आईसीसी टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड आमनेसामने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २० फाल्गुण, २०८२
७ महिनाअघि

काठमाडौं – आईसीसी मेन्स टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दैछन्। सेमिफाइनलको यो खेल भारतको इडेन गार्डेन मैदानमा हुँदैछ। खेल बुधबार साँझ ७:१५ बजे सुरु हुनेछ।

समूह चरणका चारै खेल जित्दै समूह ‘डी’को विजेता बनेर सुपर–८ मा पुगेको दक्षिण अफ्रिकाले यस विश्वकपमा अहिलेसम्म हार बेहोरेको छैन। सुपर–८ को समूह १ मा दक्षिण अफ्रिकाले पहिलो खेलमा भारतलाई ७६ रनले हरायो भने दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गर्‍यो। अन्तिम खेलमा जिम्बावेलाई ५ विकेटले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो।

Advertisement

यता न्युजिल्यान्ड भने समूह चरणदेखि नै उतारचढाव पार गर्दै सुपर–८ हुँदै सेमिफाइनल पुगेको हो। समूह चरणका चार खेलमध्ये तीन जित र एक हार बेहोरेको न्युजिल्यान्ड सुपर–८ मा अंक बाँडेकै आधारमा अन्तिम चारमा प्रवेश गरेको हो।

सुपर–८ अन्तर्गत पाकिस्तानसँगको पहिलो खेल वर्षाले अवरुद्ध हुँदा एक अंक पाएको न्युजिल्यान्डले दोस्रो खेलमा सहआयोजक श्रीलंकालाई ६१ रनले हरायो। तर अन्तिम खेलमा इंग्ल्यान्डसँग ४ विकेटले पराजित भएको थियो।

दक्षिण अफ्रिका समूह १ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने न्युजिल्यान्ड समूह २ को उपविजेता बनेर अन्तिम चारमा प्रवेश गरेको हो। अपराजित दक्षिण अफ्रिका सेमिफाइनल भिडन्तमा तुलनात्मक रूपमा बलियो देखिएको छ।

दोस्रो सेमिफाइनलमा बिहीबार भारत र इंग्ल्यान्ड आमनेसामने हुनेछन् भने टी–२० विश्वकपको फाइनल आइतबार हुनेछ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०