प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली प्रदेशको पहिलो जित

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ पुस, २०७८
३ वर्षअघि

प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत प्रदेश १ लाई ३१ रनले पराजित गर्दै कर्णालीले पहिलो जित दर्ता गरेको हो ।

यस अघि सोमबार पहिलो खेलमा कर्णाली त्रिभुवन आर्मी क्लबसँग ६३ रनको पराजय भोगेको थियो ।

काठमाडाैँको मूलपानी क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा कर्णालीले प्रदेश एकलाई ३१ रनले हराउँदै पहिलो जित निकालेको हो ।

कर्णालीले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश एक १७ ओभर ५ बलमा ८९ रनमा अलआउट भयो । प्रदेश एकका लागि फिर्दोश अन्सारीले सर्वाधिक २३ रन जोडे।

कर्णालीका अनुज चुनाराले ४, दिवान पुनले दुई तथा दिनेश अधिकारी, प्रकाश जैसी र अनुप कुँवरले एक/एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनायो ।

कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३६ तथा प्रकाश जैसीले २५ रन जोडे । प्रदेश १ का मुकुन्द यादवले तीन, फिर्दोस अन्सारीले दुई तथा कमल खत्री र सिद्धान्त लोहनीले एक/एक विकेट लिए ।

जितसँगै कर्णालीले २ खेलबाट २ अंक जोडेको छ ।

प्रकाशित समय: मङ्गलबार २७ पुस, २०७८, १२:५०:४३
अब जुनसुकै विषयमा १२ कक्षा पास गरेकाले पनि जनरल नर्सिङ पढ्न पाउने
बिहिबार १ फाल्गुण, २०८१
वस्तुगत परीक्षामा अब्बल अंक ल्याउने अर्किडका विद्यार्थी पुरस्कृत
बिहिबार १ फाल्गुण, २०८१
एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा पुरी निर्वाचित
बिहिबार १ फाल्गुण, २०८१
भ्रष्टाचार मुद्दामा काेशी प्रदेशसभाका सचिव पराजुली दोषी ठहर, ६ वर्ष कैदको फैसला
बिहिबार १ फाल्गुण, २०८१
प्रादेशिक आम सञ्चार विधेयक सहमति मै पारित हुन्छ : मुख्यमन्त्री कार्की
बुधबार ३० माघ, २०८१
किड्स भिलेजमा बालबालिकाको सर्वांगीण विकासका लागि चार दिने ‘स्पोर्ट्स मिट’
बुधबार ३० माघ, २०८१
दुई लाख रुपैयाँसम्म पुग्न सक्छ, सुनको भाउ !
बुधबार ३० माघ, २०८१
कपिलवस्तु अदालतका दुई कर्मचारी भ्रष्टाचारी ठहर !
मङ्गलबार २९ माघ, २०८१
मेयर बालेनको काम मात्र होइन, सिर्जना पनि ‘ट्रेन्डिङ’ मा (भिडियोसहित)
मङ्गलबार २९ माघ, २०८१
बलात्कारका
झापामा १० वर्षीया बालिका बलात्कृत, २१ वर्षका आचार्य समातिए
मङ्गलबार २९ माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०