एन्फा अध्यक्ष शेर्पासँग गणेश थापाको माग : एन्फा बैठकमा कुरा राख्न समय मिलाइदिनुस्

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २० पुस, २०७८
५ वर्षअघि

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले मंगलबार संस्थाको कार्यकारिणी समितिको बैठकमा आफ्नो धारणा राख्न माग गरेका छन् । उनले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई पत्र लेख्दै पुस २२ मा बोलाइएको कार्यकारिणी समितिको बैठकमा आफ्नो धारणा राख्न दिन माग गरेका हुन् ।

फिफाबाट प्रतिबन्धमा परेका पूर्वअध्यक्ष थापाले आफूले एन्फालाई लेखेको पत्र पनि सार्वजनिक गरेका छन् । उनले एउटा खेलाडी, राष्ट्रिय टोलीको कप्तान र एन्फा अध्यक्षको रूपमा रहेर लामो समय नेपाली फुटबलमा सेवा गरेको विदितै रहेको उल्लेख गर्दै अहिलेको नेतृत्वले आफूमाथि लगाएका आरोप निराधार रहेको दाबी पनि गरेका छन् ।

उनले पत्रमा लेखेका छन्, ‘तपाईंले लगाएका आधारहीन अरोपबारे सङ्घको कार्यकारिणी समितिमा कुरा राख्दै कार्यकारिणी समितिमार्फत आम जनमानसमा जानकारी गराउनु मेरो लागि अनिवार्य बनेको छ । तपाईंले लगाएका आरोपहरूमाथि संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोग र फिफाले विशेष टोली पठाएर अखिल नेपाल फुटबल संघमाथि गरेको छानबिनपश्चात सफाई दिएको विषय संघ र यसका पदाधिकारीलाई जानकारी भएकै हो।’

उनले पत्रमा शेर्पाले नै निवर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको संघको कार्यकारिणी समितिको बैठकमा संवैधानिक आयोगको निर्णय स्वीकार्दै विगतमा आफूमाथि लगाइएका सबै आरोपप्रति आत्मालोचना गरेको दाबी पनि गरेका छन् ।

सात वर्षदेखि एन्फाले लगाएका निराधार आरोपले एउटा खेलाडी र व्यवस्थापकका रूपमा इमान्दारीपूर्वक गरेका काममाथि भ्रम सिर्जना भएको र यसबाट आफ्नो र परिवारमा अत्यन्तै गहिरो गरी मानसिक आघात पुगेको पनि थापाले पत्रमा उल्लेख गरेका छन् ।

प्रकाशित समय: मङ्गलबार २० पुस, २०७८, २१:२३:०६

सम्बन्धित खबर

‘कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौँ’
शनिवार २३ साउन, २०८३
बैंककमा १४ वर्षीय किशोरको गोली प्रहारबाट ८ जनाको मृत्यु
शनिवार २३ साउन, २०८३
३० वर्षदेखि सगरमाथामा रहेको ‘ग्रीन बुट्स’को शव घर फर्काइँदै
शनिवार २३ साउन, २०८३
सरकारसँग रमेश प्रसाईंको प्रश्न, जनतालाई लाइनमुक्त बनाउने वाचा कहाँ गयो ?
शुक्रबार २२ साउन, २०८३
सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ
शुक्रबार २२ साउन, २०८३
क्यान्सरसँगको लडाइँ कि उपचार खर्चसँगको हार? पराजुली दम्पतीको घटनाले उठायो गम्भीर प्रश्न
शुक्रबार २२ साउन, २०८३
भदौदेखि निर्णायक आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
शुक्रबार २२ साउन, २०८३
कांग्रेस सांसद् डा‍‍.चन्द्रमोहन यादव सदनमा मौन उभिने
शुक्रबार २२ साउन, २०८३
शनिबार पूर्वी नेपालका केही जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध
शुक्रबार २२ साउन, २०८३
राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने
शुक्रबार २२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०