र्‍यापर लाउरेले ८ दिन थुनामा बस्नुपर्ने

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ पुस, २०७८
३ वर्षअघि
Laure

लागुऔषध कारोबार आरोपमा पक्राउ परेका र्‍यापर आशिष राना ‘लाउरे’ ले ८ दिन प्रहर थुनामा बस्नु पर्ने भएको छ । जिल्ला अदालत कास्कीले लाउरेसहित चार जनालाई ८ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो ।

अब, नयाँबजारका ३२ वर्षीय लाउरेसहित, पोखरा ११ का ३९ वर्षीय ध्रुवबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८, सभागृहका २२ वर्षीया सुस्मिता गुरुङले ८ दिन प्रहरी थुनामा बस्नुपर्ने भएको हो । उनीहरूलाई बुधबार राति करिब ७ बजे जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराले ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।

बुधबार पक्राउ परेका भएपनि बिहीबार तमु ल्होसारको अवसरमा दिइएको सार्वजनिक बिदाका कारण अदालत बन्द रहेकाले शुक्रबारमात्रै अदालतले आदेश दिएको हो । प्रहरीका अनुसार लाउरेसहित चार जना ब्राउन सुगर सेवन गरिरहेका बेला पक्राउ परेका थिए । उनीहरू सेवनमात्र गर्थे कि ओसारपसारमा पनि संलग्न छन् भनेर अनुसन्धान भइरहेको छ ।

उनीहरूमाथि ब्राउन सुगर ओसारपसारको पनि आरोप रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूबाट करिब १३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार लागुऔषध कारोबारबारेको सूचनापश्चात सुरुमा नवीन गुरुङको साथबाट शून्य दशमलव ५१ ग्राम ब्राउन सुगर फेला परेको थियो । पछि सोधपुछका क्रममा सुस्मिता गुरुङको कोठामा १२ दशमलव ५० ग्राम ब्राउन सुगर लुकाइराखेको भेटिएको थियो ।

लामो समयदेखि र्‍याप गाउँदै आएका लाउरे बार्ज र्‍याप ब्याटलबाट चर्चामा आएका थिए। उनका ‘मेरो सोल्टा’, ‘नेपहपको बाटो’, ‘चुप लाग’ लगायत गीत चर्चित छन् । उनले ‘ताण्डव’ फिल्ममा अभिनेताको रूपमा काम गरेका छन् भने रियालिटी शो हिमालय रोडिजमा पनि आबद्ध छन् ।

प्रकाशित समय: शुक्रबार १६ पुस, २०७८, २२:०६:४६
भारतीय नागरिक १० किलो गाँजासहित पक्राउ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस् : कमल थापा
मङ्गलबार ३० ब‌ैशाख, २०८२
नेपालमा सीए शिक्षामा अब नयाँ पाठ्यक्रम
मङ्गलबार ३० ब‌ैशाख, २०८२
कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री
मङ्गलबार ३० ब‌ैशाख, २०८२
विस्थापितलाई पुनर्स्थापना गर्न भूमि ऐन तत्काल चाहियो : एमाले सांसद तामाङ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पनौतीको बाढीमा परेर बेपत्ता महिलाको खोजी जारी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
धुलिखेलको खड्पुमा घरभित्रै छिर्‍यो टिपर
मङ्गलबार ३० ब‌ैशाख, २०८२
रुस–युक्रेन वार्ता : ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पाकिस्तानले आक्रमण गरेको भनिएको पञ्जाबको आदमपुर एयरबेसमा पुगे मोदी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति संसद्‌मा ध्यानाकर्षण
मङ्गलबार ३० ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०