घानाले गोलरहित बराबरीमा रोक्यो इंग्ल्यान्डलाई, चलेन ह्यारी केनको जादू

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १० असार, २०८३
३ घण्टाअघि

विराटनगर । बोस्टनमा सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले बलियो मानिएको इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोक्दै महत्त्वपूर्ण एक अंक बटुलेको छ ।

स्टार खेलाडीहरूले भरिएको इंग्लिस टोलीले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि घानाको अनुशासित रक्षापंक्तिसमक्ष निरीह रह्यो ।

Advertisement

पहिलो खेलमा क्रोएसियामाथि ४–२ को प्रभावशाली जित निकालेको इंग्ल्यान्ड दोस्रो खेलमा भने अपेक्षाअनुसार प्रस्तुत हुन सकेन ।

प्रशिक्षक थोमस टुखेलको टोलीले खेलभरि आक्रमणको प्रयास गरे पनि स्पष्ट अवसर सिर्जना गर्न संघर्ष गर्नुपर्‍यो ।

घानाले प्रशिक्षक कार्लोस क्वेरोजको योजनाअनुसार सघन रक्षात्मक रणनीति अपनाउँदै इंग्ल्यान्डका स्टार खेलाडीलाई प्रभावहीन बनायो ।

कप्तान ह्यारी केनमाथि सबैको नजर थियो । क्रोएसियाविरुद्ध दुई गोल गरेका केनले घानाविरुद्ध भने आफ्नो लय कायम राख्न सकेनन् ।

खेलको अन्तिमतिर निको ओ’राइलीको हेडर क्रसबारमा लागेर फर्किएपछि प्राप्त सुनौलो अवसरमा केनले नजिकैबाट गरेको प्रहार बारमाथिबाट बाहिर पठाए ।

त्यो गोल भएको भए उनले विश्वकपमा इंग्ल्यान्डका लागि सर्वाधिक गोलकर्ताको ग्यारी लिनेकरको १० गोलको कीर्तिमान तोड्ने थिए ।

पहिलो हाफ अपेक्षाकृत निस्तेज रहे पनि दोस्रो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरेका थिए ।

घानाका प्रिन्स क्वाबेना अडुले गोलको अवसर पाए पनि जोर्डन पिकफोर्डले उत्कृष्ट बचाउ गरे । अन्तिम समयमा मार्क गुएहीको प्रयास गोललाइनबाट क्लियर भएपछि इंग्ल्यान्ड जितबाट बञ्चित रह्यो ।

बराबरीपछि इंग्ल्यान्डको दुई खेलबाट चार अंक पुगेको छ र टोली समूहको शीर्ष स्थानमा कायम छ । घानाको पनि चार अंक पुगेको छ र नकआउट चरण पुग्ने सम्भावना बलियो बनेको छ ।

अब अन्तिम खेलमा इंग्ल्यान्डले पनामासँग खेल्नेछ भने घानाले क्रोएसियाको सामना गर्नेछ ।

विश्वकप उपाधिको दाबेदार मानिएको इंग्ल्यान्डका लागि यो नतिजा चेतावनीका रूपमा आएको छ भने घानाले उत्कृष्ट रक्षात्मक प्रदर्शनमार्फत आफूलाई सहज प्रतिद्वन्द्वी नभएको प्रमाणित गरेको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बुधबार १० असार, २०८३
बाँदर धपाउन रूपाकोटका हरेक टोलमा ‘बाली हेरालु’ राखिने
बुधबार १० असार, २०८३
घानाले गोलरहित बराबरीमा रोक्यो इंग्ल्यान्डलाई, चलेन ह्यारी केनको जादू
बुधबार १० असार, २०८३
विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ
बुधबार १० असार, २०८३
उज्वेकिस्तानमाथि पोर्चुगलको शानदार जित, रोनाल्डोको रेकर्ड नै रेकर्ड
बुधबार १० असार, २०८३
लागूऔषधसहित दुई जना नियन्त्रणमा
मङ्गलबार ९ असार, २०८३
एमाले संसदीय दलको बैठक जारी
मङ्गलबार ९ असार, २०८३
विश्वकपमा पोर्चुगलको दोस्रो परीक्षा, रोनाल्डोलाई रेकर्ड बनाउने मौका
मङ्गलबार ९ असार, २०८३
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
मङ्गलबार ९ असार, २०८३
धुलिखेल–खावा सडक खण्डमा १५ दिन टिपर संचालनमा रोक
मङ्गलबार ९ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०