र्‍यापर लाउरेले ८ दिन थुनामा बस्नुपर्ने

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ पुस, २०७८
५ वर्षअघि
Laure

लागुऔषध कारोबार आरोपमा पक्राउ परेका र्‍यापर आशिष राना ‘लाउरे’ ले ८ दिन प्रहर थुनामा बस्नु पर्ने भएको छ । जिल्ला अदालत कास्कीले लाउरेसहित चार जनालाई ८ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो ।

अब, नयाँबजारका ३२ वर्षीय लाउरेसहित, पोखरा ११ का ३९ वर्षीय ध्रुवबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८, सभागृहका २२ वर्षीया सुस्मिता गुरुङले ८ दिन प्रहरी थुनामा बस्नुपर्ने भएको हो । उनीहरूलाई बुधबार राति करिब ७ बजे जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराले ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।

Advertisement

बुधबार पक्राउ परेका भएपनि बिहीबार तमु ल्होसारको अवसरमा दिइएको सार्वजनिक बिदाका कारण अदालत बन्द रहेकाले शुक्रबारमात्रै अदालतले आदेश दिएको हो । प्रहरीका अनुसार लाउरेसहित चार जना ब्राउन सुगर सेवन गरिरहेका बेला पक्राउ परेका थिए । उनीहरू सेवनमात्र गर्थे कि ओसारपसारमा पनि संलग्न छन् भनेर अनुसन्धान भइरहेको छ ।

उनीहरूमाथि ब्राउन सुगर ओसारपसारको पनि आरोप रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूबाट करिब १३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार लागुऔषध कारोबारबारेको सूचनापश्चात सुरुमा नवीन गुरुङको साथबाट शून्य दशमलव ५१ ग्राम ब्राउन सुगर फेला परेको थियो । पछि सोधपुछका क्रममा सुस्मिता गुरुङको कोठामा १२ दशमलव ५० ग्राम ब्राउन सुगर लुकाइराखेको भेटिएको थियो ।

लामो समयदेखि र्‍याप गाउँदै आएका लाउरे बार्ज र्‍याप ब्याटलबाट चर्चामा आएका थिए। उनका ‘मेरो सोल्टा’, ‘नेपहपको बाटो’, ‘चुप लाग’ लगायत गीत चर्चित छन् । उनले ‘ताण्डव’ फिल्ममा अभिनेताको रूपमा काम गरेका छन् भने रियालिटी शो हिमालय रोडिजमा पनि आबद्ध छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह

आईतबार १७ साउन, २०८३
२ महिनाअघि

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
३ महिनाअघि

महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

बुधबार १३ फाल्गुण, २०८२
७ महिनाअघि

अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

बिहिबार १६ माघ, २०८२
८ महिनाअघि

पब्जी ई-स्पोर्ट्सको फिनाले सम्पन्न

बुधबार ८ असोज, २०८२
१ वर्षअघि
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०