रास्कोटमै मालपोत र नापी सेवा सुरु, सदरमुकाम धाउनुपर्ने स्थानीयको बाध्यता हट्दै

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २१ कार्तिक, २०८३
१२ घण्टाअघि

भूमि व्यवस्थापन, नापी र इलाका प्रशासनलगायत सरकारी सेवा स्थानीय तहमै विस्तार भएपछि कालीकोटको रास्कोट नगरपालिकाका बासिन्दालाई सहज भएको छ। सामान्य सरकारी कामका लागि समेत सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यता हट्दै गएपछि स्थानीय क्षेत्रमा आर्थिक तथा प्रशासनिक गतिविधि बढ्न थालेका छन्।

सेवा विस्तारसँगै नगरपालिकाबाट पहिलोपटक जग्गा राजीनामाको कामसमेत सम्पन्न भएको छ। पहिलो सेवाग्राहीका रूपमा रास्कोट नगरपालिका–६ की ७६ वर्षीया मनपुरा फर्सालले सोही वडाका बरे सार्कीलाई जग्गा राजीनामा हस्तान्तरण गरेकी हुन्।

Advertisement

नगरपालिकाबाटै जग्गासम्बन्धी काम भएपछि मान्म पुग्न लाग्ने समय र खर्च जोगिएको फर्सालले बताइन्। यसअघि सामान्य कामका लागि पनि सदरमुकाम पुग्नुपर्ने अवस्थाले निकै सास्ती हुने गरेको उनको भनाइ छ।

नगरपालिकाका प्रमुख धर्मराज शाहीका अनुसार नागरिकलाई आफ्नै ठाउँबाट सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले भूमि व्यवस्थापन, नापी, करदाता र इलाका प्रशासनका सेवा विस्तार गरिएको हो। यी सेवा सञ्चालनमा आएपछि जग्गा पास, नागरिकता, राष्ट्रिय परिचयपत्र तथा अन्य प्रशासनिक कामका लागि सदरमुकाम धाउनुपर्ने अवस्था कम भएको उनले बताए।

भूमि व्यवस्थापन शाखा प्रमुख धनबहादुर फडेराका अनुसार सेवा सुरु भएपछि हालसम्म तीनवटा जग्गा राजीनामा, एउटा नामसारी र एउटा अंश भरपाईको काम सम्पन्न भएको छ। भूमि व्यवस्थापनका लागि तीन जना र नापी सेवाका लागि दुई जना कर्मचारी खटिएर नियमित सेवा दिइरहेका छन्।

रास्कोटमा इलाका प्रशासन सेवा भने सात महिनाअघिदेखि सञ्चालनमा छ। यस कार्यालयबाट रास्कोटसहित सान्नीत्रिवेणी, पचालझरना र पलाँता गाउँपालिकाका नागरिकले सेवा लिँदै आएका छन्।

इलाका प्रशासन कार्यालयका प्रमुख नमराज बमका अनुसार हालसम्म चार पालिकाका नागरिकमध्ये एक हजार ७९३ जनाले नयाँ नागरिकता र एक हजार ४०२ जनाले नागरिकताको प्रतिलिपि लिएका छन्। त्यस्तै, चार हजार २०० जनाले नयाँ राष्ट्रिय परिचयपत्र बनाएका छन् भने २०५ जनाले परिचयपत्र कार्ड प्राप्त गरेका छन्।

भौगोलिक विकटता र यातायातको कठिनाइका कारण सरकारी सेवा लिन सदरमुकाम पुग्नुपर्ने बाध्यता झेल्दै आएका स्थानीयलाई सेवा विस्तारले ठूलो राहत दिएको छ। स्थानीय तहमै सरकारी कार्यालयका सेवा उपलब्ध हुन थालेपछि नागरिकको समय, श्रम र खर्चसमेत बचत हुन थालेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

Vitamin a

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

सोमबार १० कार्तिक, २०८३
२ हप्ताअघि

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
३ हप्ताअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
३ हप्ताअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
४ हप्ताअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
४ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
४ हप्ताअघि
भोटेकोशी–त्रिशूली विपद्को पुनर्निर्माणका लागि ५ अर्ब डलरसम्म जुटाउने सरकारको तयारी
शुक्रबार २१ कार्तिक, २०८३
विश्वका समस्या समाधानका लागि संवाद र सहकार्य आवश्यक : शेरधन राई
शुक्रबार २१ कार्तिक, २०८३
सरकारका निर्णयमाथि प्रश्न गर्नु पार्टीको जिम्मेवारी हो : रवि लामिछाने
शुक्रबार २१ कार्तिक, २०८३
राउटे समुदायको परम्परागत उत्पादनको बजारीकरणमा मन्त्री बादीको चासो
शुक्रबार २१ कार्तिक, २०८३
रास्कोटमै मालपोत र नापी सेवा सुरु, सदरमुकाम धाउनुपर्ने स्थानीयको बाध्यता हट्दै
शुक्रबार २१ कार्तिक, २०८३
ममता काफ्ले हत्या प्रकरणमा नरेश भट्टको बयान फेरियो, शव टुक्राटुक्रा पारेको अदालतमा स्वीकार
शुक्रबार २१ कार्तिक, २०८३
Official Inaugural Portrait of Vice President-Elect J.D. Vance / Daniel J. Torok
इरान युद्धलाई चुनावी हारको कारण देखाउँदै ट्रम्प प्रशासनमाथि भान्सको प्रश्न
बिहिबार २० कार्तिक, २०८३
डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएपछि सरकारसँग वार्ताका लागि चिकित्सक संघको आग्रह
बिहिबार २० कार्तिक, २०८३
आईजीपी हटाउने निर्णयमाथि आङ्देम्बेको प्रश्न, सरकारको प्राथमिकतामाथि उठाए आपत्ति
बिहिबार २० कार्तिक, २०८३
प्रहरी नेतृत्व परिवर्तनमा राजनीतिक स्वार्थ होइन, कानुनी प्रक्रिया अपनाउन कांग्रेस सांसद राईको माग
बिहिबार २० कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०