प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली प्रदेशको पहिलो जित

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ पुस, २०७८
४ वर्षअघि

प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत प्रदेश १ लाई ३१ रनले पराजित गर्दै कर्णालीले पहिलो जित दर्ता गरेको हो ।

यस अघि सोमबार पहिलो खेलमा कर्णाली त्रिभुवन आर्मी क्लबसँग ६३ रनको पराजय भोगेको थियो ।

काठमाडाैँको मूलपानी क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा कर्णालीले प्रदेश एकलाई ३१ रनले हराउँदै पहिलो जित निकालेको हो ।

कर्णालीले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश एक १७ ओभर ५ बलमा ८९ रनमा अलआउट भयो । प्रदेश एकका लागि फिर्दोश अन्सारीले सर्वाधिक २३ रन जोडे।

कर्णालीका अनुज चुनाराले ४, दिवान पुनले दुई तथा दिनेश अधिकारी, प्रकाश जैसी र अनुप कुँवरले एक/एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनायो ।

कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३६ तथा प्रकाश जैसीले २५ रन जोडे । प्रदेश १ का मुकुन्द यादवले तीन, फिर्दोस अन्सारीले दुई तथा कमल खत्री र सिद्धान्त लोहनीले एक/एक विकेट लिए ।

जितसँगै कर्णालीले २ खेलबाट २ अंक जोडेको छ ।

प्रकाशित समय: मङ्गलबार २७ पुस, २०७८, १२:५०:४३
दुहबीमा व्यवसाय व्यवस्थापन तालिम सम्पन्न, मेयर पत्नी सहित ३८ जनालाई प्रमाणपत्र वितरण
बिहिबार ७ जेठ, २०८३
प्रदेश र स्थानीय तहमा अनुदान काटिएकोबारे खुश्बुले गराइन् सरकारको ध्यानाकर्षण
बिहिबार ७ जेठ, २०८३
यस वर्ष मनसुनमा कम वर्षा हुने, बाढीको जोखिम कायमै
बिहिबार ७ जेठ, २०८३
‘हिजो बेलमा पलेटी कसेर पुस्तक पढ्ने र निलो रिबन बाँध्नेहरूले आज प्लेकार्डलाई अमर्यादित भन्न सुहाउँदैन’
बिहिबार ७ जेठ, २०८३
आईसीसी विश्वकप लिग-२ : अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल
बिहिबार ७ जेठ, २०८३
प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान
बिहिबार ७ जेठ, २०८३
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै
बिहिबार ७ जेठ, २०८३
विराटनगरमा ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’को नयाँ आउटलेट
बुधबार ६ जेठ, २०८३
नगर प्रहरीको दुर्व्यवहारपछि वीरेन्द्रनगर नगरपालिकाद्वारा काफल व्यवसायी महिलासँग माफी
बुधबार ६ जेठ, २०८३
धनकुटाको चौबिसे गाउँपालिकामा नीति, कार्यक्रम तथा बजेट तर्जुमाबारे सार्वजनिक सुनुवाइ सम्पन्न
बुधबार ६ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०