एट्लेटिको फाइनलमा, जितेर पनि रोकियो बार्सिलोना

बुधबार २० फाल्गुण, २०८२
२ हप्ताअघि

आईसीसी टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड आमनेसामने

बुधबार २० फाल्गुण, २०८२
२ हप्ताअघि
जनमतको सम्मान गर्दै सरकारलाई काम गर्न दिन एमाले नेता बास्कोटाको आग्रह
बुधबार ४ चैत, २०८२
सुनील शर्मा मोरङमा सबैभन्दा बढी चुनावी खर्च गर्ने उम्मेदवार
बुधबार ४ चैत, २०८२
विराटनगरमा ब्राउन सुगरसहित २ जना पक्राउ
बुधबार ४ चैत, २०८२
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार
बुधबार ४ चैत, २०८२
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्षबीच भेटवार्ता
बुधबार ४ चैत, २०८२
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
बुधबार ४ चैत, २०८२
खोटाङमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना, सबै सकुशल
बुधबार ४ चैत, २०८२
निर्वाचन सफल पार्न सहयोग गरेको भन्दै प्रधानमन्त्रीले दिइन् नेकपाका नेतालाई धन्यवाद
बुधबार ४ चैत, २०८२
‘बोल्न आउँदैन भन्छन्, त्यसैले क्लास लिँदैछु’ : आशिका तामाङ 
बुधबार ४ चैत, २०८२
महामारी अन्त्य हुने सङ्केत छैनः डब्लूएचओ
डब्ल्यूएचओबाट औपचारिक रूपमा बाहिरियो अर्जेन्टिना
बुधबार ४ चैत, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०