पढाइ र रोजगारीको प्रलोभनमा मानव बेचबिखन, नियन्त्रणका लागि कानुन समयसापेक्ष बनाउन सांसद विकको माग

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २ मङ्सिर, २०८३
१० घण्टाअघि

नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले मानव बेचबिखन तथा शोषणको समस्या विदेशमा मात्र सीमित नभई नेपालभित्रै पनि गम्भीर रूपमा रहेको बताएकी छन्। उनले महिला, श्रमिक तथा बालबालिका देशभित्रै विभिन्न बहानामा बेचबिखन र श्रम शोषणको सिकार भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न कानुन समयसापेक्ष बनाउनुपर्नेमा जोड दिएकी छन्।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) सम्बन्धी प्रस्तावित विधेयकमाथिको छलफलमा बोल्दै सांसद विकले यस्तो धारणा राखेकी हुन्। उनले वैदेशिक रोजगारीका नाममा हुने संगठित मानव बेचबिखनसँगै देशभित्र भइरहेका शोषणका घटनालाई पनि कानुनले समेट्नुपर्ने बताइन्।

Advertisement

उनका अनुसार गरिब तथा श्रमिक परिवारका बालबालिकालाई पढाइदिने र राम्रो भविष्य बनाइदिने प्रलोभन देखाएर गाउँबाट सहर ल्याउने र त्यसपछि होटल, रेस्टुरेन्ट तथा निजी घरमा काममा लगाउने प्रवृत्ति अझै कायम छ। शिक्षा र अवसरको आश्वासन दिएर ल्याइएका बालबालिकालाई परिवारबाट टाढा राखी श्रम शोषण गरिने गरेको उनले उल्लेख गरिन्।

सांसद विकले इँटा भट्टामा बालबालिकालाई काममा लगाउने समस्या पनि पूर्ण रूपमा नियन्त्रण हुन नसकेको बताइन्। उनले एक वर्षअघि ललितपुरस्थित एउटा इँटा भट्टाबाट सल्यानका पाँच जना बालबालिकाको उद्धार गरेको अनुभव सुनाउँदै यस्ता घटना रोक्न प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन्।

त्यस्तै, वैदेशिक रोजगारीका नाममा हुने मानव बेचबिखनको स्वरूप पनि बदलिँदै गएको उनको भनाइ छ। पछिल्लो समय दलालहरूले घरमै पुगेर अभिभावकलाई विश्वासमा लिने, राहदानी बनाउनेदेखि म्यानपावर र हवाई यात्रासम्मको व्यवस्था मिलाएर श्रमिकलाई विदेश पठाउने गरेको उनले बताइन्। कामका लागि विदेश गएको ठान्ने व्यक्तिले गन्तव्य मुलुक पुगेपछि मात्रै आफू बेचबिखनमा परेको थाहा पाउने अवस्था रहेको उनले उल्लेख गरिन्।

यस्तो जोखिम विशेषगरी महिला र श्रमिक वर्गका व्यक्तिमा बढी देखिएको विकको भनाइ छ। त्यसैले वैदेशिक रोजगारीका नाममा हुने संगठित बेचबिखन र नेपालभित्रै हुने बालश्रम तथा अन्य शोषण दुवैलाई सम्बोधन गर्ने गरी ऐन बनाउनुपर्ने उनले आग्रह गरिन्।

मानव बेचबिखनको बदलिँदो स्वरूप र पीडितले भोग्नुपर्ने जोखिमलाई ध्यानमा राखेर प्रस्तावित विधेयकलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएकी छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

दूधको मूल्य बढाउन चितवनका किसानको एक साताको अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

मङ्गलबार २ मङ्सिर, २०८३
११ घण्टाअघि

काठमाडौं उपत्यकामा आजदेखि मासु जाँच ऐन लागू, छाप लागेको मासु मात्र बिक्री गर्न पाइने

मङ्गलबार २ मङ्सिर, २०८३
१२ घण्टाअघि

१२ घण्टासम्म चल्ने दोस्रो शल्यक्रियाको तयारीमा शन्तनु, उपचारमा सरकारी सहयोग नपाएको भुसालको गुनासो

मङ्गलबार २ मङ्सिर, २०८३
१३ घण्टाअघि

डेटिङ एपमा जोडिएको सम्बन्ध विवाहसम्म नपुगेपछि भारत पुगिन् क्यानडाकी ६१ वर्षीया महिला

सोमबार १ मङ्सिर, २०८३
२ दिनअघि

भारत र चीनसँग समानान्तर सम्बन्ध विस्तारमा रास्वपा, पार्टी र सरकारका छुट्टाछुट्टै कूटनीतिक सक्रियता

सोमबार १ मङ्सिर, २०८३
२ दिनअघि

रास्वपाको चीन भ्रमणमा सरकारी खर्च नहुने महामन्त्री आचार्यको दाबी

आईतबार ३० कार्तिक, २०८३
३ दिनअघि
पढाइ र रोजगारीको प्रलोभनमा मानव बेचबिखन, नियन्त्रणका लागि कानुन समयसापेक्ष बनाउन सांसद विकको माग
मङ्गलबार २ मङ्सिर, २०८३
दूधको मूल्य बढाउन चितवनका किसानको एक साताको अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी
मङ्गलबार २ मङ्सिर, २०८३
काठमाडौं उपत्यकामा आजदेखि मासु जाँच ऐन लागू, छाप लागेको मासु मात्र बिक्री गर्न पाइने
मङ्गलबार २ मङ्सिर, २०८३
१२ घण्टासम्म चल्ने दोस्रो शल्यक्रियाको तयारीमा शन्तनु, उपचारमा सरकारी सहयोग नपाएको भुसालको गुनासो
मङ्गलबार २ मङ्सिर, २०८३
विद्युतीय व्यावसायिक विमान निर्माणमा चीनको ठूलो सफलता, पहिलो स्वदेशी विमानको सफल परीक्षण
सोमबार १ मङ्सिर, २०८३
नवलपुरमा यात्रुवाहक बस दुर्घटना, ३३ जना घाइते
सोमबार १ मङ्सिर, २०८३
मुगु भ्यान दुर्घटना : गम्भीर घाइते दुई जनालाई हेलिकप्टरबाट उद्धार गर्ने तयारी
सोमबार १ मङ्सिर, २०८३
कर्णालीमा संरचना, खेलकुद प्रतियोगिता लुम्बिनीमा
सोमबार १ मङ्सिर, २०८३
डेटिङ एपमा जोडिएको सम्बन्ध विवाहसम्म नपुगेपछि भारत पुगिन् क्यानडाकी ६१ वर्षीया महिला
सोमबार १ मङ्सिर, २०८३
भारत र चीनसँग समानान्तर सम्बन्ध विस्तारमा रास्वपा, पार्टी र सरकारका छुट्टाछुट्टै कूटनीतिक सक्रियता
सोमबार १ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०