विराटनगर । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक चैत ६ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
बैठकमा चुनावी समीक्षासहितका एजेण्डामा छलफल हुने बताइएको छ ।